Posts

Showing posts from 2010

सभ्यता, संस्मरण र म

आज पुनः उहि ठाउँमा उभिँदा यस्तो लाग्यो कि यहाँका हरेक वस्तु, हरेक कण-कणले मलाई चिन्दछन् । आज यहाँको हरेक चिज मेरो उपस्थितिले रमाएको छ । म हिड्दा जमिनबाट उहि पहेँलो धुलो उडेर मलाई स्पर्श गरेको छ । हावाका हरेक कण मलाई प्यारो लागेको छ । लाग्दैछ, नाकको अपरेशन बिर्सेर, माक्स हटाएर, यो धुलो हावामा एक मुस्ट सास फेरुँ । यस्तै रहर लागेको छ । धुलोको कुहिरो भित्र नाचेको यो ठाउँ संगको पुरानो मितेरी भएरै मैले यो धुल्लाम्मे वातावरण सहर्स स्वीकारेको छु । विगतका यावत स्मरण र भोगाईका तीता-मीठा अनुभव अकस्मत दिमागमा एकाएक ठोक्कीरहेका छन् । लाग्छ कि म उस्तै गरि उफ्रिउँ र उहि उल्लासले यो वातावरण र मेरो संस्मरणको रोचकता संग सम्मिलित हुन सकूँ । उमेर, ए अब त बुढो भइस भन्छ । मन केटाकेटी, दिमाग बच्चा बन्ने । यो धुलोले मलाई स्कूल प्रवेशको पहिलो ४ वर्ष सम्म पढ्न, बढ्न र रम्न सघाएको छ । आज १६ वर्ष बित्दा पनि बीचका हजारौँ भोलिलाई चुनौति दिँदै म छुट्टी हुँदाको उस्तै उल्लासले कराउँ "छुट्टी..!!" र पुनः भोक र थकाईलाई बिर्सेर घर जाने उज्जवल अनुहारको खुसी अनुभव गरुँ । भारी झोला त्यो थाकेको ज्यानले कसरी छुट्ट

मात्र दुई शब्द

यो कडा नियम र अनुशासनमा बस्नुपर्ने एउटा गुम्बाको प्रसङ्ग हो । गुम्बा अत्यन्त शान्त हुनुपथ्यो, त्यहाँ कसैलाई पनि बोलने अनुमति थिएन । मात्र अपवादका रुपमा हरेक दश वर्षमा भिक्षुहरुलाई दुईवटा शब्द बोल्ने अनुमति दिइन्थ्यो । गुम्बामा पहिला दश वर्ष बिताइसकेपछि एक जना भिक्षु प्रमुख भिक्षुछेउ गए । प्रमुख भिक्षुले भने, "तिमीले यहाँ चुपचाप ध्यान गरेको पनि दश वर्ष भइसक्यो । भन, तिमीलाई कुन दुई शब्द बोल्न मन लागेको छ ?" ती भिक्षुले दुई वटा शब्द भने, "बिच्छ्यौना ….. कडा" भिक्षु प्रमुखले प्रत्युत्ररमा भने, "ल बुझ्यौँ ।" अर्को थप दश वर्ष ध्यान गरेपछि, उही भिक्षु, प्रमुख भिक्षुको कक्षामा पसे । प्रमुखले भने, "तिमीले थप दश वर्ष ध्यानमा बितयौ । ल भन कुन दुई शब्द तिमी भन्न चाहन्छौ ?" ती भिक्षुले भने, "खाना …. दुर्गन्ध ....।" प्रमुख भिक्षुको प्रत्युतर थियो, "लौ, थाहा पाएँ ।" फेरी अर्का दश वर्ष गरेपछि ती भिक्षु पुनः प्रमुख शिक्षु अगाडि पुगे । प्रमुख भिक्षुले पहिलेझैं प्रश्न दोहोर्‍याए, "अब तिमी कुन दुई शब्द बोलन चाहन्छौ ?" भिक्षुले भेन, &qu

गजल

Image
आज भने तिम्रो छेउ पर्न पाए हुन्थ्यो, जिस्काउदै तिम्रो नजिक सर्न पाए हुन्थ्यो । पारी किनार मायाबारी पारि नै छ प्रित, तिमीसँगै प्यारो गंगा तर्न पाए हुन्थ्यो । वर्षायामको झरी जस्तै जहीतही ओर्लीरैछु तिम्रो मनको बलेसीमा झर्न पाए हुन्थ्यो । भावानाका तरङ्गमा प्रेमलहरी धेरै फले, केही बिज तिम्रो दिलमा छर्न पाए हुन्थ्यो । सगैं बाच्ने सँगै हिड्ने कसम बनाईसकें, अन्तिम ईच्छा,तिमीसँगै मर्न पाए हुन्थ्यो ।    नवीन अविरल , गजल र सामजिक चेतानामूलक कथा लेखनमा कलम चलाउनुहुन्छ । यस पटक मैले वहाँको स्वीकृतिमा वहाँको ब्लगबाट यो गजल यहाँ प्रकाशीत गरेको छु । अविरलजी को कलमले यस्तै नयाँ नयाँ सिर्जन सदैव सिर्जना गरिरहोस् मेरो शुभकामना ।

