Posts

Showing posts with the label सामजिक

लैङ्गिक असमानताका विषयमा On the subject of sex discrimination on the context of Nepal

Image
नेपालमा पहिलो कानुनका रुपमा लिखित मुलुकी ऐन वि . स . १९१० सालमा लागू गरिएको थियो । तत्कालिन राजा श्री ५ सुरेन्द्र तथा प्रधानमन्त्री जंगबहादुर राणाको नेतृत्वमा यो कानूनको व्यवस्था गरिएको थियो । तर यो कानुन लैंङ्गिक समानताका विषयमा प्रभावकारी हुन सकेन । बालविवाह , बोक्सीप्रथा , सतिप्रथा , बहुविवाह जस्ता कुरुती हटाउन मुलुकी ऐन १९१० प्रभावकारी बन्न सकेन । सतिप्रथा १९७७ मा मात्र उन्मोलन भएको थियो । ११० वर्ष पछि महेन्द्र राजाको पालमा मुलुकी ऐन परिमार्जन गरियो । उक्त मुलुकी ऐनले केही हदसम्म चलिआएको प्रथा बन्द ग - यो । तर यो कानुनले पनि जनताको समाजिक व्यवहार र चलनमा परिवर्तन भने ल्याउन सकेन । प्रचलित कानून सबै लिङ्ग , जाति , व्यवसाय र दर्जाका मानिसलाई समानरुपले लागू हुनुपर्छ । कानुन पालनामा होस् अथवा दण्ड जरिवानामा सवै भागिदार हुनुपर्छ । नेपाल लैङ्गिक असमानता र गरीविले निम्त्याएका समस्याबाट उठ्न सकेको छैन् । बोक्सीको आरोपमा यातना दिएका घटना बारम्बार आईरहे...

फेसबुक खाता डिलिट गर्ने तरिका |permanently delete facebook account no deactivation

Image
(Facebook Account) फेसबुक खाता "Deactivate" मात्र गर्दा त्यो फेसबुकमा खोज्दा नभेटिएता पनि साथीहरुले तपाईले पठाएको संदेश पढ्न सक्छन्, र कतै-कतै तपाईको खाताको लिङ्क भेटिन सक्छ । तर यदि तपाईलाई आफ्नो फेसबुक खाता कहिल्यौ चलाउँदिन भन्ने विश्वास छ भने तपाई आफ्नो पूरा खाता डिलिट (Delete) गर्न सक्नुहुनेछ । यसले तपाईको फेसबुकमा हुनुहुन्थ्यो भन्ने नै मेटाईदिनेछ । त्यसको लागि तलको "Delete Facebook" लेखिएको फोटोमा थिच्नुहोस वा यहाँ थिच्नुहोस् । अनि दिएको निर्देशन अनुसार जानुहोस् । ध्यान दिनुपर्ने कुरा, तपाईले डिलिट फम (Delete Form) भरेको १४ दिन सम्म एकाउन्ट डिएक्टीभेट (Deactivate) भएर बस्छ र १४ दिन पछि मात्र डिलिट हुन्छ । यो बीचमा तपाईले कुनै पनि माध्यमबाट Login प्रयास नगर्नुहोला । कुनै (Apps) एप्लीकेसनमा फेसबुक जोड्नु भएको भए च्यसलाई पहिला हटाउनु होला । उदाहरणको लागि Yahoo! च्याटमा फेसबुक च्याट जोडिएको । अर्को महत्तवपूर्ण कुरा, तपाईले फम भरिसके पछि ब्राउजर बन्द गर्नु अघि अनिवार्य रुपमा "Clear Cookies" गर्नुहोला ।

