फिका कफि । Insipid Coffee


English Translation

“ ... कता हिडेँकी ? खुरुक्क घर फर्कि !” पहिलो शब्द, अपशब्द थियो ।
मूल सडकबाट छुट्टिने गल्ली बाट कोही चिच्यायो । मैले मान्छे देखिनँ । स्वर महिलाको थियो, त्यो चिनेँ । अलि छिप्पिएको र स्वर बाँस चिरिए झैं कर्कस ।
म सदा झैँ, बरन्डामा उभिएको थिएँ । सडकमा हिड्ने यात्रिलाई अघि देखि पछि सम्म नियाल्थेँ । म देख्थेँ, त्यहाँ सवै अनुहार नयाँ हुन्थेँ । पुरानो कोही हुन्थ्यो भने पनि मेरो बेहोसी हेरार्इले उनीहरू लार्इ सधै नयाँ नै देखिरहन्थेँ । अनि सडक खाली के हुन्थ्यो, म पिच्च थुक उछिट्याउथेँ ।
- - - -
“किन घरि-घरि यो केटो आँगनमा थुक्छ ? सवै टाटै–टाटा बसिसकेछ ! कस्तो फोहोरी बनेको ! घिन पनि नलागेको !”
घरमा आमाले मलाई यसै गरि गालि गर्नुहुन्थ्यो । दिदी पनि हो मा हो मिलाउँदै आगोमा घिउ थप्थिन । बुवा दिउँसो प्राय घर बस्नु हुन्नथ्यो, त्यसैले मेरो यो दैनिकी संग अज्ञात हुनुहुन्थ्यो । म बुझ्थेँ, त्यो गालीमा प्रेम थियो । त्यो आफ्नो आँगन र आफ्नाले मलाई सुध्रान गरेको गाली थियो । म केही नबोली कोठामा पस्थेँ । एकैछिनमा फेरी थुक्न निस्कन्थेँ । यो पल्ट अलि पर आँगनको बाहिर एउटा कुनामा ।
- - - -
म दुई वर्ष देखि डेरामा थिएँ । गाउँको दाई यहि डेरामा बस्नुहुन्थ्यो । मलार्इ पनि परिवारले उनै दार्इ सँगै डेरा बस्न यहाँ पठाए । उनैले मलाई कलेज खोज्न मद्दत गरेँ र डेराको अनुशासन सम्झाए । एक वर्ष पछि उनको कलेज सकियो । उनी अन्यत्र सरे । त्यस पछि म एक्लै बस्न थालेँ ।
- - - -
सडकमा केटी देखापरि । यस्तै १२ वर्षकी हुँदिहो । लुति भएकाले अग्ली देखिन्थी । सेतो वृतले भरिएको रातो कुर्था लगाएकी । खाली खुट्टा कता हिडेकी होला, मैले व्यर्थ उसलाई ध्यान दिएँ । तुरुन्तै अपशब्द सहितको कर्कस स्वरमा कोही चिच्यायो । त्यो उसकी आमा रहिछ । केटी स्तब्ध भई । उसका लामा खुट्टाहरु घुमे । ऊ मृगको पाठी जस्तै उफ्दै उसकी आमा भएतिर कुदी । मैले पुनः सडकमा थुक उछिट्याएँ । यसपटक मैले त्यो केटीकी आमाले बोलेको शब्दलाई पनि थुकेँ ।
- - - - -

- “गुड आफ्टरनुन !” छोटो हिलले सिढि चढ्दा बजाएको टक–टक आवाजले यसलाई पछ्यायो । माथिल्लो तलामा बस्ने केटी म संग यसरी नै बोल्न सुरु गर्छे ।
कता बाट आएकी थिई थाहा भएन तर निक्कै खुसी देखिन्थी । उत्तिकै राम्री पनि । सिढि उक्लुन्जेल उसका र मेरा आखाँ जुधे । मैले पनि “गुड आफ्टरनुन !” भनि सकेको थिएँ ।
- “सानो हेल्प गर्नुस् न ल !” उसले सिढि चढ्दाचढ्दै माथिल्लो खुट्किलोमा एउटा खुट्टा राख्दै उभिएर भनि ।
“कस्तो होला ?” मैले जिज्ञाशु भएर सोधेँ ।
- “खास केही छैन् ! अहिले आउँछु नि हजुरूको रूममा !” उसले दोस्रो तलाको सिढि उक्लदै जवाफ दिइ । यति भनि सक्दा उसको रफ्तार क्रमशः तिब्र भएको थियो ।

