अविरल यात्रीका चार मुक्तक
मुक्तक-१
विलाउनु थियो भने, रसाएर आयौ किन?
नगासिने मुटु तिम्रो, टसाएर आयौ किन?
वियोगमा मुटु जल्दा, सँगै रुझ्छन् आखाहरु
रुवाउनु नै थियो भने, हसाएर आयौ किन?
विलाउनु थियो भने, रसाएर आयौ किन?
नगासिने मुटु तिम्रो, टसाएर आयौ किन?
वियोगमा मुटु जल्दा, सँगै रुझ्छन् आखाहरु
रुवाउनु नै थियो भने, हसाएर आयौ किन?
मुक्तक - २
एक्कासी चाहानाको हुरी चल्यो किन ?
त्यही वेगमा आशाको पात हल्यो किन ?
अरुको आगो निली बाच्ने जिवन
कसैको यादको एक झिल्कामै जल्यो किन ?
एक्कासी चाहानाको हुरी चल्यो किन ?
त्यही वेगमा आशाको पात हल्यो किन ?
अरुको आगो निली बाच्ने जिवन
कसैको यादको एक झिल्कामै जल्यो किन ?
मुक्तक - ३
यही हो संसार, गाउँ अनि यही हो शहर
आकाश जस्तै विशाल यो हाम्रो रहर
रुने र हास्ने, सँगै खेल्ने अनि झुम्ने
साथीसँगी, धेरै छ लामो यो हाम्रो लहर ।।
यही हो संसार, गाउँ अनि यही हो शहर
आकाश जस्तै विशाल यो हाम्रो रहर
रुने र हास्ने, सँगै खेल्ने अनि झुम्ने
साथीसँगी, धेरै छ लामो यो हाम्रो लहर ।।
मुक्तक – ४ (घमन्डी…..लाई)
कोईलीले गित, गाइरहनु पर्दैन
बगैँचामा अत्तर, लाईरहनु पर्दैन
खुब राम्री छु, जस्तो लाग्छ होला
परीले पार्लर, धाईरहनु पर्दैन ।।
कोईलीले गित, गाइरहनु पर्दैन
बगैँचामा अत्तर, लाईरहनु पर्दैन
खुब राम्री छु, जस्तो लाग्छ होला
परीले पार्लर, धाईरहनु पर्दैन ।।
Comments
Post a Comment
Comments