बोक्सी प्रथा र महिला हिंसा #Witch Superstition and Women Violence

जादू टुना गरेर अरुलाई दुःख दिने विश्वास गरिएको महिला । अन्धविश्वास । नेपाली भाषामा गालीका लागि प्रयोग हुने शब्द । - विकीपीडिया (नेपाली


बोक्सी प्रथा अन्धविश्वासहरु :
  • अनुहार हेर्न साथ बिरामी हुन थालेको । (पेट, छाती, कम्मर)
  • खेतबारीमा हिँडेकाले उत्पादन नभएको । (धान, मकै, घाँस, फर्सी)
  • घरपालुवा पशुमा आँखा लागेको । (गाई, भैँसी, बाख्रा, सुगुँर, कुखुरा)
  • म्हिला अनौठो किसिमले बर्बराउन थालेको । (हिस्टेरिया, पारिवारिक तनाव)
  • शरीरमा अनौठो दाग देखा परेको । (चुसेको, विद्यार्थी, शिक्षक) (यथार्थ : बाधरोग)
  • सपनामा ऐँठन हुने ।
  • मान्छेको जिब्रो कालो हुने ।
  • खोर्सानीको धुलोदेखि नडराउने ।
हिंसा तथा यातनाका पराकाष्ठाहरु :
  • हिंसा तथा यातनाका पराकाष्ठाहरु :
  • दिसा पिसाब खुवाउने  ।
  • निर्घात कुटपिट गर्ने ।
  • केशमुण्डन गरेर गाउँ घुमाउने ।
  • नग्न पारेर सिस्नुपानी लगाउने ।
  • गर्दनमा पीडादायी आक्रमण गर्ने ।
  • पन्यूले गाला डाम्ने, शरीर पोल्ने ।
  • खोर्सानी डराएर सुँघाउने ।
  • परिवारिसहित गाउँ निकाला गर्ने, पानी नचल्ने ।
  • हत्या गर्ने ।
बोक्सी प्रथाले  पश्रय पाउनका कारणहरु :
  • अशिक्षा, चेतनास्तरको कमी, बेरोजगारी, गरिबी ।
  • घटनालाई गाउँमै मिलाउन खोज्नू ।
  • पीडकलाई राजनीतिक संरक्षण दिनू ।
  • दण्डहीनता ।
  • पीडितलाई विभिन्न धम्की दिनु ।
  • प्रहरी प्रशासनले अग्रसरता नदिनु ।
  • कानुनी उपचार फितलो हुनु ।
  • दीर्घकालीन नीतिको अभाव ।
 प्रस्तुतकर्ता :
राजेश बुढाथोकी
न्यू वल्र्ड नेपाल

Comments

Popular posts from this blog

Crack Internet Download Manager (IDM) No virus

ब्लगिङ् अनुभव । Blogging Experience

Increase torrents download speed