Posts

Showing posts with the label कविता

"एक्लोपना" | "Isolation"

"एक्लोपना" सार्वजनिक यातायात भित्र, बसिरहेका हामी मानिसहरू ढोका र झ्याल बन्द गरेर, बेहोसी मुद्रामा, नागबेली सडकको यात्रा गर्दैछौँ । जहाँएक अर्कासंग टाउका र शरीर ठोक्कदा पनि, हामी कुनै शब्द उच्चारणगर्दैनौं  । स्मार्टफोनमा घोत्लिएको हाम्रो शिर, माफीमाग्नका लागि उठाउदैनौँ । हाम्रा भावनात्मक आँखाहरु स्मार्टफोन मार्फत संसार संग अन्तरक्रिया गर्दैछन्। यद्यपि, हामी नजिक भएर पनि अलग छौँ । तर अझैँ, हामी एकअर्का बाट अलग त थियौँ नै, अब त आफै लाई त्याग्न पुग्यौँ । कठपुतली जस्तै -- हामी मुस्कुराउँछौं, पागल झैँ हाँस्छौँ, र गहिरो सास लिन्छौँ । हामी माया बाड्छौँ, निराशा पोख्छौँ , र अप्रत्याशित उत्तेजित हुन्छौँ । हामी यिनै दुर्भाग्यमा फसिरहे, त्यो दिन टाढा छैन, जुन दिन -- ईश्वरले हाम्रो पतनको समाचार, टुइट र स्टाटस मार्फत, हामी लाई सम्प्रेषण गर्नुहुनेछ ।

A poem by Anuda Acharya

गरि श्रींगार, चुरा धागो, व्रत बस्दै छु, आउछौं तिमी, पानी खुवाउन, कुरि बस्दै छु । भए हुन्थ्यो, कोही भन्ने, ब्रत नबस काली, अदृश्य त्यो, मनको मान्छे, पर्खी बस्दै छु ।। अनुदा अाचार्य  २०७३ भदाै १९, तीज

Poem : Money | कविता: पैसा

Image
 पैसा बिगार्यो कति को मती यसले लियो कति को ज्यान छुटायो कति को साथ यसले बनायो कति को उठिबास आखिरमा यो पैसा हो कि दाशा ? छाडे कतिले आमाको काख र ममता टुङ्ग्याए कतिले इमान्दारिताको बाटो मोले कतिले दुस्मनी र खतारा सिध्याए कतिले अस्तित्व र नाता आखिरमा यो पैसा हो कि बाध्यता ? यो कविता समिक्षा निरौलाले दुई वर्ष अगाडि लेखेकी हुन् । हार्डडिक्स भित्रै हराएको थियो, आज सफाई गर्दा भेटियो । उनको एउटा कथा पनि यहाँ पोष्ट भएको छ, पढ्नुहोला ।

लक्ष्मी प्रसाद देवकोटा "पागल कविता" #English Translation

Image
लक्ष्मी प्रसाद देवकोटा पागल कविता (Lunatic Poem) Published on 1953. जरुर साथी म पागल! यस्तै छ मेरो हाल! म शब्दलाई देख्दछु! दृश्यलाई सुन्दछु! बास्नालाई स्वाद लिन्छु! आकाशभन्दा पातला कुरालाई छुन्छु! ती कुरा, जसको अस्तित्व लोक मान्दैन जसको आकार संसार जान्दैन! म देख्दछु ढुङ्गालाई पूल! जब, जल–किनारका जल–चिप्ला ती कोमलाकार पाषाण, चाँदनीमा, स्वर्गको जादूगर्नी मतिर हाँस्दा, पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर उठ्दछन् मूक पागलझैं, पूल झैं एक किसिमका चकोर–पूल! म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग एक भाषा, साथी! जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न! जुनेली गङ्गा–किनार छाल आउँछ तिनको भाषा साथी! छालछाल! जरुर साथी म पागल! यस्तै छ मेरो हाल! तिमी चतुर छा बाचाल तिम्रो शुद्ध गणित–सूत्र हरहमेशा चलिरहेको छ एकै बाँकी रहन्छ! तिमी पाँच इन्द्रियले काम गर्छौ म छैटौँले! तिम्रो गिदी छ साथी! मेरो मुटु! तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ, म उसमा हेलेन र पद्यिनी पाउँछु, तिमी बलिया गद्य छौ! म तरल पद्य छु! तिमी जम्दछौ जब म पग्दन्छु, तिमी सङ्लन्छौ जब म धमिलो बन्छु, र ठीक त्यसैको उल...

