तपाईको चाहना छोरा या छोरी ? #What you wish for Son or Daughter?
विश्व
अहिले २१औं शताब्दीमा हिंडीरहेको
छ र हामी पनि आफूलाई २१औं
शताब्दीका हौ भन्नलाई रुचाउँछौ;
तरपनि,
हाम्रो
व्यवहारमा भने खासै परिवर्तन
आउन सकेको छैन । आजपनि समाजमा
रहेको छोरा र छोरी विचको
भेदभाबमा कमी आउन सकेको छैन
। छोरालाई कुल,
वंश
र परम्परा धान्ने,
सम्पतीको
रक्षक र बुढेसकालको साहाराको
रुपमा हेरिन्छ भने छोरिलाई
अर्काको घर जाने र घरमा घाँस
दाउरा तथा चुलो-चौका
गर्ने साधनको रुपमा हेर्ने
गरिन्छ । छोरा पाए खसि र छोरी
पाए फर्सी भन्ने उखान आजपनि
समाजमा व्याप्त रहेको पाइन्छ
। छोरा नजन्मीएमा श्रीमती /
बुहारीलाई
दोश दिएर अर्की श्रीमती /
बुहारी
ल्याएको तथा छोरा नजन्मीए
दशौं पटक सम्मपनि श्रीमती /
बुहारीलाई
गर्भवतीहुन बाध्य पारीएका
उद्दाहरण हामि संग प्रशस्त
छन् । यहाँनेर बुझनुपर्ने
कुरा के छ भने छोरा वा छोरी के
जन्मने भन्ने कुरामा महिलाको
कुनै पनि हात हुँदैन,
जुन
कुरामा महिलाको कुनै भुमीकै
रहँदैन त्यसमा उनिहरुको मात्र
दोश देख्नु कतीसम्म न्यायोचित
होला ?
बच्चाको
लिंग निर्धारण कसरि हुन्छ ?
मानिसको
शरिरमा रहेका प्रत्येक कोषमा
४६ वटा वा २३ जोडि क्रोमोजोमहरु
रहेका हुन्छन् । २३ जोडि मध्ये
पुरुषको शरिरमा २२ जोडि र XY
क्रोमोजोम
रहेका हुन्छन् भने महिलाको
शरिरमा २२ जोडि र XX
क्रोमोजोम
रहेका हुन्छन् । २२ जोडि
क्रोमोजोमले मानिसको संरचना
निर्माणको कार्य गर्दछ भने
बाँकि रहेका एक–एक
जोडि वा XX
र
YY क्रोमोजोम
ले मानिसको लिंग निर्धारण
गर्दछ । गर्भाधानको समयमा
पुरुषको शुक्रकिटमा रहेको
२३ वटा क्रोमोजोम (२२
+ X वा
२२ + Y) र
महिलाको डिम्वमा रहेको २३
वटा क्रोमोजोम (२२
+ X) को
मिलन पश्चात भ्रँणको विकास
हुन्छ र समय पुरा भएपछि वच्चाको
जन्म हुन्छ । महिलाको डिम्वमा
रहेको X
क्रोमोजोम
संग पुरुषको शुक्रकिटमा रहेको
X क्रोमोजोम
को मिलन भएमा छोरीको जन्म
हुन्छ (X+X
छोरी)
र
महिलाको डिम्वमा रहेको X
क्रोमोजोम
संग पुरुषको शुक्रकिटमा रहेको
Y क्रमोजोम
को मिलन भएमा छोरिको जन्म
हुन्छ (X+Y
छोरा)
।
तसर्थ छोरा जन्मनको लागि
आबस्यक Y
क्रोमोजोम
महिलामा नभएर पुरुषमा मात्र
हुने भएकाले छोरा वा छोरी के
जन्मने भन्ने बिषयमा महिलाको
नभएर पुरुषको हात रहने गर्दछ
। यौनसम्पर्कको समयमा पुरुषवाट
निस्कने विर्यमा करोडौंको
संख्यामा शुक्रकिटहरु रहेका
हुन्छन् जसमा प्राय X
र
Y को
संख्या वरावर जस्तो मात्रामा
रहेको हुन्छ । ति सम्पूर्ण
मध्ये कुनै एकले मात्र महिलाको
डिम्वमा प्रवेश पाउने गर्दछ
र X वा
Y कुनले
प्रवेश पाउने भन्ने कुरा मुख्य
रहन्छ । यसकालागि हामिले X
र
Y क्रोमोजोमका
विषेशता थाहा पाउनु जरुरी
पर्दछ X
क्रमोजोम
भएका कोषहरु (जसले
छोरीको प्रतिनिधित्व गर्दछन्)
आकारमा
ठुला तथा बलिया र धेरै दिन
(लगभग
४ दिन)
बाँच्ने
