"एक्लोपना" | "Isolation"

"एक्लोपना"
सार्वजनिक यातायात भित्र,
बसिरहेका हामी मानिसहरू
ढोका र झ्याल बन्द गरेर,
बेहोसी मुद्रामा,
नागबेली सडकको यात्रा गर्दैछौँ ।

जहाँएक अर्कासंग
टाउका र शरीर ठोक्कदा पनि,
हामी कुनै शब्द उच्चारणगर्दैनौं ।
स्मार्टफोनमा घोत्लिएको हाम्रो शिर,
माफीमाग्नका लागि उठाउदैनौँ ।

हाम्रा भावनात्मक आँखाहरु
स्मार्टफोन मार्फत
संसार संग अन्तरक्रिया गर्दैछन्।
यद्यपि, हामी नजिक भएर पनि अलग छौँ ।
तर अझैँ,
हामी एकअर्का बाट अलग त थियौँ नै,
अब त आफै लाई त्याग्न पुग्यौँ ।

कठपुतली जस्तै --
हामी मुस्कुराउँछौं,
पागल झैँ हाँस्छौँ,
र गहिरो सास लिन्छौँ ।

हामी माया बाड्छौँ,
निराशा पोख्छौँ ,

अप्रत्याशित उत्तेजित हुन्छौँ ।

हामी यिनै दुर्भाग्यमा फसिरहे,
त्यो दिन टाढा छैन,
जुन दिन --
ईश्वरले हाम्रो पतनको समाचार,
टुइट र स्टाटस मार्फत,
हामी लाई सम्प्रेषण गर्नुहुनेछ ।

Comments

  1. आफूले पीडा सहेर जन्माएको बच्चा अरुको आँगनमा भेष परिवर्तन गरेर उफ्रिरहेको जस्तो हुँदो रहेछ आफ्नो रचना सुटुक्कै अरुले आफ्नो बनाउँदा

    ReplyDelete

Post a Comment

Comments

Popular posts from this blog

Crack Internet Download Manager (IDM) No virus

ब्लगिङ् अनुभव । Blogging Experience

Increase torrents download speed