Posts

Showing posts from January, 2016

उसका यादहरु | Story by Unnati Maharjan

Image
Unnati Maharjan म अल्छी भए या यो दिन अल्छी भएको हो ? केहि गर्नै मन नलाग्ने । बिनाकारण नै रिस उठदै छ । केही बेरमा आफै साम्य हुन्छु । मन कतै रमाएको छैन । बाहिर हेर्छु एकछिन मै टन्टलापुर घाम लाग्छ र एकछिन मै आकाश नै खस्ला जस्तो हुने । के यो दिन स्थिर बस्न सक्दैन ? कति जिस्काउन सकेको यसले मलाई ?  के आज आकाश पनि कसैको यादमा रुन चाहेको हो ? तर म बेचैन छु । पढ्न बस्छु भनेर किताब खोले, तर सकिँन । एक निन्द्रा सत्न पाए मन मलुका हुन्थ्यो क्यार । तर निदाउन सक्नु अर्को कुरा, निदाई हाले उसैलाई सपनामा देखे भने के गर्नु ? उसको सपना देखिँरहदा मेरा आँखा खुल्न मान्दैनन । विपनाका कुरा सपनीमा पनि पिछै नछोड्ने भएका छन । म स्लिइप प्यारालाईसिस को सिकार भएको छु । जे पर्ला, एक फेर सुतेँ । ज्यान के हलुका हुन्थ्यो झन टाउको भारी भएर आयो । मुटुको भेग सुन्न सक्छु । पेटमा मुसा दौडेको जस्तो भयो । म पेटको अवस्था अनुमान गर्न सक्छु । बिहान देखी पेटमा केहि परेको छैन । गाउँ छोडेर शहरमा पढ्न आए देखि मेरो खाने टाइमको कुनै ठेगान छैन । पकाएर खाने जागर चले पो खानु । उता घरमा हुँदा पो आफु उठ्ने बेला खाना पाकिसके