नेपालमा इन्टरनेट प्रविधि

[जनसंसद् दैनिक काँकरभिट्टा बाट २०६९ पुस ७ मा प्रकाशित भएको । This article was published in Janasamasd Daily, Kakarvitta on Dec. 22, 2012.]

२१ औं शताब्दीलाई विज्ञान र सुचना प्रविधि वा कम्प्यूटरको युग भनेर चिनिन्छ । आजको समयमा सूचना प्रविधि मानिसहरुको दैनिक गतिविधिमा आधारभुत अंगको रुपमा विकास हुँदै आएको छ । विकसित राष्ट्रले १ एमबिपिएस वेन्डविथ भएको इन्टरनेट सेवालाई नागरिकको आधारभूत आवश्यकतामा राखेका छन् ।

इन्टरनेटमा भित्रेको नयाँ प्रविधि र सेवा सुविधाको पहुँचमा नेपाली जनता पनि पुगेका छन् । यस्ता प्रविधिको विकास र निर्माणको श्रेय भने विकसित राष्टले नै पाउँछन् । पछि त्यो प्रविधि अन्य देशमा पनि विस्तार हुन्छ । केही ढिलै भए पनि विकसित प्रविधि विश्व स्तरमा पुग्छ । कतिपय अवस्थामा भने, राष्ट्र«को आधारभूत भैतिक निमार्ण, आन्तरिक अर्थिक अवस्था वा त्यहाँको सरकारको नीतिले गर्दा सुचना प्रविधिमा भएको नयाँ विकास त्यो राष्ट्र«मा नछिर्न पनि सक्छ । आजकल मोबाइल फोन आम संचार साधन भएको छ र यो सर्वसुलभ पनि छ । विभिन्न ग्याजेडहरु जस्तै, आइपोड, आइफोन, ल्यापटप, स्मार्ट फोन, ट्याब्लेट पिसि जस्ता उपकरणहरु सवैको प्रिय बन्दै गएका छन् । नयाँ विकास भए संगै पुरानो विस्थापित पनि हुँदै जान्छन् । यी उपकरणहरुको मेरुदण्ड भनेको इन्टरनेट नै हुन्छ । यस्तो उपकरणको प्रयोगले दैनिकी फरक बनाउन महत्वपूण भूमिका रहेको हुन्छ । बढ्दो सुचना प्रविधिको विकासले मानिसहरुको आवश्यकता पुरा गरिरहेका छ । यसरी सूचना प्रविधिले नेपाल जस्तै अल्पविकसित वा विकास उन्मुख देशलाई समेत प्रभाव पारेको अनुमान लगाउन सकिन्छ ।

इन्टरनेटको फराकिलो क्षेत्र
अध्ययन, जानकारी, मनोरञ्जन, रेडियो, टि.भी, भिडियोच्याट जस्ता बहुउपयोगी क्षेत्रमा इन्टरनेटको प्रयोग हुँदै आएको छ । इन्टरनेटको प्रयोग प्रयोगकर्ता संग निर्भर रहन्छ । समाजिक संजाल भनिने वेवसाईटहरुको स्थापनाले पनि इन्टरनेटको प्रयोगमा थप उत्साह थपको छ । इन्टरनेटबाट सुचना आदनप्रदान छिटो हुन्छ । एकै पटकमा आफ्ना कुरा धेरै जना सम्म केही सेकेन्डमै पुग्छ । कोठामा बसेर वा बाटोमा हिड्दै पनि विश्वभरको सूचना प्राप्त गर्न सकिन्छ, सस्तो दरमा बोलेर वा लेखेर करा गर्न सकिन्छ । इन्टरनेटको माध्यमबाट ई बैङकिङ गर्न सकिन्छ । बैंकको खाता घरमै बसेर व्यवस्थापन गर्न सकिन्छ र आफ्नो खाताको पैसा अरु कसैको खातामा सार्न सकिन्छ । यस बाहेक, टेलिफोनको बिल भुक्तानी, मोबाइल रिर्चाज, सेयर खरिद विक्री, सेयर बजारको ताजा जानकारी, अनलाईन किनबेच, विवाहका लागि वरवधुको खोजी, स्व रोजगार वा रोजगार खोजी, विमान वा रेल्वे सेवाको टिकट खरिद जस्ता सुविधा इन्टरनेटबाट लिन सकिन्छ । ई कमर्श, इन्टरनेटको अर्को उपलब्धी हो । यसले अनलाईन बाट हुने सम्पूर्ण कारोबार लाई समेटछ । अनलाईन किनबेचमा सामान्य घरायसि साधन, खाद्यवस्तु, विद्युतिय उपकरण, लुगाकपडा, सवारी साधान आदि किन्न सकिन्छ । अनलाईन सपिङ तुलनात्मक रुपमा सस्तो पनि हुन्छ । खरिद गर्न धेरै विकल्प हुन्छन् ।