रप्फुचक्कर #making one's escape #Poem

Image
भित्र चिसा यर्थाथका, आगोका झिल्काहरुले; निशब्द स्वरहरु निकाले झैँ, चिल्लाहटका बीच, सुन्न निस्कने म र मेरा यात्री, नसुनिने गुन्जनमान स्वर संगै निशब्द कराउने, खोक्रो आडम्बरको स्वर सुनिरहेछौँ । बन्ने, बनिने, बनिदिने, रापको कालो; आयाम भरको चम्किलो ऐना, हेर्न आँखा हैन्, आँशु चाहिन्छ थाहा पाउँदा, ऊ भित्रबाट निक्केको त्यो स्वर, म देखि डराउँछ । पुनः सोध्ने हिम्मत, नथाक्ने उसको, कदम माथिको विस्वासमा, मेरै ठेस कसरी ? निर्दोष उसलाई थाहा हुनेछ ऊ भित्रको स्वर कत्ति तीतो छ । थाहा भए आरोप कबुल हुनेछ । बलेरै सकिने आगो, उसले निभाउने, साहसको बेकार प्रतिफल निर्बिरोध उसकै हो । तर पर्खेर किन बस्ने ? म अब डराउँछु र उम्कन्छु । रप्फुचक्कर हुनु अघि । खुला आयाम माझ, जहाँ छैनन्; ऐना भित्रका सुन्दर आकृतीहरु, सुन्दर सपनाको ऐनामा रम्नेहरु, आफ्नै छाया नचिन्नेहरु । सोध्छु अब म, के बन्न सक्छै "यात्री" तिमी, मेरा "सहयात्री" ?

First World War Poetry #Siegried Sassoon

Image
Siegried Sassoon Survivors No doubt they'll soon get well; the shock and strain Have caused their stammering, disconnected talk. Of course they're 'longing to go out again,' — These boys with old, scared faces, learning to walk. They'll soon forget their haunted nights; their cowed Subjection to the ghosts of friends who died,— Their dreams that drip with murder; and they'll be proud Of glorious war that shatter'd all their pride... Men who went out to battle, grim and glad; Children, with eyes that hate you, broken and mad. Craiglockhart. October, 1917. Suicide in the Trenches I knew a simple soldier boy Who grinned at life in empty joy, Slept soundly through the lonesome dark, And whistled early with the lark. In winter trenches, cowed and glum, With crumps and lice and lack of rum, He put a bullet through his brain. No one spoke of him again. You smug-faced crowds with kindling eye Who cheer when soldier lads march by, Sneak home and pray you...

छिः !! भन्नु कसलाई अब ?

Image
युग, युग र अन्तरयुग, अन्तरयुगको सपना, मैले देख्ने धोको, थाहा पाउँदा, सम्झाउँने मेरो धोको, तिमी सम्झ, "म" झै नसुत । जस्काउँछु ! तिमी कहिल्यै नसुत, उठ!! जाग!! र भन, मैले देख्न जानेको छु, विश्वास र आर्दशको, दिवा सप्न । सदाको अर्थ, भूतमा खोज्ने मेरो गल्ती, तिमी त नगर । "भविष्य वित्यो", यस्तो त नभन । गर्न निक्कै बाँकी छ, सम्झाउँने मेरो धोको, सकिन अझै, आफै भन, अब कति बाँकी छ र ? फलतः, पछि के भन्नु ? कहिले, कहाँ के गर्नु ? तिथि मैले पाएकै छैन् । मिठै त होला नी ? पत्याउ मलाई, बुझ मलाई, मैले चाखेको छैन् । मैले बुझेको छैन् । गल्ती, म त भन्छु । मैले गरेकौ छैन्, यसकारण, मात्रै गल्ती, मैले गर्न जानेकै छैन् । "फूल" त मैले, दिन जानेकै छैन् । "म" भित्र तिमी थियौँ, ला! किन झस्केको ? ईष्र्याको अनर्थ, मैले लगाएकै हैन । सोध्ने साहस मेरो थिएन । "भन्ने किन" ? कारणा थिएन । "र"मा पनि नबाढीँ, मेरो थियो, के यहीँ नै हो मेरो भूल ? हैकमबादी किन हुनु ? नटेरेको केही छ कि ? स्वार्थी भइँन्, मेरो गल्ती, स्वीकार्नमा गल्ती किन ? ...