गर्दछन् भने यिनीहरुको पौडने
गति ढिलो हुन्छ तर Y
क्रोमोजोम
भएका कोषहरु (जसले
छोराको प्रतिनिधित्व गर्दछन्)
आकारमा
साना तथा कमजोर र थोरै समय
(लगभग
२४ घण्टा)
बाँच्ने
गर्दछन् भने यिनीहरुको पौडने
गति छिटो हुन्छ । Y
क्रोमोजोमलाई
योनि तथा डिम्व नलिको वातावरण
छारीय भएमा अनुकुल हुने गर्दछ
भने X
क्रोमोजोमलाई
योनि तथा डिम्व नलिको वातावरण
अम्लीय भएमा अनुकुल हुने गर्दछ
।
यौनसम्पर्क
पश्चात महिलाको डिम्व नलिमा
रहेको डिम्वमा पुरुषको
शुक्रकिटमा रहेको X
क्रोमोजोम
वा Y
क्रोमोजोम
कुनले प्रवेश पाउने भन्ने
कुरा यौनसम्पर्कमा सहभागी
पुरुष र महिलाको खानपान,
दैनिक
व्यवहार,
यौनसम्पर्कको
समय,
महिलाको
महिनावारीको समय,
उनिहरुविचमा
रहेको आत्मीयता आदि जस्ता
कुराहरुले प्रभाव पारिरहेको
हुन्छ । तसर्थ यस्ता कुराहरुमा
यौन सहभागी साथीहरुले अत्यन्तै
सावधानी अपनाउनु पर्ने हुन्छ
। जसकालागि सर्वप्रथम महिला
साथिले आफनु डिम्व निस्कासनको
दिन पत्तालगाउनु जरुरी पर्दछ
।
डिम्व
निस्कासनको दिन पत्तालगाउन
के गर्ने?
डिम्व
निस्कासनको दिन पत्तालगाउने
दुई सजिला उपायहरु यहाँ प्रस्तुत
गरीएको छ :-
१. महिनावारि हुने दिनमा १८ घटाउँदा डिम्व वन्न सुरुहुने दिन थाहा लाग्दछ भने महिनावारि हुने दिनमा १० घटाउँदा डिम्व वन्न वन्द हुने दिन थाहा लाग्दछ । उदाहरणका लागि गीता प्रत्येक २९ दिनमा महिनावारी हुन्छीन् भने उनको डिम्व वन्न सुरुहुने दिन = (२९ - १८) = ११ र उनको डिम्व वन्न वन्द हुने दिन = (२९ - १०) = १९ अर्थात गिताको महिनावारि भएको पहिलो दिनलाई १ गन्ने हो भने ११औं दिन देखि १९औं दिन सम्म मात्र डिम्व वन्ने सम्भावना भएकाले उनिसँग त्यस अवधिमा अथवा ११औं दिन देखि १९औं दिन भित्र यौनसम्पर्क राखेमा गर्भ रहन सक्दछ अन्यथा गर्भ नरहन सक्दछ । उनको डिम्व बन्ने सम्भावीत औसत दिन ११ + १९/२ = १५ अर्थात महिनावारि भएको दिन वाट १५औं दिनमा यौनसम्पर्क राखेमा गर्भ रहने लगभग निश्चित हुन्छ ।
२. Billing’s Method वाट पनि डिम्व निस्कासनको दिन थाहा पाउन सकिन्छ । यसलाई योनिरस परिक्षण विधी पनि भनिन्छ । महिलाको योनीवाट दुइ किसिमको योनिरस निस्कने गर्दछ - गर्भ रहने योनिरस र गर्भ नरहने योनिरस । यसलाई हातका औंलाको प्रयोगवाट छामेर थाहापाउन सकिन्छ । महिलाले महिनावारी भएको तेस्रो दिनवाट विहान उठ्ना साथ आफनु योनीरस जाँच गर्नु पर्दछ । गर्भ रहने योनिरस औंलाले छाम्दा च्यापच्याप लाग्ने, काँचो अण्डाको पानी जस्तो सेतो सफा र वढि आउने गर्दछ भने गर्भ नरहने योनिरस वाक्लो हुन्छ र औंलाले छाम्दा हातमा नटाँसिने हुन्छ । तसर्थः गर्भ रहने योनिरस आउँदासम्म र त्यसपछिको दुई दिन दुई रात भित्रमा यौनसम्पर्क गरेमा गर्भाधान हुने लगभग निश्चित हुन्छ ।
छोरा
चाहनु हुन्छ भने :
तपाई
आफ्नु सन्तान के होस भन्ने
चाहनुहुन्छ ?
छोरा
या छोरी ?
