लेखकः सन्दिप निरौल (जनसंसद् दैनिक, काँकरभिट्टा बाट २०६९ मंसिर १८ गते प्रकाशित भएको मेरो लेख ।) परिचय आफ्नो विचार वा सिर्जना विश्वभर फैलिएको सूचनाको सञ्जालमा मार्फत बाड्नका लागि ब्लग अहिले विश्वभरि नै प्रयोग गरिदै आइएको छ । ब्लगको यकिन परिभाषा छैन् । तर शव्द निमार्ण प्रकृया हेर्दा, ब्लग (Web + Log) जोडिएर बनेको वेबलगको छोटो रुप हो । वेबको अर्थ इन्टरनेट र लगको अर्थ डायरी हो । ब्लग, वि–ब्लग, वेबलग वा वेबजर्नल यी सवैले अनलाईन डायरी भन्ने अर्थ बुझाउँछ । ब्लगमा ब्लगरले आफ्ना अनुभव र अनुभुतिलाई लेखेर सवै संग बाढ्ने गर्छ । यस्ता लेखलाई पोष्ट भनिन्छ र ब्लगमा प्रकाशित भएका लेखरचनालाई ब्लगपोष्ट भनिन्छ । यसरी अनलाईनमा आफ्नो डायरी लेख्ने कार्यलाई ब्लगिङ्ग र लेख्ने व्यक्तिलाई ब्लगर भनिन्छ । ब्लगरले आफ्ना रचना वा विचार ब्लगमा राख्दै र प्रतिदिन ताजा जानकारी राख्दै व्यवस्थापन गर्नुलाई अपडेट गरेको बुझिन्छ । यो ब्लगको किसिम वा प्रयोजन अनुसार ढिलो वा छिटो गरिन्छ । तर ब्लगको चिनारी भनेको नै त्यसको नियमित अपडेट र निरन्तरता हो । इतिहास इन्टरनेटको विकास संगै विश्वको सुचना प्रणालीले ठूलै फड्को मार्यो ...
facebook ma sadhai ramro ramro post garirahane tyo sandip kaha harayo...timi ta contact bihin vayau ta yar..Timro subha chintak, #BishalGuragai
ReplyDeleteI had never expected that you will contact me via my blog. Well, I am active in facebook. Let me add you.
Delete