Posts

Showing posts from April, 2011

जन्मदिन र Year's (+) & (-)

Image
आज मेरो जन्मदिन । कुनै आश्र्चय रहेन , वर्षको एक दिन आउँछ र यो वर्ष पनि आजको दिनैमा आएको छ । मलाई कुनै नौलो अनुभव भएको छैन् । याद भए सम्म मलाई नौलो कहिल्यौँ लागेको पनि छैन् । म बहकिएको हैन् । म मात्र प्रष्ट हुँदैछु । आफै संग र मेरो शब्दलाई आकार दिने कोसिम गर्दैछु । सुनेको छु - जन्मदिन हरेक व्यक्तिको लागि खास दिन हो । तर त्यो खास दिन त सवैले जन्मेको दिनमै बिताई सकेका छन् । अनि १२ महिनाको भाका राखेर आफ्नो जन्मदिनको विज्ञापन गर्नुको के अर्थ ? म पनि यहि गर्दैछु । नत्र यी कुरा मैले अरु दिन राखेको भए हुने , मैले पनि आफ्नै साईत पर्खेको छु । म पनि अलग छैन् । अब किन नभन्नु , आजै जम्मेका विश्वका चानचुन १ करोड ९ लाख मान्छेलाई " Happy Birthday !! " । आजै म आमाको लागि गिप्ट थिएँ - सायदै कोही हुनेछ जसलाई म आमालाई भन्दा धेरै प्रेम गरुँ । " चैत्र ११ " मा बैनि नीताको जम्मदिन थियो । धेरै दिन भएको छ तिम्रो आवाज पनि सुनेको छैन् । जहाँ छौँ खुसी रहनु । म तिम्रो सफताको लागि प्राथना गर्नेछु । साउनमा मेरो नाकको अपरेशन भयो । डा. पुनम लाई मेरो मित्रता स्वीकारेकामा धन्यवाद । दिदी तपाई