- - -
म डेरा बस्न थालेको एक वर्ष भइसकेको थियो । कक्षा एघारको परीक्षा लेखेर घर गएको थिएँ । फर्केर आउँदा नयाँ केटी पनि डेरा बस्न थालेकी रहिछ । सुरुमा ऊ मलाई घरबेटीकी आफ्न्त होली भन्ने लागेको थियो । तर पछि उसलाई पनि आफ्नै कलेजमा देख्दा छक्क परेँ । पहिला देखिसकेको हुनाले बोल्ने आँट गरेर सोधेँ ।
- “तपाई पनि यहीँ ?”
“हो त, यो कलेज रुम बाट नजिक लाग्यो अनि ।” तब मात्र मैले ऊ पनि डेरा बसेकी रहिछ भन्ने थाहा पाएको थिएँ ।
“बाई द वे, म ... ।” भन्दै मैले मेरो नाम बताएँ ।
अनि म चै भन्दै उसले पनि उसको नाम पूजा भएको बतार्इ ।
- - - -
त्यस दिन गफ भएको यत्ति थियो । उसको र मेरो कक्षा नमिल्ने भएकाले कलेज लाग्ने र सकिने समय पनि फरक थियो । मेरो कोठा तला मुनि र उसको कोठा तला माथि भएकाले प्राय भेट हुँदैन थियो । भेट भईहाले पनि बिहान, दिउँसो वा साझँ विचार गरेर यसकै अघि अङ्ग्रेजि पारामा “गुड” थपेर सम्बोधन गर्ने गरिन्थ्यो ।
- - - -
मध्य पुसको माहिना थियो । कसैले ढोका ढक–ढक पार्यो । त्यस दिन विदा परेकाले म अलि ढिलो उठेँ । अनि सधैँ जाने गरेको पसल पुगेर आधा लिटर दुध ल्याएँ । दुध खन्याएर बसाई सक्दा बाहिर कसैले ढोका ढकढकाएको थियो । सायद घरबेटी ! मैले अनुमान गरेँ । पुस महिनाको भाडा केही दिन अघि नै बुझाई सकेको हुनाले घरबेटी नहुने पक्क थियो । मेरो पाईला बढो कैतुहलका साथ ढोका तिर बढेँ ।

मैले ढोका खोलेँ, अचम्म परेँ । उहि पूजा रहिछे । त्यसदिन अरूबेला भन्दा पनि बढि हर्सित मुद्रामा उभिएकी थिई ।
- “गुड मनिङ्ग !” ऊ नै अगाडि बोलेर सदाझैँ आफ्नो धर्म पुरा गरि ।
मैले जवाफ फर्कान नपाउँदै हातमा बोकिराखेको पारदर्शी सेतो प्लास्टीकको प्याकेट म तिर उचाल्दै उसले जोडेकी थिई - “आज मेरो बर्थ डे !”
“वेल, ह्याप्पि वर्थ डे । एण्ड मेनी मेनी ह्याप्पि रिटन्स अफ द डे !” मैले प्याकेट बाट स्टभरि फ्लेभरका दुई वटा चकलेट निकाल्दै एकैसासमा शुभकामना दिएँ ।
- “थ्याङ्यू ।” ऊ तुरुन्त बोली ।
- “गएँ है ! अरु लाई पनि बाड्नु छ ।” यति भनि सक्दै ऊ मोडि सकेकी थिइँ ।
“हैन, कसरी ढोकै बाटै ! भित्र आऊ न ।” मैले पहिलो पल्ट कसैलाई जिद्दी स्वभाव देखाएँ ।
के खुस पह्यो, म जान्दिँन । ऊ आउन तयार भर्इ । मैले ढोका पुरा उघारेँ ।
ऊ आएर म बस्ने कुर्सीमा बसि । म बस्ने पनि कसरी भन्नु, भएको कुर्सी त्यहीँ एउटै हो । उसले बजिरहेको रेडियो तुरुन्त बटारी ।