गुरु - शिष्य संवाद । Teacher - Student Dialogue

Image
प्राचीन जापानमा एक युवकलाई कराँते सिक्ने रहर लागेछ र ऊ दशकै सबैभन्दा कहिलएका घाघडान कराँते गुरुकहाँ पुग्छ । गुरुले सोध्द्धछन् "तिमी म बाट के चाहन्छौ ?" युवकः "म तपाईकमो शिष्य बनेर यस भूमिकै उत्कृष्ट खराँते खेलाडी बन्न चाहन्छु । बरु, तयसका लावि कति वर्ष अधययन गर्नुपर्छ ?" गुरु : "कम्तिमा दश बर्ष ।" युवक : "तर दश वर्ष त धेरै लामो समय हो । यदि मैले अन्य विद्यार्थी भन्दा दोब्बर महेनत गरेँ भने नि ?" गुरु: "बीस वर्ष ।" युवकः आश्चर्य मान्दै भन्छ, "बीस वर्ष ! ! अनि, मैले आफ्नो भएभरको परिश्रम लागएर दिन रात अध्ययन गरै भने !" गुरुको जवाफ सुनेर हैरान युवक फेरि सोध्छ "यो के हो ? म जति जति बढी  मेहनत गर्छु भन्छु, तपाई किन त्यति त्यति समय बढाउँदै जानुहुन्छ ?" स्रोत : रविन भट्टराई

वास्तविकता

Image
आरोहको उत्कर्षमा , विभत्स कल्पनाको बिम्ब भित्र , घृणात्मक शिल्पको आनन्द खोज्नु , भावनात्मक तर्क नै निराधार हुने , कल्पनाको बेजोड मर्म भित्र , बितेको समयको " त्यो " खण्ड । फलतः दीर्घकालिन रुपान्तरणको पक्षमा , उदायमान भएर विश्वासको प्रतिघात गर्नु , " परिणाम " नभई परिवेशको पैराणिक , " परिकाल्पनाको प्रतिरुप " भएको प्रष्ट हुन्छ ।

यो दशैंमा । In This Dashin....

Image
  यो दशैंमा ............................ लाजै बिना पैसा माग्ने ओठ भेटियो, पैसा हाली पचाउने कोट भेटियो । र छाँट नयाँ नयाँ नौलौ लिला देखियो, सप्तमीको विहानीमै राँगाको फिला देखियो । खोला बगर पिङ भएको टोल भेटियो, अलपत्र फालिएका कण्डमका खोल भेटियो । राति मात्र खेल्न जाने पिङ देखियो, खेतबारीमा फालिएका सिङ भेटियो ।

विद्रोह । Rebellion

Image
स्नातक तहसम्मको पढाइ भर्खर–भर्खर मात्र सिध्याएको थियो हिरेले । अब उसको योजना कुनै एउटा साधारण नेपालीको भन्दा बिल्कुल फरक थिएन । बस् कुनै एउटा बोर्डीङ्गस्कुलमा उसका प्रमाण–पत्रहरू धरौटिमा राखेर केही बर्षसम्म पैसा कमाएको अभिनय गर्ने जो आम नेपालीको हुने गर्दछ । उसको योजना मुताबिकनै उसले पनि एउटा बोर्डिङ्गस्कुलमा जागिर पाएको थियो । त्यस स्कुलमा ऊ एउटा अंग्रेजी बिषयको शिक्षकको रुपमा प्रवेश गरेको थियो । ऊ प्रायः समयमानै स्कुल पुग्ने गर्दथ्यो । उसलाई कुनै पनि विद्यार्थीले सिधा नजरले हेरेको मन पर्दैन थियो । ऊ चाहन्थ्यो कि उसका अगाडि पर्दा जस्तोसुकै विद्यार्थीले पनि शिर झुकाएर हिंडोस् । किनकि ऊ सानु छँदा उसले त्यस्तै शिक्षा पाएको थियो । उसलाई सरले घोक्न दिएको पाठ घोकेर समयमा नबुझाउँदा पिटाई खाएको अहिले पनि दुखीरहेको थियो । बाटोमा शिक्षकलाई भेट्दा नमस्ते नगरेको निमा साथीहरूको अगाडि पिटाई खाँदा नतमस्तक बनेर निहूरीनु परेको थियो । सायद यस्तै बातावरण्मा हुर्केकाले होला ऊ पनि क्रुर, निर्दयी र विद्यार्थीको भावनासँग वास्ता नगर्ने स्व्भावको थियो । उसको स्व्भाव र बोर्डिङ्गस्कुलको सिद्धान्त मिल्नगएको थियो

