गजल

आज भने तिम्रो छेउ पर्न पाए हुन्थ्यो, जिस्काउदै तिम्रो नजिक सर्न पाए हुन्थ्यो । पारी किनार मायाबारी पारि नै छ प्रित, तिमीसँगै प्यारो गंगा तर्न पाए हुन्थ्यो । वर्षायामको झरी जस्तै जहीतही ओर्लीरैछु तिम्रो मनको बलेसीमा झर्न पाए हुन्थ्यो । भावानाका तरङ्गमा प्रेमलहरी धेरै फले, केही बिज तिम्रो दिलमा छर्न पाए हुन्थ्यो । सगैं बाच्ने सँगै हिड्ने कसम बनाईसकें, अन्तिम ईच्छा,तिमीसँगै मर्न पाए हुन्थ्यो । नवीन अविरल , गजल र सामजिक चेतानामूलक कथा लेखनमा कलम चलाउनुहुन्छ । यस पटक मैले वहाँको स्वीकृतिमा वहाँको ब्लगबाट यो गजल यहाँ प्रकाशीत गरेको छु । अविरलजी को कलमले यस्तै नयाँ नयाँ सिर्जन सदैव सिर्जना गरिरहोस् मेरो शुभकामना ।