“सोध्न त नहुने हो तर पनि सोधेँ है ! कति वर्ष पुग्यौँ ?” ऊ संग बोल्दै मैले भाडामा एक कप पानी र एक कप दुध बसाएँ ।
पहिला ऊ हाँसी - “कस्तो बाठो मान्छे तपाई ? म आज बाट १७ पुगेँ । अनि तपाई ?” ऊ लाडिए झैँ सुनिन्थी ।
“म साढेँ १७ ।” ऊ खित्का छोडेर हाँसी ।
पानी र दुध उम्लियो । कपमा एक चम्चा कफि राखेर मैले हामी दुवैका लागि कफि तयार गरेँ । पहिला उसलाई दिएँ । अनि मैले आफ्नो लागि खन्याएँ ।
“खै ! लेऊ न ! बाई द वे, तिम्रो वर्थ डे ट्रिट् ।” मैले हाँस्दै भनेँ ।
कफिको पहिलो चुस्की लिन साथै हामी दुवैको मुख बिग्रियो । कफि त खल्लो पो रहेछ । मैले गफको सुरमा चिनी सोध्नै बिर्सेछु ।
ऊ फेरी खित्का छोडेर हाँसी । मैले लाज मान्दै चिनी र चम्चा उसको हातमा थमाएँ ।
उसले हाँस्दै सोधी - “कति चम्चा लिनुहुन्छ ?”
“दुई !” मैले उसको अनुहारमा हेर्न नसकेर भुर्इ तिर हेरेर जवाफ दिएँ ।
उसले मेरो कपमा दुई र उसको कपमा एक चम्चा चिनी हालि । अनि पहिला मेरो कपमा चम्चाले चिनी घोलिदिइ । म अर्को चम्चा लिन फर्केको मात्र थिएँ ।
- “पर्दैन !” उसले मलाई भनि सक्दा आफ्नो कपमा पनि उहि मेरो जुठो चम्चा घुमाई सकेकी थिई ।
“त्यो त मैले जुठो पारेको थिएँ ।” मेरो कुरा नसकी उसले सरल भएर जवाफ दिर्इ - “मलाई चल्छ !”
म अवाक् बनेर उभिदोँ मात्र भएँ ।
उसले मैले भन्दा छिटो कफि सकि । एक पटक पुनः धन्यवाद भन्दै ऊ तुरुन्त निस्की । ढोकामा मैले पुनः उसलाई वर्थ डे विस गरेँ ।
ढोका लगाएर बाँकी रहेको कफि समात्दा, रेडियोमा कृषिथोक बजार मूल्य बज्दै थियो ।
- - -
किन ऊ पुनः मेरो कोठामा आउँदै छे । म अज्ञात छु । म हठात् कोठामा पसेँ । परीक्षाको मारामारमा कार्पेटमा कुचो परेको छैन्, स्पर्श गराएँ । टेबलमा छारिएका किताब मिलाएँ । ब्लाङ्केट पट्याएँ । ओछ्यान मिलाएँ । किचन भएको एउटा कुना सफा थियो । काम घट्यो खुसी भएँ । पर्दा उठाएँ, झ्याल खोलेँ । क्या ! उज्यालो कोठा । आफै दङ्ग परेँ ।
ढोका उस्तै गरि ढक–ढक गह्यो । ढोका खुल्लै थियो । ऊ हातमा ल्यापट बोकेर आइछे । कलेजको प्रोजेक्टको लागि उसलाई सहयोग चाहिएको रहेछ । मैले पहिले आफूले बुझाएको प्रोजेक्टमा थपघट गरेर उसलाई दिएँ । यसपटक चाहिँ उसलाई चिनी नहाल्ने गल्ती नगरी कफि “सर्व” गरेँ । अघिको घटना सम्झेर होला, ऊ एक पटक उसै गरि हाँसी । कफि खार्इ सकेर, कफि र सहयोगका लागि धन्यवाद दिँदै ऊ निस्की ।
- - - -
कौशीको आधा भाग डेरा बस्नेहरुलाई छुट्याईएको थियो । हामीलाई त्यहाँ लुगा धुन र सुकाउन सुविधा थियो । जाडोमा घाम ताप्न पनि सजिलो थियो । म संग बस्ने दाई कौशीमा गएर पढ्थे । मलाई भने आफ्नै कोठा रमाईलो थियो । बरु कोही बेला बरन्डामा उभिएर सडक नियाल्थेँ । अनि पिच्च पिच्च थुक्थेँ ।
- - - -
