ब्लगिङ् अनुभव । Blogging Experience

सात महिना अघि फेब्रुरीमा मेरो गुगल ब्लगको पोष्ट संख्या चमत्कारीक रुपमा बढेर ११३ पुग्यो । म एक पटक त अवाक बनेँ । मैले हेर्दा मेरो ब्लगमा हरेक स्तरका भाषा र कयौँ बिज्ञापन र गुणस्तर लेखनका नमूना र आपत्तिजनक निर्वस्त्रले लज्जिएको थियो । प्रतिकृयामा कसैको "थुकको छिटा" छापिएको थियो । ईमेल ह्याक भएको ठानेँ र हत्तपत्त ब्लगरमा साइनईन गरेर पोष्ट डिलिट गर्ने सोच गरेँ । मैले सोचेको गलत निस्क्यो, ईमेलको पासवर्ड सकुसल थियो । तर पोष्ट बढ्ने क्रम धेरै दिन अघि देखि भएको रहेछ । म छक्क परेँ, जब मैले मेरै उपस्थीतिमा "डयसबोर्ड"मा थप तीन वटा पोष्ट थपिएको देखेँ । थाहा भयो "Mobile Posting" को ईमेल कतैबाट कसैले थाहा पाएछ । मैले त्यो सेवा तत्काल बन्द गरेँ, ह्याक भन्दा पनि कसैले मेरो बेहोसी प्रति आफ्नो नैतिकताको सीमा नाघेछ । सर्च गर्दा पोष्ट गरिएका लेखहरु अरु साईटबाट फरवर्ड गरिएका थिएँ ।
ब्लगको पुनः थालनी भयो । केही दिन बितेको थियो । अर्को यस्तै नियतिको शिकार हुनु प-र्यो । ईमेलको पासवर्डले काम गरेन । ब्लग भने सकुसल थियो । प्राविधिक कारणले होला भनेर केही दिन सम्म प्रयास मात्र गरेँ तर पनि खुलेन । अनि "पासवर्ड रिकोभरी"को मद्दत लिने सोच गरेँ । तर रिकोभरीको बनोटमा नयाँ शौलि थियो । अर्को ईमेलको लिङ्क थिएन र फोन नं पनि थिएन । एउटा नयाँ प्रश्न थियो । "वाट इज लाईफ ?" मलाई जान्न धेरैबेर लागेन । "जिन्दगीको के हो ?" उत्तर मिलाएर ईमेल लैजाने चुनैति थियो त्यो । उत्तर मिल्ने आशामा केही "झटारो" लगाई पनि हेरेँ तर नतिजा हात लागेन । अनि मेल गर्ने सोच गरेँ । मैले "यो मेरो ईमेल हो, दुरुप्रयोग नगरिदिनु र फकाईदिनु" आग्रह गरेँ । मेल डोलिभरीको रिपोर्ट पनि आयो । पुनः भोलि पल्ट अघिको मेलमा थोरै थपघट गरेर ईमेल गरेँ तर "ईरर रिपोर्ट" आयो । थाहा भयो, ईमेलको साथै ब्लग अनि फेसबुकको पनि अत्तोपत्तो थिएन । अब त "याहूमेल" पनि डिलिट गरिदिनु नै बेश सम्झेँ र त्यो पनि डिलिट गरिदिएँ । आशा गरेँ फेसबुक डिएक्टीभेट गरेको भए पनि अर्को पटक त पक्कै नखुल्ला ।
ब्लगको "Mobile Posting Email" बाहिर जानुको रहस्य अलि पछि मात्र बुझेँ, जब मेरो नयाँ ईमेलमा फेसबुकबाट साथी बन्ने अनुरोध भएको मेल आयो । मैले त्यति बेला मेलमा भएका सवै "Contact" लाई फेसबुकमा जोड्न अनुरोध गरेको थिएँ । अनि "Mobile Posting Email"बाट ब्लगमा उक्त किसिमको ईमेल प्रकाशीत हुन पुगेछ । त्यहाँ आफ्नै ईमेल पनि लेखिएको हुँदोरहेछ ।

Comments

Post a Comment

Comments

Popular posts from this blog

Crack Internet Download Manager (IDM) No virus

Increase torrents download speed