Posts

Showing posts from May, 2011

टार्गेट @ गर्लफ्रेण्ड (कथा)

- ओजोन निरौला आजकल म आफै पनि प्रष्ट बन्न थालिसकेको छु । गोजीमा बजेको उसको मोबाइल बज्दा-बज्दै फोन कसले गरेको हो मेसो पाउन थालिसकेको छु । मोबाइल बजेकै बेला उसको अनुहारमा आउने विचित्रको तरङ् पनि मैले बुझेको छु । अनुमान लगाउँछु उतिबेला उसका दिमागमा प्रेमालापका अनेक भावना नाच्दा हुन् र त्यसैको प्रतिविम्ब स्वरुप अनुहारले त्यो आकृति मन्दा मुस्कानको साथमा पाउँदो हो । उसकी प्रेमीकासँग फोनमा गफिनको पूर्वतयारी पनि हुन सक्छ त्यो । अनि एक–आधा घण्टा उसले गरेको त्याग स्वरुप समयको अर्को लक्षण हुन सक्छ त्यो । “हेल्लो” उसले स्वरमा सकेसम्मको तरलता र ‘रोमान्टिक’ बन्ने चेष्टा गदै कुरा सुरु ग-यो । मैले ‘इयरफोन’को अर्को ठेडी घुसार्न भ्याइसकेको थिएँ । “गुड मर्निङ्” केटीले सुरिलो स्वरमा औपचारिक ढाँचामा बोली । “सेम टु यू” केटोले बोल्न केही झिजो मानेझैँ गरेर जवाफ दियो । मैले हाँसो थाम्न सकिँन । त्यसमा पनि दुई जोडी प्रेमालापमा लिप्त बन्न सुरुवात मात्र भएको छ । कवाफमा हड्डी किन बनिदिने मैले ? कानबाट ठेडी पनि कति छिटो झिकेँछु वा म उठ्दा त्यो आफै निस्क्यो पनि हेक्का भएनछ । अलि पर गएर खित्का छाडेर बेसोमति झै हाँ

प्रेममा कमजोर छु (कथा)

Image
च्याट रुमको मिलन हाम्रो मित्रताको स्रोत बन्यो । त्यसो त मलाई च्याट रुमबाट बनेका साथीहरु च्याटमै मात्र सीमित राखेको राम्रो लाग्छ । कसको पो विश्वास गर्न मिल्छ ? एक कोठामा बसेर अर्को कोठाको व्यक्तिलाई समुद्रपार भनिदिन मिल्ने । एकप्रकारको मजा लाग्छ मलाई । तर च्याटमा हुने यौन लापरवाही र गोपनीयताको राम्रै तहमुनि लुकेर अनैतिक शब्द विस्फोट गर्ने कार्य च्याट प्रतिको मेरो घृणा दर्साउने पहिलो उदाहरण हो । तर सीमित व्यक्तिको दिनचर्या नै बनेका यस्ता कृयाकलापबीच कसैको शक्ति मान्नुपर्छ जो असुरक्षित ठाउँमा पनि सुरक्षित बन्न सकेका छन् । –“हाई” “शुभसन्ध्या” मेरो सम्बोधनमा उसले शुभसन्ध्या भनेर दिएको देख्दा म छक्क परेको थिएँ । यस्तो अनुभव मेरो जीवन पहिलो पटकको थियो । उसको शैलि विल्कुलै नौलो थियो अनि आदर योग्य पनि । –“नाम के होला ?” मैले नाम जान्न चाहेँ । नाम हैन तर त्यहाँ लुकेको अर्को प्रश्नको उत्तर म जान्न चाहन्थेँ । “जाबो नाममा के छ ? न भन्दा हुन्न ?” कुरा सही थियो तर मलाई बुझकी बनु जस्तो लागेन । –“किन नभन्ने ? कि आफ्नो नाम नराम्रो छ भनेर हीनताबोध भएको हो ?” नसकने रहेछ । कुरा बङ्ग