Posts

Alert Message on webpage using JavaScript

Image
हामी Webpage मा Alert Message देखाउनका लागि JavaScript लेख्न सक्छौँ । यो एक सामान्य Script हो । ( फोटो हेर्नुहोस् ) यो चल्नका लागि JavaScript समर्थन गर्ने Browser हुनुपर्नेछ । अथवा प्रयोगकर्ताले Browser को " JavaScript Disable" गरेमा पनि यसले काम गर्ने छैन् । Page load हुँदा firefox मा देखिने सन्देश <script language="JavaScript"> { alert("Hello Blogger!"); } </script> माथिको Script प्रयोगले वेवपेजमा चेतावनी प्रदर्शन हुनेछ । Title Bar मा आउने सन्देश Browser अनुसार भिन्न हुनेछन् । Formatting and Line-Breaks: खालि ठाउँका लागि चहिएको जति space प्रयोग गर्न सक्नु हुनेछ । नयाँ लाईनका \n लागि प्रयोग गर्नुहोस् । सजिलोका लागि , निम्म कोडलाई gedit, notepad वा अरु कुनै HTML editor मा Paste गरेर Save As => filename.htm गर्नुहोस् [ नाम संग .htm extension दिन जरुरी छ ] र सम्पादन गरेर प्रयोग गर्नुहोला । <html> <head> <title>alert_message</title> </head> <body> <script language="JavaScript...

परिभाषा जीन्दगीको

परिभाषा जीन्दगीको - उसले सुनेको छ , सुन्दै , हेर्दै ऊ बाँचेको छ । दोधार विगतको - उसले भोगेको छ । परिवर्तन समयको - उसले भोगेको छ । अन्धकार रातको - ऊ आशावादी छ । तर पछि – परिभाषा जीन्दगीको - उसले फेरेको छ । सुन्छु , हेर्छु आज ऊ बोलेको छ । तर दोधार विगतको - ऊ अझै अल्मलेकै छ । ऊ अझै अल्झेकै छ । सयम बितेको छ । परिवर्तन समयको - ऊ चिच्याएको छ । अन्धकार रातको , डराउन थालेको छ । छानो खरको - चुहिन थालेको छ । बादल अन्धकारको - चाँदी घेरिएको छ । तर आज , डराउन , अल्झन अब - उसले त्यागेको छ , ऊ पुनः जन्मेको छ । दोधार विगतको - ऊ मुक्त बनेको छ । परिभाषा जीन्दगीको - उसले आफै लेखेको छ ।

……. अब अरु कति पोस्छौ ?

विषेश प्रसंङमा कुरा भईरहँदा हामी मध्येकै एक जनाले भन्नु भयो , " यी तमाम कुराले गर्दा म त यो भन्छु , मन्छेको जात नै तीन वटा हुन्छ , ' एउटा केटा ', ' दोस्रो केटी ' र तेस्रो ' नेपाल र इन्डियाको बोर्डरमा बस्ने ' धोती ' हरु । ' म पनि त्यो प्रसंङमा भिजेँको थिएँ । त्यहाँका तर्कहरु मेरो मानसपटल संग साझेदार भईरहेको थियो र सार कुरा दिमागमा राख्न प्रकृयारत्त थिएँ । उनले हेपाह प्रवृतिको त्यो श्रेणी बाटै वर्ग - विभाजन संगै विषयलाई जनाउने शब्द सहित आक्रोस ओकलेका थिएँ । म भन्छु , " त्यो विभाजनलाई चार बनाउँदा ठीक हुने देखिन्छ । अथवा तेस्रो लाई विस्थापित गरेर " यो देशका मान्छे " वा एकछिनलाई देश विर्सेर " यो गाउँका मान्छे " राख्दा पनि फरक पर्दैन । हेप्न त आखिर हामीले नै निमन्त्रण दिएकाछौँ । हामी हाम्रै बुद्धिले ठगीकाछौँ । अनि किन अरुलाई सानो देखाएर आफूलाई उच्च श्रेणीको देखाउने ?" प्रेसर कुकर बनाउन आउने होस् अथवा कवाडीका समान उठाउन आउने , हामीले उसलाई हाम्रो घर भित्र हुलेर हाम्रो घर कोठाको संरचना बुझाएका छौँ । उसलाई यो कोठामा यति...

टार्गेट @ गर्लफ्रेण्ड (कथा)

