जनै धारण गर्दाका ९ फाइदाहरू

भाषा अनुवादकः कुमार पाैडेल
मदिरा र मासु परित्याग गरेर सादा जीवन व्यतीत गर्न चाहने हरेक सनातन धर्मावलम्बीले जनै धारण गर्नपर्छ । अब अाउनुहाेस् जनै धारण गर्दाका ९ फाइदाहरू के के हुन् त्यस सम्बन्धमा विस्तृत जानकारी हासिल गराैँ । जनैका नियमहरू पालना गर्नाले तपाइँ निराेगी बन्न सक्नुहुनेछ ।  
१.जीवाणु-कीटाणुबाट बचावट : जुन मानिस जनै धारण गर्दछ र यससँग जाेडिएका नियमहरू पालन गर्दछ उक्त मानिस मल-मूत्र त्याग गर्ने बेलमा अाफूनाे मुख बन्द गर्छन् । यसाे गर्नाले मानिसहरू फाेहाेर स्थानमा पाइने जीवाणु र कीटाणुहरूकाे प्रकोपबाट सजिलै बच्न सक्छन् । 
 २.किड्नीकाे सुरक्षा : जनै धारण गरेसँगै बसेर नै जलपान गर्नुपर्छ अर्थात् उभिएर पानी खानु हुँदैन । यसरी नै बसेर नै मूत्र त्याग गर्नुपर्ने भन्ने नियम पाइन्छ। यी दुइटा नियमहरूकाे पालन गर्नाले किड्नीमा प्रेसर पर्दैन । जनै धारण गर्दा यी दुबै नियमहरू अनिवार्य हुन्छन् । 
 ३.हृदय रोग तथा ब्लडप्रेसरबाट बचाउ : शोधानुसार मेडिकल साइन्सले पनि के पत्ता लगाएकाे छ भने जनै धारणहरूलार्इ हृदय रोग र ब्लडप्रेसरकाे आशंका अन्य मानिसहरूकाे तुलनामा कम हुन्छ । जनैले शरीरमा रक्त प्रवाहलार्इ पनि नियन्त्रण गर्न मद्दत गर्दछ । ‍चिकित्सकका अनुसार जनै हृदय हुँद्रे तलतिर धारण गरिने हुनाले यसले हृदय रोगकाे सम्भावना कम गर्दछ किनभने यसले रक्त सञ्चार सुचारू रूपबाट सञ्चालित गर्न सहयाेग पुर्याउँछ । 
 ४.घुर्ने बानीकाे अन्त्य : जनै धारण गर्ने मानिसकाे घुर्ने सम्भावना अत्यन्त कम हुन्छ किनभने जनै लगाउने मानिसले लघुशंका अर्थात् पिसाब फेर्दा दाह्रा किटेर फेर्नुपर्छ । यसाे तात्पर्य के हाे भने मल मूत्र त्याग गर्ने बेलामा दाह्रा किटेर गर्ने मानिसकाे घुर्ने काम गर्दैन । 
 ५.कब्जियतबाट छुटकारा : जनैलार्इ कानमाथि कसेर बाँध्ने नियम छ । यसाे गर्नाले कान हुँदै गुज्रिने ती नसामाथि पनि दबाव पर्दछ, जसकाे संबंध साेझै आन्द्रासँग हुन्छ। यी नसामा दबाव पर्नाले कब्जियत हुँदैन। पेट सफा भयाे भने शरीर र मन दुबै स्वस्थ हुन्छ ।  
६.शुक्राकीटकाे रक्षा : दाँया कान हुँदै जाने नसाहरूकाे सम्बन्ध अंडकोष र गुप्तेंद्रियसचँग हुन्छ । मूत्र त्याग गर्ने बेला दाँया कानमा जनै सिउरिनाले ती नसाहरूमा दबाब पर्दछ जुन नसाहरूबाट वीर्य निस्कन्छ। यस्ताे ज्ञात अज्ञात शुक्राकीटहरूकाे रक्षा हुन्छ। यसबाट मानिसकाे बल तथा तेज वृद्ध‍ि हुन्छ । 
 ७.स्मरण शक्ति‍काे रक्षा : कानमाथि प्रत्येक दिन जनै राख्ने र कस्ने गर्नाले स्मरण शक्त‍िकाे क्षय हुँदैन। यसबाट स्मृति कोष बढ्दछ। कानमा दबाव पर्नाले दिमागका ती नसाहरू सक्रिय हुन्छन् जसकाे सम्बन्ध स्मरण शक्तिसँग हुन्छ। वास्तवमा गल्ती गर्दा बच्चाहरूकाे कान निमाेठ्ने कारण यही भएर नै हाे ।  
८.आचरणकाे शुद्धताले बढ्छ मानसिक बल : काँधमा जनै छ भन्ने कुराकाे एहसास मात्रैले पनि मानिस खराब अाचरण गर्नबाट हच्किन्छ । पवित्रताकाे एहसास भएमा आचरण शुद्ध हुनेछ। आचरणकाे शुद्धताले मानसिक बल बढ्दछ। 
 ९.दुष्ट आत्माहरूबाट रक्षा : हाम्राे मान्यता के छ भने जनै धारण गर्ने मानिसका वरिपरि खराब आत्माहरू भड्किन अाउँदैनन्। यसकाे कारण के हाे भने जनै धारण गर्ने मानिस अाफैँ पवित्र आत्म रूप बनेकाे हुन्छ र त्यसमा स्वत: आध्यात्म‍िक ऊर्जाकाे विकास भएकाे पाइन्छ। 
 किन कानमाथि जनै सिउरिने : मल-मूत्र विसर्जनभन्दा पूर्व जनैलार्इ कानमाथि कसेर दुर्इचाेटी बाँध्नुपर्दछ ।यसबाट कानका पछाडिका दुर्इ नसा जसकाे सम्बन्ध पेटका अान्द्रासँग हुन्छ र यसरी अान्द्रामा दबाब पारेर त्यसलार्इ पूरा खाेली दिन्छ । यसबाट मल विसर्जन सजिलाेसँग हुन्छ । तथा कानसँगै रहेकाे एउटा नसबाट मल-मूत्र विसर्जनकाे बेलामा केही द्रव्य विसर्जित हुन्छ। जनैले त्यसकाे वेग राेकिदिन्छ जसबाट कब्जियत, एसीडीटी, पेट रोग, मूत्रन्द्रीय रोग, रक्तचाप, हृदय रोगसहित अन्य संक्रामक रोग लाग्न पाउँदैन। जनै सम्बन्धी याे सामग्री वेब दुनियाँबाट नेपालीमा अनुवाद गरी यहाँसमक्ष प्रस्तुत गरिएकाे छ । यस बारेमा अन्य जानकारी अागामी दिनमा पनि दिने बाचाका साथ अहिलेलार्इ यत्ति नै ।

Comments

  1. Naya kura tha vayo .purano culter bhitra ka kura janne man ajhai jibit chhx .ajhai aru jannu chhx .

    ReplyDelete
  2. Naya kura tha vayo .purano culter bhitra ka kura janne man ajhai jibit chhx .ajhai aru jannu chhx .

    ReplyDelete

Post a Comment

Comments

Popular posts from this blog

Crack Internet Download Manager (IDM) No virus

ब्लगिङ् अनुभव । Blogging Experience

Increase torrents download speed