Posts

Showing posts from June, 2012

मुख-मैथुन, परिचय, कामसूत्र र कामशास्त्र, फाइदा, बेफाइदा, सुरक्षित यौन उपाय, यौनरोग [Oral Sex, Introduction, Merits & Demerits, Kama sutra, Safe Sex Method, Sexually Transmitted Disease, Preventive Measures, Sexual Awareness]

Image
परिचय #Introduction [Oral Sex] मुख-मैथुन - यौन क्रियाकलाप हो जसमा, एउटा व्यक्तिको यौन अङ्ग संग अर्को व्यक्तिको मुखको सम्पर्क गराइन्छ ।     मुख-मैथुनका बारेमा वर्णन भिडियोमा मुख-मैथुनलाई निम्न प्रकारमा वर्गिकृत गरि बुझ्न सकिन्छ : #Types of Oral-Sex १. लिङ्ग-मुख-मैथुन (Fallatio), २. योनि-मुख-मैथुन (Cunnilingus) ३. गुद्द्वार-मुख-मैथुन (Anilingus) यी सवैले समग्रमा मुख-मैथुनलाई बुझाउँछ । "लिङ्ग-मुख-मैथुन" तथा "गुद्द्वार-मुख-मैथुन" पुरुष-पुरुष तथा पुरुष-महिलाका बीच हुनसक्छ । यस बाहेक, समलिङ्गीहरुमा अनि पुरुष-पुरुष वा महिला-महिला बीच पनि मुख-मैथुन हुनसक्छ । "योनि-मुख-मैथुन" पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ । व्यक्ति पिच्चे यौनको आकर्षण, क्षमता, रुचि र आनन्द फरक हुन्छ । मुख-मैथुनको धारणप्रति पनि प्रत्येक व्यक्तिको मत फरक हुनु स्वभाविक छ । कोही व्यक्तिका लागि यो निकै आनन्दायक र रुचिकर क्रिया हुनसक्छ भने कतिका लागि एकदमै घिनलाग्दो र एक अर्थमा  अप्राकृतिक हुनसक्छ । व्यक्तिको धार्मिक पृष्ठभूमि, शिक्षा, यौन सचेतना, यौन प्रतिको व्यक्तिगत

फिका कफि । Insipid Coffee

Image
English Translation “ ... कता हिडेँकी ? खुरुक्क घर फर्कि !” पहिलो शब्द, अपशब्द थियो । मूल सडकबाट छुट्टिने गल्ली बाट कोही चिच्यायो । मैले मान्छे देखिनँ । स्वर महिलाको थियो, त्यो चिनेँ । अलि छिप्पिएको र स्वर बाँस चिरिए झैं कर्कस । म सदा झैँ, बरन्डामा उभिएको थिएँ । सडकमा हिड्ने यात्रिलाई अघि देखि पछि सम्म नियाल्थेँ । म देख्थेँ, त्यहाँ सवै अनुहार नयाँ हुन्थेँ । पुरानो कोही हुन्थ्यो भने पनि मेरो बेहोसी हेरार्इले उनीहरू लार्इ सधै नयाँ नै देखिरहन्थेँ । अनि सडक खाली के हुन्थ्यो, म पिच्च थुक उछिट्याउथेँ । - - - - “किन घरि-घरि यो केटो आँगनमा थुक्छ ? सवै टाटै–टाटा बसिसकेछ ! कस्तो फोहोरी बनेको ! घिन पनि नलागेको !” घरमा आमाले मलाई यसै गरि गालि गर्नुहुन्थ्यो । दिदी पनि हो मा हो मिलाउँदै आगोमा घिउ थप्थिन । बुवा दिउँसो प्राय घर बस्नु हुन्नथ्यो, त्यसैले मेरो यो दैनिकी संग अज्ञात हुनुहुन्थ्यो । म बुझ्थेँ, त्यो गालीमा प्रेम थियो । त्यो आफ्नो आँगन र आफ्नाले मलाई सुध्रान गरेको गाली थियो । म केही नबोली कोठामा पस्थेँ । एकैछिनमा फेरी थुक्न निस्कन्थेँ । यो पल्ट अलि पर आँगनको बाहिर एउटा कुनामा । - - -