- ओजोन निरौला आजकल म आफै पनि प्रष्ट बन्न थालिसकेको छु । गोजीमा बजेको उसको मोबाइल बज्दा-बज्दै फोन कसले गरेको हो मेसो पाउन थालिसकेको छु । मोबाइल बजेकै बेला उसको अनुहारमा आउने विचित्रको तरङ् पनि मैले बुझेको छु । अनुमान लगाउँछु उतिबेला उसका दिमागमा प्रेमालापका अनेक भावना नाच्दा हुन् र त्यसैको प्रतिविम्ब स्वरुप अनुहारले त्यो आकृति मन्दा मुस्कानको साथमा पाउँदो हो । उसकी प्रेमीकासँग फोनमा गफिनको पूर्वतयारी पनि हुन सक्छ त्यो । अनि एक–आधा घण्टा उसले गरेको त्याग स्वरुप समयको अर्को लक्षण हुन सक्छ त्यो । “हेल्लो” उसले स्वरमा सकेसम्मको तरलता र ‘रोमान्टिक’ बन्ने चेष्टा गदै कुरा सुरु ग-यो । मैले ‘इयरफोन’को अर्को ठेडी घुसार्न भ्याइसकेको थिएँ । “गुड मर्निङ्” केटीले सुरिलो स्वरमा औपचारिक ढाँचामा बोली । “सेम टु यू” केटोले बोल्न केही झिजो मानेझैँ गरेर जवाफ दियो । मैले हाँसो थाम्न सकिँन । त्यसमा पनि दुई जोडी प्रेमालापमा लिप्त बन्न सुरुवात मात्र भएको छ । कवाफमा हड्डी किन बनिदिने मैले ? कानबाट ठेडी पनि कति छिटो झिकेँछु वा म उठ्दा त्यो आफै निस्क्यो पनि हेक्का भएनछ । अलि पर गएर खित्का छाडेर बेसोमति झै हाँ...

प्रेममा कमजोर छु (कथा)

Image
च्याट रुमको मिलन हाम्रो मित्रताको स्रोत बन्यो । त्यसो त मलाई च्याट रुमबाट बनेका साथीहरु च्याटमै मात्र सीमित राखेको राम्रो लाग्छ । कसको पो विश्वास गर्न मिल्छ ? एक कोठामा बसेर अर्को कोठाको व्यक्तिलाई समुद्रपार भनिदिन मिल्ने । एकप्रकारको मजा लाग्छ मलाई । तर च्याटमा हुने यौन लापरवाही र गोपनीयताको राम्रै तहमुनि लुकेर अनैतिक शब्द विस्फोट गर्ने कार्य च्याट प्रतिको मेरो घृणा दर्साउने पहिलो उदाहरण हो । तर सीमित व्यक्तिको दिनचर्या नै बनेका यस्ता कृयाकलापबीच कसैको शक्ति मान्नुपर्छ जो असुरक्षित ठाउँमा पनि सुरक्षित बन्न सकेका छन् । –“हाई” “शुभसन्ध्या” मेरो सम्बोधनमा उसले शुभसन्ध्या भनेर दिएको देख्दा म छक्क परेको थिएँ । यस्तो अनुभव मेरो जीवन पहिलो पटकको थियो । उसको शैलि विल्कुलै नौलो थियो अनि आदर योग्य पनि । –“नाम के होला ?” मैले नाम जान्न चाहेँ । नाम हैन तर त्यहाँ लुकेको अर्को प्रश्नको उत्तर म जान्न चाहन्थेँ । “जाबो नाममा के छ ? न भन्दा हुन्न ?” कुरा सही थियो तर मलाई बुझकी बनु जस्तो लागेन । –“किन नभन्ने ? कि आफ्नो नाम नराम्रो छ भनेर हीनताबोध भएको हो ?” नसकने रहेछ । कुरा बङ्ग...

जन्मदिन र Year's (+) & (-)

Image
आज मेरो जन्मदिन । कुनै आश्र्चय रहेन , वर्षको एक दिन आउँछ र यो वर्ष पनि आजको दिनैमा आएको छ । मलाई कुनै नौलो अनुभव भएको छैन् । याद भए सम्म मलाई नौलो कहिल्यौँ लागेको पनि छैन् । म बहकिएको हैन् । म मात्र प्रष्ट हुँदैछु । आफै संग र मेरो शब्दलाई आकार दिने कोसिम गर्दैछु । सुनेको छु - जन्मदिन हरेक व्यक्तिको लागि खास दिन हो । तर त्यो खास दिन त सवैले जन्मेको दिनमै बिताई सकेका छन् । अनि १२ महिनाको भाका राखेर आफ्नो जन्मदिनको विज्ञापन गर्नुको के अर्थ ? म पनि यहि गर्दैछु । नत्र यी कुरा मैले अरु दिन राखेको भए हुने , मैले पनि आफ्नै साईत पर्खेको छु । म पनि अलग छैन् । अब किन नभन्नु , आजै जम्मेका विश्वका चानचुन १ करोड ९ लाख मान्छेलाई " Happy Birthday !! " । आजै म आमाको लागि गिप्ट थिएँ - सायदै कोही हुनेछ जसलाई म आमालाई भन्दा धेरै प्रेम गरुँ । " चैत्र ११ " मा बैनि नीताको जम्मदिन थियो । धेरै दिन भएको छ तिम्रो आवाज पनि सुनेको छैन् । जहाँ छौँ खुसी रहनु । म तिम्रो सफताको लागि प्राथना गर्नेछु । साउनमा मेरो नाकको अपरेशन भयो । डा. पुनम लाई मेरो मित्रता स्वीकारेकामा धन्यवाद । दिदी तपाई...

जन्मदिनको शुभकामना :) Happy Birthday @ Sagar

Image
आज वि.सं. २०६७  चैत्र  ८ गते भाइ सागर निरौला १० वर्ष पुरा भई ११ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा भाइलाई शुस्वास्थ्य र प्रगतिको आर्षिवाद अर्पण गर्दछौँ ।   सम्पूर्ण निरौला परिवार । आज चकलेट बाड्न हिड्नु अघि कोठामा हर्सित मुद्रामा भाइ सागर केहीदिन अघिको फोटो