यदि
तपाई आफ्नु सन्तान छोरा होस्
भन्ने चाहानुहुन्छ भने तपाईले
निम्न कुराहरुमा ध्यान दिनु
जरुरी छ ।
क) डिम्ब निस्कासन हुने औसत दिन को २४ घण्टा भित्र यौनसम्पर्क गर्नुहोस् किनकी Y क्रोमोजोम भएका कोषहरु X क्रोमोजोम भएका कोषहरु भन्दा चाँडो हिँड्ने हुँदा उनीहरुको तुरुन्तै डिम्ब सँग मिलन हुन्छ र गर्भधारण हुन्छ ।
ख) डिम्ब निस्कासन हुनुभन्दा लगभग ४ दिन अगाडी देखि यौनसम्पर्क नगर्नुहोस ताकी पुरुषको विर्यमा शुक्रकिटको मात्रा बढीहोस् र महिलाको योनीमा छोरीय वातावरण तयार होस् जसले Y क्रोमोजोमलाई सजीलै पौडन मद्धत गर्दछ ।
ग) पुरुषले खाने खानामा मासु (रातो मासु) नून बढी भएको स्न्याकसहरु, चिप्सको मात्र बढाउनुका साथै प्रसस्त मात्रामा कफी पिउने गर्नुहोस् । जसले शुक्रकिटमा Y क्रोमोजमको मात्रालाई बढाउन मद्धत गर्दछ ।
घ) पुरुषले लगाउने भित्री लुगाहरु कस्सीएको नलगाएर केही खल्लो लगाउने गर्नुहोस् किनकी खुल्ला लुगाले अण्डासय वरीपरीको भागलाई शितल बनाउँछ जसले गर्दा Y क्रोमोजोम भएको शुक्रकिटको उत्पादनमा सहयोग पु-याउछ ।
ङ) यौनसम्पर्क गर्दा विभिन्न आसनहरु अपनाउने गर्नुहोस् । जसले लिङ्गलाई योनी मार्गमा भित्र सम्म पुग्न सहयोग गरोस् र यौनसम्पर्कको समयमा पुरुष साथीहरु बढी उत्तेजीत हुने गर्नुहोस् । जसका लागि सम्पर्क भन्दा अगाडी विभिन्न उत्तेजक क्रियाकलाप गर्नुहोस् ।
च) यौनसम्पर्क पश्चात विर्य स्खलन गर्दा सकेसम्म योनीको भित्रिभागमा स्खलन गर्नुहोस् जसले गर्दा Y क्रोमोजोमहरु छीटो पौडने भएकाले उनीहरुले नै पहीला डिम्ब सेचन गर्न पाउँछन् ।
छ) यौनसम्पर्क गर्दा मध्यरात पछाडीको समयमा गर्ने गर्नुहोस् र औसी र पूर्णीमाको बीचको समयमा यौनसम्पर्क नगर्नुहोस किनकी यस समयमा चन्द्रमा आकासमा देखिने भएकाले महीलाहरु बढी उत्तेजीत हुन्छन जसले योनीमा अम्लीय पना बढाउँछ जुन Y क्रोमोजोमकालागि हानीकारक ठहर्छ ।
छोरी
चाहानुहुन्छ भने :
यदि
तपाई आफ्नु सन्तान छोरी होस
भन्ने चाहनुहुन्छ भने तपाइले
निम्न अनुसारका कुरामा ध्यान
पु-याउनु
पर्ने देखिन्छ ।
क) महिलाको डिम्ब निस्कासन हुने औसत दिन भन्दा ३,४ दिन पहिला यौनसम्पर्क राख्नुहोस् किनकी X क्रोमोजोमहरु ढिलो पौडने र धेरै दिन = (३,४ दिन) बाँच्ने हुनाले डिम्ब निस्कने समय सम्ममा Y क्रोमोजोमहरु मरीसक्ने र X क्रोमोजोम मात्र रहने हुनाले त्यो बाँकी रहेका X क्रोमोजोम डिम्बमा सेचन हुन्छ र गर्भाधान हुन्छ ।
ख) पुरुषले खानामा चकलेट, गुलीयो, हरीयो र ताजा सागसब्जी तथा माछाको मात्र बढाउनुहोस जसले तपाइको शुक्रकिटमा Y क्रोमोजोमको मात्र घटाएर X क्रोमोजोमको मात्र बढाउन मद्धत गर्दछ ।
ग) पुरुषले लगाउने भित्री लुगाहरु कस्सीलो खालको लगाउने गर्नुहोस् जसले तपाइको अण्डकोस वरीपरीको भागमा गर्मी बढाउँछ र तपाइको शुक्रकिटमा Y क्रोमोजोमको संख्या कम हुने गर्दछ ।
घ) यौनसम्पर्कको समयमा पुरुषको तुलनामा महिला मित्रहरु बढी सक्रीय हुने गर्नुहोस् र त्यस्ता आसनहरु अपनाउनुहोस् जसले लिङ्गलाई योनीको भित्री भागसम्म नपुग्न मद्धत गर्दछ । महिलामा बढी उत्तेजना ल्याउन सम्पर्क भन्दा पहिला विभिन्न उत्तेजक क्रियाकलाप गर्नुहोस् ।