पुस्तान्तरण : स्वभाविक परिवर्तन Generation Gap : Natural Change

Image
समय परिवर्तनशील र गतिशील छ । यही गतिमान् समयले युग र युगीन जमाना बनाउँछ । कुनै पनि व्यक्तिको जीवनकालमा उसले नयाँ र पुरानो पुस्ताको असन्तुलित परिवर्तन अनुभव गर्न पाउँछ । जन्मँदा उसको दर्जा नयाँ पुस्ताको हुन्छ र केही समय पछि उही व्यक्तिले अर्को कुनै पुस्तालाई नयाँ पुस्ताको संज्ञा दिन्छ । यो प्राकृतिक चक्र हो । तर बदलिदो समय बीच, दुई पुस्ताहरुमा मतभिन्नता विशेषतः व्यवहारगत भिन्नता, जीवन भोगाइप्रतिको चिन्तन र समयसँग रुपान्तरित नभएको सोचाई जस्तो आरोप र आफ्नो नयाँ पुस्ता ठीक भन्ने तर्क हुन्छन् । ‘तेँरो उमेरमा मैले यस्तो गरिसकेको थिएँ ।’ कतिपय आमाबुवा आफ्ना छोराछोरीलाई सुनाउने गर्छन् । यसरी पुरानो पुस्ता नयाँ पुस्तालाई ‘घोडा कुदेको र हात्ती लम्केको मिल्दैन’ भन्दै सम्झाउँदै हुन्छन् । फेरि नयाँ पुस्ता आफूलाई पुरानो पुस्ताको तुलनामा वौद्धिक क्षमतामा अग्र रहेको भन्दै घमण्ड गर्छन् । तर अघिल्लो पुस्ता नयाँ पुस्ताको बठ्याईं स्वभाविक भएको र हरेक नयाँ पुस्ता बाठो हुँदै गएको बुझिसकेका हुन्छन् । यसरी जमानाको परिपक्वता व्यवहारिक वा बौद्धिक कुनै एकपक्ष बाट मात्र मुल्याङ्कन गर्न सकिद...

निरौला वन्धु सेवा समाज, मेचीनगर #Invitation #Niroula Bandhu Program

Image
"वन्धुको पुकार एकताको आधार" निरौला वन्धु सेवा समाज पाँचौं साधरण सभा मेचीनगर + पानीटेङ्की            उपरोक्त सम्बन्धमा यस निरौला वन्धु सेवा समाज (मेचीनगर र पानीटेङ्की) को पाँचौं साधारण सभा निम्न मिति, स्थान र समयमा सम्पन्न हुने भएकाले उक्त साधारण सभामा मेचीनगर नगरपालीका क्षेत्र र अन्य शाखा समितिबाट निरौला बन्धुहरुले अनिवार्य रुपमा उपस्थीत हुन अनुरोध गर्दछौं । मिति : २०६९ / १ / १ शुक्रबार समय : दिनको १० बजे स्थान :  मेची उद्योग वाणिज्य संघको हल, धुलाबारी प्रस्तावहरु १. वार्षिक प्रतिवेदन प्रस्तुतिकरण २. वृद्ध – वृद्धा सम्मान ३. २०६७ को एस.एल.सीमा उत्कृष्ठ वन्धु पुरस्कृत ४. आर्थिक प्रतिवेदन प्रस्तुतिकरण ५. नयाँ कार्य समितिको गठन      सचिव                                                                                   ...

निमन्त्रणा #Invitation

Image
मंगलम् भगवान विष्णु : मंगलम् गरुडध्वज । मंगलम् पुण्डरीकाक्ष : मंगलाय तनोहरु ।। आदरणीय र्धमप्रेमी सज्जनबृन्द, धर्म र संस्कृतिको संरक्षण, सम्बर्धन गर्दै सदा झैं यस वर्ष पनि निरौला बन्धु सेवा समाज केन्द्रीय कार्य समितिको आयोजनामा यहि मिति २०६८ साल चैत्र ९ गते ( 2012 March 22 - 31 ) देखि प्रारम्भ भै चैत्र १८ गते राम नवमीको पावन दिनमा समापन हुने गरी पं श्री मुकुन्द निरौलाज्यू को बाचकत्वमा संगीतमय श्री गरुण महापुराण ज्ञान महायज्ञ हुने भएकाले आफू, आफ्ना इष्टमित्र, कूलकुटुम्ब तथा छरछिमेक सहितलाई कथा श्रवण गर्न उपस्थित गराई दिई सहयोग गरीदिन अनुरोध गरिन्छ । कार्यक्रमहरु :  २०६८ चैत्र ९ गते मण्डप पूजा, कथारम्भ । २०६८ चैत्र १८ गते कथा समापन, सामुहिक उपनयन, साधारण सभा, फूलप्रसाद बितरण र बिदाई । प्रत्येक  दिन :  बिहान ७ बजे पूजा, ८ बजे पाठ प्रारम्भ, १२ १:३० भध्यान्न, ४ बजे कथा स्थगन, ५ बजे प्रसाद ग्रहण, साँझ देखि बेलुका ९ बजे सम्म भजन किर्तन ।     अतिरित्त कार्यक्रम मध्यान्ह समयमा गर्न सकिने छ ।  ब्रतबन्ध गराउन इच्छुक व्यक्तिले समय मै सम्पर्क गरी नाम दर्ता ...

