घरघरमा विकृति बढेको ठहर गर्दै गृह मन्त्रालयले अश्लील र आपत्तिजनक वेबसाइट बन्द गर्ने सुचना निकालेर सुचनाप्रविधिको सिमित दायरा भित्र बसेर सेवा उपयोग गरिरहेका ग्राहक माथि सूचनाको प्रतिबन्ध लगाएको झैँ भएको छ । "साइबर क्राइम" रोक्न भनेर मन्त्रालयले ISP हरु लाई असामाजिक स्तरका सवै साईट बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयको निर्देशन अनुसार यदि यस्ता साइट बन्द गर्ने ध्येयले साइट "फिल्टर" गर्ने हो भने "Sex", "Porn", "Nude" जस्ता यौन संग सम्बन्ध राख्ने शब्द, चित्र, लेख समावेश भएका सम्पूर्ण साइट बन्द हुनेछन् । साथै धर्म, लिङ्ग र समुदायमा भेवभाव बनाउने, राष्ट्रिय हित र शान्ति सुरक्षामा बाधा पुयाउने साइट पनि बन्द हुनेछन् । प्रविधिको प्रयोग गरेर गरिने अपराध समाजका लागि अतुल्य क्षति हो भन्नु सहि छ । तर विकृति वढ्नुका पछाडि यौनका साइटलाई नै केन्द्र बनाउने कार्य आपात्तिजनक भएको छ । यसरी साइट "फिल्टर" भएमा "सेक्स", "प्रोन", "निउड" जस्ता अश्लील मानिएका शब्द जुनसुकै साइटका पेजमा भए खुल्ने छैन् । यसले अन्य अनगिन