Poem : Money | कविता: पैसा
पैसा बिगार्यो कति को मती यसले लियो कति को ज्यान छुटायो कति को साथ यसले बनायो कति को उठिबास आखिरमा यो पैसा हो कि दाशा ? छाडे कतिले आमाको काख र ममता टुङ्ग्याए कतिले इमान्दारिताको बाटो मोले कतिले दुस्मनी र खतारा सिध्याए कतिले अस्तित्व र नाता आखिरमा यो पैसा हो कि बाध्यता ? यो कविता समिक्षा निरौलाले दुई वर्ष अगाडि लेखेकी हुन् । हार्डडिक्स भित्रै हराएको थियो, आज सफाई गर्दा भेटियो । उनको एउटा कथा पनि यहाँ पोष्ट भएको छ, पढ्नुहोला ।