ङ) यौनसम्पर्क पश्चात विर्यस्खलन गर्दा सकेसम्म योनीको वाहिरी भागमानै स्खलन गर्नुहोस् जसले गर्दा विर्य डिम्ब भएको स्थान सम्म पुग्दा Y क्रोमोजोम मरीसकेर X क्रोमोजोम मात्र रहेको हुन्छ र त्यही X क्रोमोजोम सेचन हुन गई गर्भाधान हुन्छ ।
च) यौनसम्पर्क गर्दा दिनमा गर्ने गर्नुहोस् वा पूर्णीमा देखी औसी सम्मको समयमा गर्ने गर्नुहोस् जसले महिलाहरुमा बढी उत्तेजना ल्याउँछ र योनीमा अम्लीय पना बढाउँछ जुन X क्रोमोजोमका लागि फाइदाजनक हुन्छ ।
माथी
उल्लेखित विधिहरु विभिन्न
स्थानमा विभिन्न रुपमा प्रचलनमा
रही आएका छन् तर उल्लेखित विधि
मध्ये कुनै एक मात्र विधिबाट
भने सफलता पाउन गाह्रो पर्दछ
तर सम्पूर्ण तरिका अपनाएको
खण्डमा भने सफलता पाउने सम्भावन
बढी रहन्छ ।
एक
अध्ययनले देखाए अनुसार
महिलाहरुले प्रत्येकदिन खाने
खानाले पनी बच्चाको लिंग
निर्धारणमा सहयोग पु-याउछ
। प्रत्येक दिन खाने खानामा
साधारण भन्दा बढी क्यालोरी
सेवन गर्ने त्यसमा पनी गहुँ,
मकै,
जौ,
आदि
बाट बनेको खाना खाने महीलाले
छोरा पाउने सम्भावना बढी रहेको
देखाएको छ । वेलायतको दक्षीणी
भेगका ७४० महीलाहरुमा (जसको
गर्भवती हुन भन्दा अगाडीको
प्रत्येक दिनको खानेकुराको
रेकर्ड राखिएको थियो)
गरीएको
अध्ययनले सो कुरा देखाएको हो
।
माथि
उल्लेखित विधिहरु सम्पूर्ण
सतप्रतिशत प्रभावकारी भने
हुदैनन् । समय र
परिस्थीतिले साथ दिएको खण्डमा
र सम्पूर्ण विधीहरु पालना
गरेको खण्डमा तपाइको वच्चाको
लिङ्ग निर्धारण गर्ने क्रममा
यी विधिहरु प्रभावकारी ठहर्छन।
जे भएता पनि छोरी वा छोरा भनेर
भेदभाव गर्नु हुँदैन । दुवै
तपाइको सन्तान हुन तसर्थ
दुवैलाई वरावरी महत्व दिनु
पर्दछ । आजभोली बच्चा जन्मनु
भन्दा अगाडी गर्भमै छोरा वा
छोरी छ भन्ने थाहा पाउन सकिने
भएको छ जसका कारण मानिसले छोरी
भएमा गर्भपतन गराउने गरेको
पाइन्छ जुन आफैमा नकरात्मक
कुरा हो । यस्ता कुरालाई समाजमा
निरुत्साहित गदै लैजानु पर्दछ
।
Source:
1.http://www.pregnancy.about.com, Access on April, 2009
2.http://www.ezinearticles.com, Access on April, 2009
3.http://www.baby-talk.co.uk, Access on July, 2009
4.http://www.pregnencyandbaby.sheknows.com, Access on July, 2009
5.http://www.webwomb.com, Access on August, 2009
6.Dhakal, Somnath, Pariwarik Jivan Shiksha, (7th Edition 2007) Ratna Pustak Bhandar, Kathmandu
2.http://www.ezinearticles.com, Access on April, 2009
3.http://www.baby-talk.co.uk, Access on July, 2009
4.http://www.pregnencyandbaby.sheknows.com, Access on July, 2009
5.http://www.webwomb.com, Access on August, 2009
6.Dhakal, Somnath, Pariwarik Jivan Shiksha, (7th Edition 2007) Ratna Pustak Bhandar, Kathmandu
i wish both of them ....
ReplyDeleteThanks for this article------------Surya
ReplyDelete