संस्मरणबाट ....
यो हप्ता एउटा विचित्रको परिस्थितिको अघि म परेँ । सानो काम लिएर विर्तामोड जानु थियो । मैले त्यहाँ केही घन्टा पर्खनु पर्छ । मैले त्यहाँ केही घन्टा पर्खनु पर्छ । पर्खनु साँच्चै सजिलो हुँदैन । समयको सदुप्रयोग हुने ठानेर म प्राय किताब लिएर जान्छु र त्यहि बसेर पढ्छु । कुनै दिन किताब पढ्न अल्छी लागे ल्यापटप झिकेर समय कटाउँछु । गाडिमा आउँदा - जाँदा साथी हुने भएकाले म प्राय किताब पढ्छु । म काँकरभिट्टाबाट बसमा पसेँ । पछाडि दुई जनाका लागि मात्र सिट खालि थियो । म गएर भ्याल पट्टि बसेँ । बाहिर तीन जना मानिस भेला भएर हँसी - मजाक गर्दै थिएँ । मैले त्यसदिन 'तसलिमा नसलिन' को किताब बोकेको थिएँ । सोच्दै थिएँ गाडि हिड्न थाले पछि पढ्छु । बसेको मिनेट पनि वितेको थिएन । एउटी केटी बसमा उक्ली । मलाई थाहा थियो त्यो आएर मेरै छेऊमा बस्छे - कारण अर्को विकल्प थिएन । यात्रा धेरै टाडा हैन्, ११ कि.मि. पार गर्न गाडी कुदे भन्दा धेरै समय रोक्छ । म चाहन्थे केटी आएर मेरो छेऊमा नबासोस् - अनर्थ नलागोस् । मैले अत्तर र पाउडरको गन्ध बीच यात्रा गर्नुपर्ने थियो । म केटीले गर्ने मेकअपको विरोधमा छु भन्न खोजेको हैन् तर मेरो ना...