Posts

Showing posts with the label कथा

रिक्सा

Image
विधाः संस्मरण  लेखकः  विजय सागर लामिछाने सम्पादकः  सन्दिप निराैला लगभग साँझको ५ बजे हाम्रो बच्चाबच्चीको हुल असिनपसिन हुँदै अध्यारो कोठाबाट बाहिर आँगनमा निक्लियो । निमेषभरमै ताराको घरको आँगनलाइ केटाकेटिको हल्लाले ढाक्याे । फिलिम हेर्नु एउटा पक्ष थियो भने फिल्म सकेपछी ताराको घरको आँगनमा काैतुकित हुदै फिल्मको समिक्षा गर्नु अर्को पक्ष । मिथुनले यसरी उडि-उडि ‘फाइट’ हान्यो, गुन्डा चिच्यायो, रगत बग्यो,  अनि मर्याे । हामी बच्चाबच्चीको हुललाइ यस्ता कुरा नगरेसम्म फिलिम हेरेको मज्जा अाउदैनथ्यो । हाम्राे हल्लामा एउटा रुखो र बुढो आवाज मिसियाे । खल्यानको एउटा शितलाे कुनामा बिछ्याइएको चारपाइमाथि पल्टिएकी ताराकी बज्यैकाे अावाज । उनलाइ हामी केटाकेटि कराएको त्यति मनपर्दैन थियो । केहिबेरपछि शीथिल भएझै गरेर उनको रूखो र बुढो श्वर हामी केटाकेटिहरूको कोलाहोलामा मलिन हुदै जान्थ्याे । अनि बन्द हुन्थ्यो । तर माथि अथाराबाट दुइ जाेडी अाँखाहरूले हाम्राे भिडलाइ चियाइरहेका हुन्थे । ताराकी जेठी दिदी अमृता र मलाइ गुडिया झै  राम्री लाग्ने कान्छी दिदी कल्पन...

Insipid Coffee

Image
Read in Nepali Y ou ..........! Where are you heading to? Return home immediately otherwise I will take a good account of you. Second word was vulgar. Somebody shouted from a junction of a main road. It was a very harsh voice. I did not see the person. I could only recognize the matured voice of a woman scolding someone offensively. I was standing in veranda staring the people walking in the street. I would see them from front to back. All faces would be new. And whenever the street would be empty I would spit over it. "Why do you frequently throw spittle in the yard, don't you abhor of this. Look you have made these stains all over yard." These were my mothers' words. She used to scold me this way when I was in the house. Sister used to support mother and help her add more words in opposition to me. Father usually used to be in the office, so he was unknown about my habit. I understand now, it was own yard and own people scolding me. They loved me ...

फिका कफि । Insipid Coffee

Image
English Translation “ ... कता हिँडेकी ? खुरुक्क घर फर्की !” पहिलो शब्द, अपशब्द थियो । मूल सडकबाट छुट्टिने गल्लीबाट कोही चिच्यायो । मैले मान्छे देखिनँ । स्वर महिलाको थियो, त्यो चिनेँ । अलि छिप्पिएको बाँस चिरिए झैँ कर्कश स्वर । म सधैँझैँ, बरन्डामा उभिएको थिएँ । सडकमा हिँड्ने यात्रीलाई अघिदेखि पछिसम्म नियाल्थेँ । म देख्थेँ, त्यहाँ सबै अनुहार नयाँ हुन्थेँ । पुरानो अनुहार हुन्थ्यो भने पनि मेरो बेहोसी हेराइले उनीहरूलाई सधैँ नयाँ नै देखिरहन्थेँ । अनि सडक खाली के हुन्थ्यो, म पिच्च थुक उछिट्ट्याउँथे । - - - - “किन घरि-घरि यो केटो आँगनमा थुक्छ ? सबै टाटै–टाटा बसिसकेछ ! कस्तो फोहोरी बनेको ! घिन पनि नलागेको !” घरमा आमाले मलाई यसै गरी गाली गर्नुहुन्थ्यो । दिदी पनि हो मा हो मिलाउँदै आगोमा घिउ थप्थिन । बुवा दिउँसो प्राय घर बस्नु हुन्न थ्यो, त्यसैले मेरो यो दैनिकीसँग अज्ञात हुनुहुन्थ्यो । म बुझ्थेँ, त्यो गालीमा प्रेम थियो । त्यो आफ्नो आँगन र आफ्नाले मलाई सुधार्न गरेको प्रयास थियो । म केही नबोली कोठामा पस्थेँ । एक छिनमा फेरी थुक्न निस्कन्थेँ । यो पल्ट अलि पर आँगनको बाहिर एउटा कुनामा । - - - - म दुई वर...

कथा : परिचित आवाज - समिक्षा निरौला । Story : Parichit Aawaaz Samikshya Niroula #niroulasweb

Image
कक्षा एघारमा भर्ना भएको पहिलो दिन अत्याउने सङ्ख्याका नयाँ अनुहार बीच आफूलाई पाएँ । त्यसैदिन उच्च शिक्षामा पनि अब्बल अंक ल्याएर उत्तिर्ण गर्ने अठोट मनमनै गरेँकी थिएँ । अध्ययन क्षेत्रमा भित्रिने नयाँ विषय र शैली सिक्नु मेरो दोस्रो चुनौती थियो । यसैलाई आत्मसाथ गरेर मैले अघि बढ्नु थियो । मेरो अठोट र चुनौतीको दीर्घकालिन सन्तुलनले मलाई सफलताको भयले तर्फ लाग्न झक्झकाई रहन्थ्यो । भविष्यको खाका कोर्ने त्यस दिनहरुमा एकाएक पाएको स्वतन्त्रताको नयाँ परिधिमा विशुद्ध नयाँ आकृति – मेरो नाम । परिवारको निर्णय प्रमुख हुने जान्दा–जान्दै मैले फिदिमबाट विर्तामोड डेरामा बसेर पढ्ने सोच बनाएँ । विर्तामोडमा आफन्त नभएका हैनन्, तर मैले एक्लै बस्ने निर्णय लिएकी थिएँ । सुरुवाती दिनहरुमा घरको मायामा सिराने नभिजेका हैनन् । तर मैले आत्मनिष्ठूर बन्नु कुनै आधार थिएन । कारण, म आफैले त्यो रोजेकी थिएँ । नत्र फिदिम बजारमै पनि उच्च शिक्षाका कलेज नभएका हैनन् । घरकै भात खाएरै पनि पढ्न सक्थेँ । मेरो ईच्छा संग मेरो परिवारको सपना पनि जोडिन्थ्यो, जसलाई मैले जिम्मेवारीका वास्तविकतामा रुपान्तरण गर्नुथियो । – “नमस्ते” उसले मलाई दो...