दशैं [हाईकू] । Dashin [Haiku]

खसीको दशा, कस्तो यो विडम्वना, मान्छेको दशैं ।

अपराध र जीवन । Crime and Life

Image
जीन्दगीलाई जान्ने ध्येय, आज खुलेर "गुगल सर्च" गर्छु भन्दा, यो कामचलाउ प्रविधिको भर पर्दा, प्रश्नको ठूलो तह दिमागमै खियाईदिन्छ । पुनः आशा र सपनाकै छत्रछायाँमा ईच्छा र स्मरणको आक्रमणले, पुनः पुनः पत्र-पत्र बनेका समयका कालखण्डमा, आवेश र शोषडका भोगाईले, सम्भवतः "साईबर क्रिमिनल" जन्माउँछ ।

यौनका साइट - प्रतिबन्धात्मक कदम । Sexual Sites - Prohibitive Action

घरघरमा विकृति बढेको ठहर गर्दै गृह मन्त्रालयले अश्लील र आपत्तिजनक वेबसाइट बन्द गर्ने सुचना निकालेर सुचनाप्रविधिको सिमित दायरा भित्र बसेर सेवा उपयोग गरिरहेका ग्राहक माथि सूचनाको प्रतिबन्ध लगाएको झैँ भएको छ । "साइबर क्राइम" रोक्न भनेर मन्त्रालयले ISP हरु लाई असामाजिक स्तरका सवै साईट बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयको निर्देशन अनुसार यदि यस्ता साइट बन्द गर्ने ध्येयले साइट "फिल्टर" गर्ने हो भने "Sex", "Porn", "Nude" जस्ता यौन संग सम्बन्ध राख्ने शब्द, चित्र, लेख समावेश भएका सम्पूर्ण साइट बन्द हुनेछन् । साथै धर्म, लिङ्ग र समुदायमा भेवभाव बनाउने, राष्ट्रिय हित र शान्ति सुरक्षामा बाधा पुयाउने साइट पनि बन्द हुनेछन् । प्रविधिको प्रयोग गरेर गरिने अपराध समाजका लागि अतुल्य क्षति हो भन्नु सहि छ । तर विकृति वढ्नुका पछाडि यौनका साइटलाई नै केन्द्र बनाउने कार्य आपात्तिजनक भएको छ । यसरी साइट "फिल्टर" भएमा "सेक्स", "प्रोन", "निउड" जस्ता अश्लील मानिएका शब्द जुनसुकै साइटका पेजमा भए खुल्ने छैन् । यसले अन्य अनगिन

ब्लगिङ् अनुभव । Blogging Experience

Image
सात महिना अघि फेब्रुरीमा मेरो गुगल ब्लगको पोष्ट संख्या चमत्कारीक रुपमा बढेर ११३ पुग्यो । म एक पटक त अवाक बनेँ । मैले हेर्दा मेरो ब्लगमा हरेक स्तरका भाषा र कयौँ बिज्ञापन र गुणस्तर लेखनका नमूना र आपत्तिजनक निर्वस्त्रले लज्जिएको थियो । प्रतिकृयामा कसैको "थुकको छिटा" छापिएको थियो । ईमेल ह्याक भएको ठानेँ र हत्तपत्त ब्लगरमा साइनईन गरेर पोष्ट डिलिट गर्ने सोच गरेँ । मैले सोचेको गलत निस्क्यो, ईमेलको पासवर्ड सकुसल थियो । तर पोष्ट बढ्ने क्रम धेरै दिन अघि देखि भएको रहेछ । म छक्क परेँ, जब मैले मेरै उपस्थीतिमा "डयसबोर्ड"मा थप तीन वटा पोष्ट थपिएको देखेँ । थाहा भयो "Mobile Posting" को ईमेल कतैबाट कसैले थाहा पाएछ । मैले त्यो सेवा तत्काल बन्द गरेँ, ह्याक भन्दा पनि कसैले मेरो बेहोसी प्रति आफ्नो नैतिकताको सीमा नाघेछ । सर्च गर्दा पोष्ट गरिएका लेखहरु अरु साईटबाट फरवर्ड गरिएका थिएँ । ब्लगको पुनः थालनी भयो । केही दिन बितेको थियो । अर्को यस्तै नियतिको शिकार हुनु प-र्यो । ईमेलको पासवर्डले काम गरेन । ब्लग भने सकुसल थियो । प्राविधिक कारणले होला भनेर केही दिन सम्म प्रयास मात्र गर