Posts

Showing posts from August, 2011

अविरल यात्रीका चार मुक्तक

मुक्तक-१ विलाउनु थियो भने, रसाएर आयौ किन? नगासिने मुटु तिम्रो, टसाएर आयौ किन? वियोगमा मुटु जल्दा, सँगै रुझ्छन् आखाहरु रुवाउनु नै थियो भने, हसाएर आयौ किन? मुक्तक - २ एक्कासी चाहानाको हुरी चल्यो किन ? त्यही वेगमा आशाको पात हल्यो किन ? अरुको आगो निली बाच्ने जिवन कसैको यादको एक झिल्कामै जल्यो किन ? मुक्तक - ३ यही हो संसार, गाउँ अनि यही हो शहर आकाश जस्तै विशाल यो हाम्रो रहर रुने र हास्ने, सँगै खेल्ने अनि झुम्ने साथीसँगी, धेरै छ लामो यो हाम्रो लहर ।। मुक्तक – ४ (घमन्डी…..लाई) कोईलीले गित, गाइरहनु पर्दैन बगैँचामा अत्तर, लाईरहनु पर्दैन खुब राम्री छु, जस्तो लाग्छ होला परीले पार्लर, धाईरहनु पर्दैन ।।