Posts

Showing posts with the label विचार

……. अब अरु कति पोस्छौ ?

विषेश प्रसंङमा कुरा भईरहँदा हामी मध्येकै एक जनाले भन्नु भयो , " यी तमाम कुराले गर्दा म त यो भन्छु , मन्छेको जात नै तीन वटा हुन्छ , ' एउटा केटा ', ' दोस्रो केटी ' र तेस्रो ' नेपाल र इन्डियाको बोर्डरमा बस्ने ' धोती ' हरु । ' म पनि त्यो प्रसंङमा भिजेँको थिएँ । त्यहाँका तर्कहरु मेरो मानसपटल संग साझेदार भईरहेको थियो र सार कुरा दिमागमा राख्न प्रकृयारत्त थिएँ । उनले हेपाह प्रवृतिको त्यो श्रेणी बाटै वर्ग - विभाजन संगै विषयलाई जनाउने शब्द सहित आक्रोस ओकलेका थिएँ । म भन्छु , " त्यो विभाजनलाई चार बनाउँदा ठीक हुने देखिन्छ । अथवा तेस्रो लाई विस्थापित गरेर " यो देशका मान्छे " वा एकछिनलाई देश विर्सेर " यो गाउँका मान्छे " राख्दा पनि फरक पर्दैन । हेप्न त आखिर हामीले नै निमन्त्रण दिएकाछौँ । हामी हाम्रै बुद्धिले ठगीकाछौँ । अनि किन अरुलाई सानो देखाएर आफूलाई उच्च श्रेणीको देखाउने ?" प्रेसर कुकर बनाउन आउने होस् अथवा कवाडीका समान उठाउन आउने , हामीले उसलाई हाम्रो घर भित्र हुलेर हाम्रो घर कोठाको संरचना बुझाएका छौँ । उसलाई यो कोठामा यति...

यौनका साइट - प्रतिबन्धात्मक कदम । Sexual Sites - Prohibitive Action

घरघरमा विकृति बढेको ठहर गर्दै गृह मन्त्रालयले अश्लील र आपत्तिजनक वेबसाइट बन्द गर्ने सुचना निकालेर सुचनाप्रविधिको सिमित दायरा भित्र बसेर सेवा उपयोग गरिरहेका ग्राहक माथि सूचनाको प्रतिबन्ध लगाएको झैँ भएको छ । "साइबर क्राइम" रोक्न भनेर मन्त्रालयले ISP हरु लाई असामाजिक स्तरका सवै साईट बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयको निर्देशन अनुसार यदि यस्ता साइट बन्द गर्ने ध्येयले साइट "फिल्टर" गर्ने हो भने "Sex", "Porn", "Nude" जस्ता यौन संग सम्बन्ध राख्ने शब्द, चित्र, लेख समावेश भएका सम्पूर्ण साइट बन्द हुनेछन् । साथै धर्म, लिङ्ग र समुदायमा भेवभाव बनाउने, राष्ट्रिय हित र शान्ति सुरक्षामा बाधा पुयाउने साइट पनि बन्द हुनेछन् । प्रविधिको प्रयोग गरेर गरिने अपराध समाजका लागि अतुल्य क्षति हो भन्नु सहि छ । तर विकृति वढ्नुका पछाडि यौनका साइटलाई नै केन्द्र बनाउने कार्य आपात्तिजनक भएको छ । यसरी साइट "फिल्टर" भएमा "सेक्स", "प्रोन", "निउड" जस्ता अश्लील मानिएका शब्द जुनसुकै साइटका पेजमा भए खुल्ने छैन् । यसले अन्य अनगिन...