Posts

Showing posts from February, 2013

लैङ्गिक असमानताका विषयमा On the subject of sex discrimination on the context of Nepal

Image
नेपालमा पहिलो कानुनका रुपमा लिखित मुलुकी ऐन वि . स . १९१० सालमा लागू गरिएको थियो । तत्कालिन राजा श्री ५ सुरेन्द्र तथा प्रधानमन्त्री जंगबहादुर राणाको नेतृत्वमा यो कानूनको व्यवस्था गरिएको थियो । तर यो कानुन लैंङ्गिक समानताका विषयमा प्रभावकारी हुन सकेन । बालविवाह , बोक्सीप्रथा , सतिप्रथा , बहुविवाह जस्ता कुरुती हटाउन मुलुकी ऐन १९१० प्रभावकारी बन्न सकेन । सतिप्रथा १९७७ मा मात्र उन्मोलन भएको थियो । ११० वर्ष पछि महेन्द्र राजाको पालमा मुलुकी ऐन परिमार्जन गरियो । उक्त मुलुकी ऐनले केही हदसम्म चलिआएको प्रथा बन्द ग - यो । तर यो कानुनले पनि जनताको समाजिक व्यवहार र चलनमा परिवर्तन भने ल्याउन सकेन । प्रचलित कानून सबै लिङ्ग , जाति , व्यवसाय र दर्जाका मानिसलाई समानरुपले लागू हुनुपर्छ । कानुन पालनामा होस् अथवा दण्ड जरिवानामा सवै भागिदार हुनुपर्छ । नेपाल लैङ्गिक असमानता र गरीविले निम्त्याएका समस्याबाट उठ्न सकेको छैन् । बोक्सीको आरोपमा यातना दिएका घटना बारम्बार आईरहे