Osho Speech on Fuck

Image
Beloved Master, I feel shocked when you use the word "FUCK". What to do? Sargamo, it is one of the most beautiful words. The English language should be proud of it. I don't think any other language has such a beautiful word. One Tom from California has done some great research on it. I think he must be the famous Tom of Tom, Dick and Harry fame. He says: One of the most interesting words in the English language today is the word 'fuck'. It is one magical word: just by its sound it can describe pain, pleasure, hate and love. In language it falls into many grammatical categories. It can be used as a verb, both transitive (John fucked Mary) and intransitive (Mary was fucked by John), and as a noun (Mary is a fine fuck). It can be used as an adjective (Mary is fucking beautiful). As you can see there are not many words with the versatility of 'fuck'. Besides the sexual meaning, there are also the following uses: ...

किशोरकिशोरीहरुका लागि कथा लेखन प्रतियोगिता #Story Writing Competition for Teenagers

Image
"रेडियो कथा" हिमाल एशोसिएशनको एउटा कार्यक्रम हो। नेपालस्थित डेनिस दूतावासको सहयोगमा सञ्चालित यस कार्यक्रमको उद्देश्य नेपाली किशोर किशोरीहरूलाई आफ्ना कथा भन्न प्रेरित गर्नु हो । यसको दीर्घकालीन उद्देश्य भनेको नेपाली बालबालिकालाई लेखक र कथाकार बन्न सघाउनु हो । आफूले भोगेका वा एकदमै नजिकबाट देखेका कुरा भन्ने अभ्यासले मानिसका मनका कुरा बाहिर आउँछन् । ती कुरा जति व्यक्तिगत भए पनि राम्रोसित भनिएका कथामा सबैले चासो राख्छन् । संसारमा लेख्ने र पढ्ने सभ्यताको विकास भएको यसरी नै हो । १२ वर्ष पुगेको र १८ वर्ष ननाघेको हुनु पर्छ । विद्यार्थीको उमेर विद्यालयले प्रमाणित गर्नुपर्नेछ । विद्यालय बाहिर रहेका सहभागीहरूले जन्म-दर्ता प्रमाणपत्रको प्रतिलिपि पठाउनु पर्नेछ । उमेर नाघेको प्रमाणित भएमा प्रतियोगिताबाट बाहिरिनु पर्नेछ ।  यस कार्यक्रमका नियम र अन्य जानकारीहरूका बारेमा बुझ्नका लागि radiokatha.com.np हेर्नुहोला ।

भारद्वाज गोत्रका सगोत्रीहरु #Sagotri's Bharwaj Gotra

निरौला विमली सिटौला संग्रौला बारकोटी थपलिया कडेल देवकोटा सिरुपाली बस्नेट बोहोरा दूध पोख्रेले सुवेदी वाग्ले लोहनी थामी अधिकारी सेलुवाल चम्लागाई सिजापति विष्ट पन्थी सिवाकोटी भण्डारी खड्का राउल पाण्डे कुलटा जमरकट्टेल भट्ट चिमरिया खाँड जोशी कालाखेती साउद स्रोत : निरौला वंशलता । लेखक : भीमप्रसाद निरौला

……. अब अरु कति पोस्छौ ?

विषेश प्रसंङमा कुरा भईरहँदा हामी मध्येकै एक जनाले भन्नु भयो , " यी तमाम कुराले गर्दा म त यो भन्छु , मन्छेको जात नै तीन वटा हुन्छ , ' एउटा केटा ', ' दोस्रो केटी ' र तेस्रो ' नेपाल र इन्डियाको बोर्डरमा बस्ने ' धोती ' हरु । ' म पनि त्यो प्रसंङमा भिजेँको थिएँ । त्यहाँका तर्कहरु मेरो मानसपटल संग साझेदार भईरहेको थियो र सार कुरा दिमागमा राख्न प्रकृयारत्त थिएँ । उनले हेपाह प्रवृतिको त्यो श्रेणी बाटै वर्ग - विभाजन संगै विषयलाई जनाउने शब्द सहित आक्रोस ओकलेका थिएँ । म भन्छु , " त्यो विभाजनलाई चार बनाउँदा ठीक हुने देखिन्छ । अथवा तेस्रो लाई विस्थापित गरेर " यो देशका मान्छे " वा एकछिनलाई देश विर्सेर " यो गाउँका मान्छे " राख्दा पनि फरक पर्दैन । हेप्न त आखिर हामीले नै निमन्त्रण दिएकाछौँ । हामी हाम्रै बुद्धिले ठगीकाछौँ । अनि किन अरुलाई सानो देखाएर आफूलाई उच्च श्रेणीको देखाउने ?" प्रेसर कुकर बनाउन आउने होस् अथवा कवाडीका समान उठाउन आउने , हामीले उसलाई हाम्रो घर भित्र हुलेर हाम्रो घर कोठाको संरचना बुझाएका छौँ । उसलाई यो कोठामा यति...