यौनका साइट - प्रतिबन्धात्मक कदम । Sexual Sites - Prohibitive Action
घरघरमा विकृति बढेको ठहर गर्दै गृह मन्त्रालयले अश्लील र आपत्तिजनक वेबसाइट बन्द गर्ने सुचना निकालेर सुचनाप्रविधिको सिमित दायरा भित्र बसेर सेवा उपयोग गरिरहेका ग्राहक माथि सूचनाको प्रतिबन्ध लगाएको झैँ भएको छ । "साइबर क्राइम" रोक्न भनेर मन्त्रालयले ISP हरु लाई असामाजिक स्तरका सवै साईट बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयको निर्देशन अनुसार यदि यस्ता साइट बन्द गर्ने ध्येयले साइट "फिल्टर" गर्ने हो भने "Sex", "Porn", "Nude" जस्ता यौन संग सम्बन्ध राख्ने शब्द, चित्र, लेख समावेश भएका सम्पूर्ण साइट बन्द हुनेछन् । साथै धर्म, लिङ्ग र समुदायमा भेवभाव बनाउने, राष्ट्रिय हित र शान्ति सुरक्षामा बाधा पुयाउने साइट पनि बन्द हुनेछन् । प्रविधिको प्रयोग गरेर गरिने अपराध समाजका लागि अतुल्य क्षति हो भन्नु सहि छ । तर विकृति वढ्नुका पछाडि यौनका साइटलाई नै केन्द्र बनाउने कार्य आपात्तिजनक भएको छ ।
यसरी साइट "फिल्टर" भएमा "सेक्स", "प्रोन", "निउड" जस्ता अश्लील मानिएका शब्द जुनसुकै साइटका पेजमा भए खुल्ने छैन् । यसले अन्य अनगिन्ति राम्रा साइट समेतलाई समेटेको छ । "Sex" शब्द विकृतिको नेता हैन् । तर फल्टरले "Hardcore Sex Pictures" र "Sex Education", "Age of consent for sex", "Healthy Sex Habit", "Safe Sex", "What is Self Sex?", "Animal Sexual Behavior", "Sexual objectification" जस्ता लाई एकै मान्ने छ र यस्ता प्रकारको दुवै बिकृति र यौन शिक्षा, यौन जिज्ञाशा र यौन समस्यालाई समेत एकै घान बनाउने छ । याहूमा त SEX लेखेर सर्च गरिसके पछि "pornhub" भनेर अश्लील भिडियो खोज्ने छुट्टै लिङ्क नै रहेछ र जसबाट ५६ करोड ४० लाख लिङ्क प्राप्त भए । अब साइट खोज्न मद्दत गरेको भनेर सर्च इन्जिन पनि बन्द गरिने पो होकि ? अनि सम्भवतः यस्ता संस्थाका अरु सुबिधा पनि यस संगै बन्द हुनेछन् ।
यस किसिमको प्रतिबन्दले सम्भवतः विकृतिमा कमि आउने कुरामा शंका छ । अश्लील मानिएका साइट मात्र "ब्लक" गर्न सम्भव हुने छैन् । अनि यौन समस्या र त्यसको निवारणका लागि गरिने साइट खोजिको नतिजा शून्य हुँदा त्यसले अर्को भयानक मानसिक समस्या उत्तपन्न गराउने छ । यौन शिक्षा नै बन्देज हुनेछ ।
यस्ता अपराधमा कमि ल्याउन बजारमा पाइने अश्लील भिडियोको विक्रि वितरण माथि अनुगमन, साइबर क्याफेमा गोप्य क्याबिनको व्यवस्था हटाइनाले पनि यस्ता कुराको पहुचमा केही गिरावट आउन सम्भव छ । अनलाईनमा यस्तो नियन्त्रण भन्दा पनि इन्टरनेको सदुप्रयोग गर्ने वातावरण, छोराछोरीको नेट प्रयोग प्रति अभिवावकको सजगता र अनुगमन घर स्तर बाटै गर्नुपर्ने देखिन्छ । यति मात्र हैन् मोबाइलको मोमोरी मा के कस्ता सामाग्री छन् र अश्लील MMS मा संगल्न भए नभएका कुरामा पनि ध्यान दिनु जरुरी भएको छ । परिवार स्तरबाट यौन शिक्षा, यौन रोग जस्ता जनकारीको सम्प्रेषण र प्रयासले विकृतिका रुपमा अघि बढ्दै गरेको साइबर क्राइममा नियन्त्रण गर्न सम्भव छ ।
Ozone जी, तपाइको यो लेख पढ्न Text Select नै गर्नु पर्यो । कृपया एक पटक कलर मिलाउनु हुन्छ कि ?
ReplyDeleteबाँकी, तपाइको लेख समय सापेक्ष र सान्दर्भिक लाग्यो । हुन त यस विषयमा पहिले पनि ब्लगमा पढ्ने मोका पाएको थिएँ । यहाँ यस्तै छ अोजोन जी, जस्ले जे गरे पनि हुने ।