रिक्सा

विधाः संस्मरण लेखकः विजय सागर लामिछाने सम्पादकः सन्दिप निराैला लगभग साँझको ५ बजे हाम्रो बच्चाबच्चीको हुल असिनपसिन हुँदै अध्यारो कोठाबाट बाहिर आँगनमा निक्लियो । निमेषभरमै ताराको घरको आँगनलाइ केटाकेटिको हल्लाले ढाक्याे । फिलिम हेर्नु एउटा पक्ष थियो भने फिल्म सकेपछी ताराको घरको आँगनमा काैतुकित हुदै फिल्मको समिक्षा गर्नु अर्को पक्ष । मिथुनले यसरी उडि-उडि ‘फाइट’ हान्यो, गुन्डा चिच्यायो, रगत बग्यो, अनि मर्याे । हामी बच्चाबच्चीको हुललाइ यस्ता कुरा नगरेसम्म फिलिम हेरेको मज्जा अाउदैनथ्यो । हाम्राे हल्लामा एउटा रुखो र बुढो आवाज मिसियाे । खल्यानको एउटा शितलाे कुनामा बिछ्याइएको चारपाइमाथि पल्टिएकी ताराकी बज्यैकाे अावाज । उनलाइ हामी केटाकेटि कराएको त्यति मनपर्दैन थियो । केहिबेरपछि शीथिल भएझै गरेर उनको रूखो र बुढो श्वर हामी केटाकेटिहरूको कोलाहोलामा मलिन हुदै जान्थ्याे । अनि बन्द हुन्थ्यो । तर माथि अथाराबाट दुइ जाेडी अाँखाहरूले हाम्राे भिडलाइ चियाइरहेका हुन्थे । ताराकी जेठी दिदी अमृता र मलाइ गुडिया झै राम्री लाग्ने कान्छी दिदी कल्पना हाम्रा गन्थनका दुवै स्