रप्फुचक्कर #making one's escape #Poem

भित्र चिसा यर्थाथका, आगोका झिल्काहरुले; निशब्द स्वरहरु निकाले झैँ, चिल्लाहटका बीच, सुन्न निस्कने म र मेरा यात्री, नसुनिने गुन्जनमान स्वर संगै निशब्द कराउने, खोक्रो आडम्बरको स्वर सुनिरहेछौँ । बन्ने, बनिने, बनिदिने, रापको कालो; आयाम भरको चम्किलो ऐना, हेर्न आँखा हैन्, आँशु चाहिन्छ थाहा पाउँदा, ऊ भित्रबाट निक्केको त्यो स्वर, म देखि डराउँछ । पुनः सोध्ने हिम्मत, नथाक्ने उसको, कदम माथिको विस्वासमा, मेरै ठेस कसरी ? निर्दोष उसलाई थाहा हुनेछ ऊ भित्रको स्वर कत्ति तीतो छ । थाहा भए आरोप कबुल हुनेछ । बलेरै सकिने आगो, उसले निभाउने, साहसको बेकार प्रतिफल निर्बिरोध उसकै हो । तर पर्खेर किन बस्ने ? म अब डराउँछु र उम्कन्छु । रप्फुचक्कर हुनु अघि । खुला आयाम माझ, जहाँ छैनन्; ऐना भित्रका सुन्दर आकृतीहरु, सुन्दर सपनाको ऐनामा रम्नेहरु, आफ्नै छाया नचिन्नेहरु । सोध्छु अब म, के बन्न सक्छै "यात्री" तिमी, मेरा "सहयात्री" ?