निमन्त्रणा #Invitation

मंगलम् भगवान विष्णु : मंगलम् गरुडध्वज । मंगलम् पुण्डरीकाक्ष : मंगलाय तनोहरु ।। आदरणीय र्धमप्रेमी सज्जनबृन्द, धर्म र संस्कृतिको संरक्षण, सम्बर्धन गर्दै सदा झैं यस वर्ष पनि निरौला बन्धु सेवा समाज केन्द्रीय कार्य समितिको आयोजनामा यहि मिति २०६८ साल चैत्र ९ गते ( 2012 March 22 - 31 ) देखि प्रारम्भ भै चैत्र १८ गते राम नवमीको पावन दिनमा समापन हुने गरी पं श्री मुकुन्द निरौलाज्यू को बाचकत्वमा संगीतमय श्री गरुण महापुराण ज्ञान महायज्ञ हुने भएकाले आफू, आफ्ना इष्टमित्र, कूलकुटुम्ब तथा छरछिमेक सहितलाई कथा श्रवण गर्न उपस्थित गराई दिई सहयोग गरीदिन अनुरोध गरिन्छ । कार्यक्रमहरु : २०६८ चैत्र ९ गते मण्डप पूजा, कथारम्भ । २०६८ चैत्र १८ गते कथा समापन, सामुहिक उपनयन, साधारण सभा, फूलप्रसाद बितरण र बिदाई । प्रत्येक दिन : बिहान ७ बजे पूजा, ८ बजे पाठ प्रारम्भ, १२ १:३० भध्यान्न, ४ बजे कथा स्थगन, ५ बजे प्रसाद ग्रहण, साँझ देखि बेलुका ९ बजे सम्म भजन किर्तन । अतिरित्त कार्यक्रम मध्यान्ह समयमा गर्न सकिने छ । ब्रतबन्ध गराउन इच्छुक व्यक्तिले समय मै सम्पर्क गरी नाम दर्ता गराउनु पर्ने छ । सम्पर्क फोन