रोमियो एण्ड जुलियट - काव्य समिक्षा
विलियम सेक्सपियर , [First Folio को आवरण पृष्ठ ] यो हप्ता विलियम सेक्सपियरको नाटक, "रोमियो एण्ड जुलियट" को पूरा संस्करण पढेँ । सेक्सपियरको शैलि र ल्याटिन शब्दहरु बुझ्न गाह्रै थियो तर शब्दकोष हेर्दै - बुझ्दै पढेँ । सार कथा मात्र बुझेको मैले यस पटक केही गहिराइमै बुझ्न सकेँ जस्तो अनुभव गरेको छु । नाटक पढिसकेपछि मनमा उठेका कुरा ब्लगमा लखेको विषय सामाग्री बनाएको छु । "रोमियो एण्ड जुलियट" मैले बुझ्दा सामान्य पात्रहरुले प्रमुख पात्रहरुको क्रियाकलाप र घटनाको तालमेलमा प्रमुख जिम्मेवारी ओगटेकाछन् । सामान्य र छाँया पात्रको सुक्ष्म क्रियाकलापको पनि उस्तै संवेदनशील महत्व र जिम्मेवारीको उतिकृष्ट अर्थ छ । यो वियोगान्त नाटक हो, तर वियोगान्त हुनुमा धेरै वटा कारण भेटिन्छ । यसमा पनि "क्यापुलेट" र "मोन्ट्याग्यु"का बीच चर्केको कलह एक प्रमख र जन्मजात कारण हो । नाटकको आरोह र अवरोहमा पनि प्रमुख पात्रहरु भन्दा साना पत्रले गरेको योजना र समान्य गल्तीले कथामा भयावह रुप लिएर अन्तत नाटका प्रमुख पात्र रोमियो र जुलियटको निधन संगै नाटक पनि स