सात महिना अघि फेब्रुरीमा मेरो गुगल ब्लगको पोष्ट संख्या चमत्कारीक रुपमा बढेर ११३ पुग्यो । म एक पटक त अवाक बनेँ । मैले हेर्दा मेरो ब्लगमा हरेक स्तरका भाषा र कयौँ बिज्ञापन र गुणस्तर लेखनका नमूना र आपत्तिजनक निर्वस्त्रले लज्जिएको थियो । प्रतिकृयामा कसैको "थुकको छिटा" छापिएको थियो । ईमेल ह्याक भएको ठानेँ र हत्तपत्त ब्लगरमा साइनईन गरेर पोष्ट डिलिट गर्ने सोच गरेँ । मैले सोचेको गलत निस्क्यो, ईमेलको पासवर्ड सकुसल थियो । तर पोष्ट बढ्ने क्रम धेरै दिन अघि देखि भएको रहेछ । म छक्क परेँ, जब मैले मेरै उपस्थीतिमा "डयसबोर्ड"मा थप तीन वटा पोष्ट थपिएको देखेँ । थाहा भयो "Mobile Posting" को ईमेल कतैबाट कसैले थाहा पाएछ । मैले त्यो सेवा तत्काल बन्द गरेँ, ह्याक भन्दा पनि कसैले मेरो बेहोसी प्रति आफ्नो नैतिकताको सीमा नाघेछ । सर्च गर्दा पोष्ट गरिएका लेखहरु अरु साईटबाट फरवर्ड गरिएका थिएँ । ब्लगको पुनः थालनी भयो । केही दिन बितेको थियो । अर्को यस्तै नियतिको शिकार हुनु प-र्यो । ईमेलको पासवर्डले काम गरेन । ब्लग भने सकुसल थियो । प्राविधिक कारणले होला भनेर केही दिन सम्म प्रयास मात्र गर
Comments
Post a Comment
Comments