Posts

Showing posts from January, 2011

पिँजडाको सुगा । "कथा"

Image
आफ्ना पखेटाले पिँजडाका बारमा हिर्काउदा-हिर्काउदा शरीर सबै रगताम्य भैसकेको छ तै पनि उसले ती आफ्ना कार्यहरु गर्न छाडेको छैन । पिँजडाका वारका डण्डीहरु टोक्दा-टोक्दा उसका दाँतहरु सबै भाँचिइ सकेका छन्, नंग्राले खोस्रदा-खोस्रदै नङहरु उप्किएर गइसकेका छन् । तर पनि ऊ त्यही गरिरहेको छ । उसलाई थाहा छ, त्यसो गर्दैमा ऊ माथि कसैको पनि दया पलाउने छैन । तर पनि उसलाई मतलब छैन । उसलाई अब कत्ति पनि बाँच्ने रहर छैन । उसलाई पिँजडाभित्र गुम्सिएको जीवन भन्दा मृत्युनै सहज लाग्न थालिसकेको छ । त्यसैले त ऊ त्यसै गरिरहेको छ जसो गर्दा उसको शरीरमा पीडा हुन्छ र जुन पीडाले उसको मनको पिडालाई केही हदसम्म भएपनि भुल्न मद्दत गर्छ । उसलाई यो पनि स्पष्ट थाहा भैसकेको छ कि आजको यो आधुनिक भनाउँदो मानिस जो पैसा र भौतिक सुखमा निर्लिप्त भएको छ, जसलाई अर्काको भावना र सुखसँग कुनै सम्बन्ध छैन, कुनै सरोकार छैन, त्यस्ता मानिसबाट ऊ माथि कुनै दया हुने वाला छैन तर अब उसका ती संघर्षहरु, ती घिटघिट्याहटहरू त्यस पिञ्जडाबाट मुक्ति पाउनकालागि नभएर केवल उसको मानसिक पीडा कम गर्नकालागि मात्र भइरहका छन् । ऊ पिँजडामा घुमिरहेको छ । उसका घाय