सभ्यता, संस्मरण र म
आज पुनः उहि ठाउँमा उभिँदा यस्तो लाग्यो कि यहाँका हरेक वस्तु, हरेक कण-कणले मलाई चिन्दछन् । आज यहाँको हरेक चिज मेरो उपस्थितिले रमाएको छ । म हिड्दा जमिनबाट उहि पहेँलो धुलो उडेर मलाई स्पर्श गरेको छ । हावाका हरेक कण मलाई प्यारो लागेको छ । लाग्दैछ, नाकको अपरेशन बिर्सेर, माक्स हटाएर, यो धुलो हावामा एक मुस्ट सास फेरुँ । यस्तै रहर लागेको छ । धुलोको कुहिरो भित्र नाचेको यो ठाउँ संगको पुरानो मितेरी भएरै मैले यो धुल्लाम्मे वातावरण सहर्स स्वीकारेको छु । विगतका यावत स्मरण र भोगाईका तीता-मीठा अनुभव अकस्मत दिमागमा एकाएक ठोक्कीरहेका छन् । लाग्छ कि म उस्तै गरि उफ्रिउँ र उहि उल्लासले यो वातावरण र मेरो संस्मरणको रोचकता संग सम्मिलित हुन सकूँ । उमेर, ए अब त बुढो भइस भन्छ । मन केटाकेटी, दिमाग बच्चा बन्ने । यो धुलोले मलाई स्कूल प्रवेशको पहिलो ४ वर्ष सम्म पढ्न, बढ्न र रम्न सघाएको छ । आज १६ वर्ष बित्दा पनि बीचका हजारौँ भोलिलाई चुनौति दिँदै म छुट्टी हुँदाको उस्तै उल्लासले कराउँ "छुट्टी..!!" र पुनः भोक र थकाईलाई बिर्सेर घर जाने उज्जवल अनुहारको खुसी अनुभव गरुँ । भारी झोला त्यो थाकेको ज्यानले कसरी छुट्ट