मेरो बाह्रको परीक्षा सकियो म पूरै फूर्सदीलो भएँ । नत्र कलेज धाउन्जेल एउटै रुटिनमा दिन बित्थ्यो । कलेज बाट फर्केर, धोएको लुगा लिन म दिउँसो कौशी उक्लन्थेँ । प्राय दिन, उनै पूजा त्यहाँ पढ्दै भेटिन्थी । कुनै दिन ल्यापटप चलाउँदै हुन्थी । कहिलेकाहीँ, पढाईको बारेमा सोध्थी, म जानेको सिकाई दिन्थेँ । अनि लुगा लिएर तुरुन्त कोठा फर्कन्थेँ ।
मैले उसलाई घर फर्कने केही दिन अघि नै जाँदैछु भनेर सुनाएँ । के ऊ मेरो कुरा सुनेर दुःखी हुनुपथ्र्यो ? वा मलाई बाँकी वर्षहरुका प्रगतिका शुभकामना दिदै खुसी हुनुपथ्र्यो ? ऊ के भई, त्यो नदेखाई उसले मलाई मैले यतिन्जेल गरेको सहयोगका लागि धन्यवाद दिई ।
कोठा फर्कन, सिढि ओर्लदै थिएँ उसले बोलार्इ,
- “सुन्नु न” म उभिएँ र उसलार्इ हेरेँ ।
- “त्यो चिनी बिनाको कफि ! ……”
"हैन ! अझै बिर्सेकी छौनौँ ?!” मैले ऊ बोल्दा बोल्दै बोलेँ । अनि हाँस्दै तल झरेँ ।
- - - -
केही दिन पछि, काकाको छोरी मेरो कोठामा बस्न भनेर आईपुगिन् । घर बाट पैसा र किनेर लानुपर्ने सामानको लिष्ट पनि पठाउनु भएको थियो । मैले केही दिन अघि नै घरबेटी संग मेरो कोठामा बहिनी बस्ने कुरा गरिसकेको थिएँ । ऊ आएकै दिन म कोठाबाट निस्केँ । जाने बेलामा पूजालाई सम्झेँ । भेटेर जाउँ र बहिनीको परिचय पनि गराईदिउँ भन्ने लाग्यो । उसको कोठामा ताला झुण्डेको रहेछ । म पनि सामान किनेर घर फर्किएँ ।
- - - -
घर आईपुगेको भोलिपल्ट, दिउँसो म रुखको छाँयामा पल्टेको थिएँ । दिदी मेरो लुगा धोइदिदै थिइन ।
-- “भाइ, को हो पूजा ?” लुगा धुदै गर्दा मलाइ सोधिन ।
“मेरो देखि माथिको तलामा बस्ने केटी हो तर कसरी चिन्नु भो ?” मैले चकित पर्दै सोधेँ ।
दिदीले मलाई निलो मसी लतपतिएको कागज देखाउँदै भन्नु भयो, “हेर त यो, तेरो सर्टको गोजिमा थियो । भिजेर केही नबुझिने भयो ।”
चिठी जस्तो देखिने त्यो कागजको अन्तिममा एउटा शब्द पूजा मात्र बुझिन्थ्यो । बाँकी शब्द पानीले लतपतिएर बुझ्दै नबझिने भएछ । मेरो सर्टमा त्यो कागज कसरी आयो म आफै छक्क परेँ ।
-- "अनि तैले बुझिनस् ?" दिदीले मेरो सर्ट सुकाउँदै भन्नु भयो ।
"के दिदी?" मैले सोधेँ तर दिदीले कुनै उत्तर दिनुभएन ।
- - -
म सधैँ उल्टो पारेर सर्ट सुकाउने गर्छु । एकदिन सुकेपछि लिन जाँदा सर्ट सुल्टीएको थियो । मैले नै सुल्टो सुकाएको रहेछु भनेर वास्ता गरिनँ । तर अहिले भने, त्यो सर्ट र फिका कफि मेरो दिमागमा एकैपल्ट नाच्न थालेको छ । भर्खरै दिदीले धोएर सुकाएको पानी चुहिँदै गरेको सर्टमा हेरेँ । यसमा त इस्त्री पनि गरिएको रहेछ ।

Comments

Popular posts from this blog

Crack Internet Download Manager (IDM) No virus

ब्लगिङ् अनुभव । Blogging Experience

Increase torrents download speed