जन्मदिन र Year's (+) & (-)

आज मेरो जन्मदिन । कुनै आश्र्चय रहेन, वर्षको एक दिन आउँछ र यो वर्ष पनि आजको दिनैमा आएको छ । मलाई कुनै नौलो अनुभव भएको छैन् । याद भए सम्म मलाई नौलो कहिल्यौँ लागेको पनि छैन् । म बहकिएको हैन् । म मात्र प्रष्ट हुँदैछु । आफै संग र मेरो शब्दलाई आकार दिने कोसिम गर्दैछु । सुनेको छु - जन्मदिन हरेक व्यक्तिको लागि खास दिन हो । तर त्यो खास दिन त सवैले जन्मेको दिनमै बिताई सकेका छन् । अनि १२ महिनाको भाका राखेर आफ्नो जन्मदिनको विज्ञापन गर्नुको के अर्थ ? म पनि यहि गर्दैछु । नत्र यी कुरा मैले अरु दिन राखेको भए हुने, मैले पनि आफ्नै साईत पर्खेको छु । म पनि अलग छैन् । अब किन नभन्नु, आजै जम्मेका विश्वका चानचुन १ करोड ९ लाख मान्छेलाई "Happy Birthday !!"


  • आजै म आमाको लागि गिप्ट थिएँ - सायदै कोही हुनेछ जसलाई म आमालाई भन्दा धेरै प्रेम गरुँ ।
  • "चैत्र ११" मा बैनि नीताको जम्मदिन थियो । धेरै दिन भएको छ तिम्रो आवाज पनि सुनेको छैन् । जहाँ छौँ खुसी रहनु । म तिम्रो सफताको लागि प्राथना गर्नेछु ।
  • साउनमा मेरो नाकको अपरेशन भयो ।
  • डा. पुनम लाई मेरो मित्रता स्वीकारेकामा धन्यवाद । दिदी तपाईको प्रेरणा र साथको सदैव आवश्यक हुनेछ मलाई ।
  • एउटी केटी संग लभ भएछ । सायद यो उमेरको जोस र जवानीको एक नौटैङ्की खेला मात्र होला क्यार हा हा हा ………
  • "एउटी केटी" जसले मलाई फुटेको आखाँले पनि हेर्न सक्दिन् । उसलाई यसै गरी घृणा गरिराख्न अनुरोध गर्दछु ।
  • अनि महत्वपूर्ण अनुभव - मैले यो वर्ष "सोच्न सिकेँ ।"
समग्रमा म अवैज्ञानिक रुपले चलेँ, यस्तै भए अनुभव यो वर्ष ।

Comments

  1. जन्मदिनको शुभकामना मित्र सन्दिप । तपाईको यो पोष्ट सार्है पेचिलो लाग्यो अनि के कुरा थाहा पाएजस्तो गरेँ, केही नथापाएँ जस्तो । तपाईले चाल्नुभएका हरेक पाइलाहरुमा सफलताका खुड्किलाहरु लागून् ।

    ReplyDelete

Post a Comment

Comments

Popular posts from this blog

Crack Internet Download Manager (IDM) No virus

ब्लगिङ् अनुभव । Blogging Experience

Increase torrents download speed