ई मेडिसिन, इन्टरनेटको माध्यमले स्वास्थ्य उपचार सेवा दिने प्रणाली हो । भिन्नाभिन्नै भौगोलिक स्थानमा रहेका विशेषज्ञ डक्टरले टाडा रहेको बिरामीलाई उपचार गर्ने यो प्रणालीलाई टेलिमेडिसिन पनि भनिन्छ । उपचार सेवा मात्र नभई, डक्टरहरुले उपचारविधिमा भएको नयाँ खोज र आफ्नो अनुभव साट्न सक्छन् । इन्टरनेट प्रयोगकर्ताले आफ्नो स्वास्थ्य समस्या डक्टरसंग राख्न सक्छ । यहि प्रयोजनका लागि वेबसाईट पनि खुलेका छन् जस मध्ये कुनैले सित्तैमा यस्तो सेवा उपलब्ध गराउँछन् । अतः इन्टरनेटको प्रयोजले समय, पैसा र उर्जाको बचत गराउँछ । तर अनावश्यक रुपमा इन्टरनेट प्रयोग भने नोक्सानको बाटो हुन सक्छ ।

डाटा एक्चेन्जको विकासक्रम
सुचना प्रविधिको क्षेत्रमा डाटा एक्चेन्जको विकासक्रम वान जी प्रविधि देखि सुरु भएर हाल फोर जी प्रविधि सम्म आईपुगेको छ । वान जी प्रविधि परम्परागत टेलिफोन सेवा हो । जसमा दुई व्यक्तिका बीचमा सामान्य टेलिफोन र तारको मद्धतले कुरा हुनसक्थ्यो । यसमा अरु सुविधा केही थिएन । दुई व्यक्ति कुरा गर्नमा व्यस्त भए अरु संचार स्थापना गर्न सम्भव थिएन । यसको आविस्कार अलेक्जेन्डर ग्राहमबेलले गरेकाहुन् । पछि, यो प्रविधिलाई पुस्ताको हिसाबले पहिलो पुस्ताको प्रविधि, वान जी, (फष्ट जेनेरेसन) भनियो । विकासक्रम संगै वान जी प्रविधि, टुजीमा रुपान्तरित भयो । टुजी प्रविधिमा ल्यान्डलाइनमा कन्फरेनस कल, मोबाइल फोनमा कम गतिको इन्टरनेट तथा टेलिफोनमा कम गतिको डाटा स्थानान्तरणको सुविधा थपियो । लगत्तै, थ्रि जी प्रविधिले मोबाइलमा द्रुत गतिको इन्टरनेट सेवा, भिडियोकलको सुविधा थप्यो । साथै, डाटा र आवाज एकै पल्ट टेलिफोनको तारबाट प्रयोग गर्न सकिने भयो । नेपालमा, नेपाल टेलिकम र एनसेलले थ्रि जी प्रविधिको सुविधा दिएका छन् । टेलिफोनमा टु जी प्रविधिको इन्टरनेट भन्दा थ्रि जी प्रविधिको इन्टरनेट भरपर्दो र द्रुर्त छ ।


नेपालमा फोरजी प्रविधि पनि भित्रेको छ । नेपाल टेलिकमले यो सेवा नेपालमा पहिलो पल्ट भित्र्याएको हो । सुरुवातका दिनमा यो काठमान्डौं उपत्यका भित्र मात्र सिमित छ । तर क्रमशः यसको विस्तार गर्दै देश भरमा लैजाने टेलिकमको लक्ष्य छ । यसको सेवा सुविधा पनि थ्रिजीको जस्तै हो । तर यो उच्च वेन्डविथ भएको इन्टरनेट प्रविधि हो । यसले वाईफाई रेडियो फ्रिकेन्सी बाट वेस टावर र मोडेमलाई जोड्छ अनि डाटा ट्रान्सफर गर्छ । तारमा हुने डाटा चुवावट बाट यो मुक्त छ । तारबाट गरिने डाटा ट्रान्सफरमा, तारमा हुने भौतिक क्षति र वातावरणीय प्रभावले वेन्डविथमा असर पार्छ । तारमा विद्युत्धारा र चुम्बकिय तरङ्गले पनि क्षमतालाई असर पार्छ । फोर जीबाट, घटीमा १ एमबीपिएस को दरमा डाटा ट्रान्सफर गर्न सकिन्छ । यसलाई एक ठाउँमा स्थापना गरेपछि त्यो ठाउँ देखि अवरोध हेरेर १० देखि २० किलोमिटर सम्मको अर्धव्यास भित्रको क्षेत्रबाट इन्टरनेट प्रयोग गर्न सकिन्छ । द्रुतगतिको डाटा ट्रान्सफर र यसले ओगट्ने ठूलो क्षेत्र नै यसको पहिलो विशेषता हो । तर यो प्रविधि व्यक्तिगत वा घरायसी प्रयोगको लागि महङ्गो छ ।

विद्युतिय सुशासन

नेपाल सरकाले राष्ट्रिय परिचयपत्र लागू गरेर नेपाली नागरिकको जानकारी डिजिटलाईजेसन गर्ने योजना कार्यान्ययन गरिरहेको छ । यसले आगामी दिनमा सरकारी सेवा सुविधा लिन सजिलो पार्ने छ । विद्युतीय सुशासन लागु गर्न र कागज रहित प्रणालिबाट सेवा सुविधा उपलव्ध गराउन चाहिने आधारभूत कार्यमा यो पनि पर्छ ।

Comments

Popular posts from this blog

Crack Internet Download Manager (IDM) No virus

ब्लगिङ् अनुभव । Blogging Experience

Increase torrents download speed