परिभाषा जीन्दगीको

परिभाषा जीन्दगीको -
उसले सुनेको छ,
सुन्दै, हेर्दै ऊ बाँचेको छ ।
दोधार विगतको -
उसले भोगेको छ ।

परिवर्तन समयको -
उसले भोगेको छ ।
अन्धकार रातको -
ऊ आशावादी छ ।

तर पछि
परिभाषा जीन्दगीको -
उसले फेरेको छ ।
सुन्छु, हेर्छु आज ऊ बोलेको छ ।
तर दोधार विगतको -
ऊ अझै अल्मलेकै छ ।
ऊ अझै अल्झेकै छ ।
सयम बितेको छ ।

परिवर्तन समयको -
ऊ चिच्याएको छ ।
अन्धकार रातको,
डराउन थालेको छ ।
छानो खरको -
चुहिन थालेको छ ।
बादल अन्धकारको -
चाँदी घेरिएको छ ।

तर आज,
डराउन, अल्झन अब -
उसले त्यागेको छ,
ऊ पुनः जन्मेको छ ।

दोधार विगतको -
ऊ मुक्त बनेको छ ।
परिभाषा जीन्दगीको -
उसले आफै लेखेको छ ।

Comments