Wednesday, June 1, 2011

……. अब अरु कति पोस्छौ ?

  2 comments

विषेश प्रसंङमा कुरा भईरहँदा हामी मध्येकै एक जनाले भन्नु भयो, "यी तमाम कुराले गर्दा म त यो भन्छु, मन्छेको जात नै तीन वटा हुन्छ, 'एउटा केटा', 'दोस्रो केटी' र तेस्रो 'नेपाल र इन्डियाको बोर्डरमा बस्ने 'धोती'हरु ।' म पनि त्यो प्रसंङमा भिजेँको थिएँ । त्यहाँका तर्कहरु मेरो मानसपटल संग साझेदार भईरहेको थियो र सार कुरा दिमागमा राख्न प्रकृयारत्त थिएँ । उनले हेपाह प्रवृतिको त्यो श्रेणी बाटै वर्ग-विभाजन संगै विषयलाई जनाउने शब्द सहित आक्रोस ओकलेका थिएँ । म भन्छु, "त्यो विभाजनलाई चार बनाउँदा ठीक हुने देखिन्छ । अथवा तेस्रो लाई विस्थापित गरेर "यो देशका मान्छे" वा एकछिनलाई देश विर्सेर "यो गाउँका मान्छे" राख्दा पनि फरक पर्दैन । हेप्न त आखिर हामीले नै निमन्त्रण दिएकाछौँ । हामी हाम्रै बुद्धिले ठगीकाछौँ । अनि किन अरुलाई सानो देखाएर आफूलाई उच्च श्रेणीको देखाउने ?"

प्रेसर कुकर बनाउन आउने होस् अथवा कवाडीका समान उठाउन आउने, हामीले उसलाई हाम्रो घर भित्र हुलेर हाम्रो घर कोठाको संरचना बुझाएका छौँ । उसलाई यो कोठामा यति ढोका छन् देखि लिएर हाम्रो पारिवारीक बनोट र भ्याए सम्म पारिवारीक गणबन्धन सम्मको पाठ बुझाएकाछौँ । ग्यास चेक गर्ने बहानाले हाम्रा घर सम्म लुटको उद्देयले छिरेका 'दिन डकेत'लाई स्वागत गर्न पनि संकोच छैन् ।

सर्प समाउन आउनेले गाउँघरका सर्प समाएर लाँदा ठूलै राहतको सास फेर्नु के ठीक हो ? कि अब कहिल्यौँ सर्प निस्कने छैन् ? कि सर्प जति सवै उनीहरुकै पेवा हुन् ? सर्प र वातावरण बीचको चक्र कहिले बुझ्ने ? अझ उसैलाई ज्यान फ्यालेर सहयोग गरेको देख्दा त लाग्छ मान्छेहरु सपेरको रुपमा आएका महादेवको सर्प खोजिदिएर पुन्य गरिरहेछन् । त्यसमा पनि विष झिकिसकिएको सर्प विणाको धुनमा नचेको हेर्न फूर्सद निकालेर झुम्मेका हुल देख्दा के छक्क पर्न बाँकी भयो र ! तर 'नेसनल ज्योग्राफिक'ले घन्टै पिच्छे "सर्पको कान हुँदैन" भनेर प्रशारण गरेको संदेश बुझ्ने फूर्सद छैन् ।

यस्तै एउटा घटना बितेको धेरै समय भएको छैन् । बावुको किरिया गर्नलाई चन्दा भन्दै 'उहि' हुलियाको लुगा भिरेर एउटा मान्छे दिनभर गाउँ डुलेर गएको थियो । त्यसै दिन बेलुका गाउँका बाख्रा-खसी चोरिएको थियो । भोलि पल्ट विहान, मैले देख्दा पूर्व-पश्चिम मार्गको गिटिमा घुडा र कुईनो टेकाएर पेटमा लात्ति बर्साईरहेका थिए । आफूले हानेको लात्ति दाम छुराले पाएको कसलाई थाहा ! रक्सी धोकेर गनाईरहेको मुखले उपचारका लागि भन्दै घर चाहर्नेको संख्या पनि कम छैन् । यस्ता घटनाका प्रति संवेदनशील भएर अब किन बुझ्न अटेर गर्ने ?

संसारको सवैभन्दा सस्तो दुध यहाँ मात्र छ । सस्तो यो अर्थमा, त्यो मिलावटको हिसावले १००% शुद्ध छ र यो सुविधायुक्त ठाउँमा गाईको दुध २२ रुपैया प्रति लिटरमा किन्न पाईदैन्, तर बेचिन्छ । सस्तो मात्र नभएर यहाँ त सित्तैमा दिएको जस्तो लाग्छ । किन्न जाँदा प्रशोधित दुध रु. ३० पर्छ । पल्लो घरबाट उसले किनेको दुध यहि नै उसले २५ रुपैयामा बेच्छ । भारतमा यहि दुधमा थप ५०% पानी हालेर भारतीय मुद्रा ३० अर्थात ४८ रुपैया पर्छ । तर गाईको थुन बाटै २२ मा दुध बेच्दा यहाँका मान्छे खुसी छन् । उता भारतमा १ हप्ता अघि मात्र दुधको मुल्य २.५ रुपैया बढ्यो । दुध किनिदिएर उपकार गरेको सम्झन्छन् यहाँका मान्छे । प्रशोधित दुध ३० रुपैयाले किन्नु परेको कुरा किन विर्सेका होलान् ? अनि गुणस्तरका हिसावले हेर्दा ३० को दुध ६ मा किन्दा पनि धाटा छ । नेपालीको खुन चुसेर जुका मोटाएझैँ ढाँढिएको 'धोती'ले दुध पातलो भयो भनेको उल्टो धम्क्याएको सुन्दा पनि अब अरु कति पोस्छौ मेरा गाउँका 'भलादमीहरु' ?

2 comments :

  1. nepali dudga utpadak haru ko sambandhama bartaman jaldo baldo samsyalai yo lekh marfat ujagar garnubhyeko ma sadhubaad prakat gardachhu

    ReplyDelete
  2. विचार सान्दर्भिक छ मन पर्यो सन्दीपजी ।

    ReplyDelete

Comments