All Poems #Class 12 #HSEB

Image
William Stafford Traveling through the dark #William Stafford I found a deer dead on the edge of the Wilson River road. It is usually best to roll them into the canyon: that road is narrow; to swerve might make more dead. By glow of the tail-light I stumbled back of the car and stood by the heap, a doe, a recent killing; she had stiffened already, almost cold. I dragged her off; she was large in the belly. My fingers touching her side brought me the reason-- her side was warm; her fawn lay there waiting, alive, still, never to be born. Beside that mountain road I hesitated. The car aimed ahead its lowered parking lights; under the hood purred the steady engine. I stood in the glare of the warm exhaust turning red; around our group I could hear the wilderness listen. I thought hard for us all--my only swerving--, then pushed her over the edge into the river. The Lamentation of the Old Pensioner #William Butler Yeats W.B. Yeasts Although I shelter f...

रप्फुचक्कर । कविता #Making Ones' Escape #Poem

Image
भित्र चिसा यर्थाथका, आगोका झिल्काहरुले; निशब्द स्वरहरु निकाले झैँ, चिल्लाहटका बीच, सुन्न निस्कने म र मेरा यात्री, नसुनिने गुन्जनमान स्वर संगै निशब्द कराउने, खोक्रो आडम्बरको स्वर सुनिरहेछौँ । बन्ने, बनिने, बनिदिने, रापको कालो; आयाम भरको चम्किलो ऐना, हेर्न आँखा हैन्, आँशु चाहिन्छ थाहा पाउँदा, ऊ भित्रबाट निक्केको त्यो स्वर, म देखि डराउँछ । पुनः सोध्ने हिम्मत, नथाक्ने उसको, कदम माथिको विस्वासमा, मेरै ठेस कसरी ? निर्दोष उसलाई थाहा हुनेछ ऊ भित्रको स्वर कत्ति तीतो छ । थाहा भए आरोप कबुल हुनेछ । बलेरै सकिने आगो, उसले निभाउने, साहसको बेकार प्रतिफल निर्बिरोध उसकै हो । तर पर्खेर किन बस्ने ? म अब डराउँछु र उम्कन्छु । रप्फुचक्कर हुनु अघि । खुला आयाम माझ, जहाँ छैनन्; ऐना भित्रका सुन्दर आकृतीहरु, सुन्दर सपनाको ऐनामा रम्नेहरु, आफ्नै छाया नचिन्नेहरु ।

परिभाषा जीन्दगीको

परिभाषा जीन्दगीको - उसले सुनेको छ , सुन्दै , हेर्दै ऊ बाँचेको छ । दोधार विगतको - उसले भोगेको छ । परिवर्तन समयको - उसले भोगेको छ । अन्धकार रातको - ऊ आशावादी छ । तर पछि – परिभाषा जीन्दगीको - उसले फेरेको छ । सुन्छु , हेर्छु आज ऊ बोलेको छ । तर दोधार विगतको - ऊ अझै अल्मलेकै छ । ऊ अझै अल्झेकै छ । सयम बितेको छ । परिवर्तन समयको - ऊ चिच्याएको छ । अन्धकार रातको , डराउन थालेको छ । छानो खरको - चुहिन थालेको छ । बादल अन्धकारको - चाँदी घेरिएको छ । तर आज , डराउन , अल्झन अब - उसले त्यागेको छ , ऊ पुनः जन्मेको छ । दोधार विगतको - ऊ मुक्त बनेको छ । परिभाषा जीन्दगीको - उसले आफै लेखेको छ ।

भूतपूर्व गलफ्रेन

Image
होची कदकी मोटी मान्छे, काला नङ्ग्रा राता पार्छे, खाउँला झैँ हेराई उसको, चम्कीलो अनुहार, मन छ फुसको । देख्दा-देख्दा रात बिहान, आजकल हुन्छु आफै बेहाल, कपाल मानौँ पाटा जस्ता, कोमलता मानौँ जस्ता-पाता । देखे जति संसार भन्छे, छैनन् बाकीँ सुन्न भन्छे, डेटिङ् जाँदा धेरै पटक, देखाईदिन्थी बाटामै चटक ।

वास्तविकता

Image
आरोहको उत्कर्षमा , विभत्स कल्पनाको बिम्ब भित्र , घृणात्मक शिल्पको आनन्द खोज्नु , भावनात्मक तर्क नै निराधार हुने , कल्पनाको बेजोड मर्म भित्र , बितेको समयको " त्यो " खण्ड । फलतः दीर्घकालिन रुपान्तरणको पक्षमा , उदायमान भएर विश्वासको प्रतिघात गर्नु , " परिणाम " नभई परिवेशको पैराणिक , " परिकाल्पनाको प्रतिरुप " भएको प्रष्ट हुन्छ ।