Monday, April 18, 2016

"उनी र कफि" । लेखकः विजय लामिछाने ; She and Coffee, Writer: Bijay Lamichhane

  1 comment
फाेटाेग्राफर, विजय लामिछाने
"ल याे पाेष्ट पढ त ।" यति भन्दै मेसेन्जरकाे तिखाे आवाजले QFX काे लबिकाे सन्नाटालाई दुर गराईदियाे र एकछिनमै यउटा फाेटाे देखा पर्याे । जसमा कफि पिउदाका केहि बेफाईदाहरु लेखिएका थिए । सबैभन्दा अन्त्यमा चाहिँ दैनिक ८० कप कफि पिउदा ज्यान जानसक्छ भन्ने धम्किपुर्ण बुँदा पनि लेखिएकाे थियाे । "याे सब बकवास हाे" मैले धेरै पछि मात्र रिप्लाउन भ्याएँ । "हाे थाहा छ, तिमी हाेटल म्यानेजमेन्टकाे विद्यार्थी हाै, तिमीलाई फुड एण्ड बेभरेजकाे राम्राे ज्ञान हाेला तर म पनि नर्सिङकि विद्यार्थी हुँ । मलाई पनि कुन चिज स्वास्थकाे लागी हानिकारक र कुन चिज फाईदाजनक हुन्छ, राम्राे शीत थाहा छ । मेराे भनेकाे मान्छाै भने, खुरुक्क कफि खान कम गर त ।" रिस र मेराे पुर्ण ख्याल राख्दै उनले लेखिन् । "किन पिउछाै यति धेरै कफि?" मैले जवाफ फर्काउन नपाउदै च्याट रुममा अर्काे प्रश्न थपियाे । मैले पनि ठट्याैली तर सत्य थपेर भनिदिए "के गरम त ? तिमी त यहाँ छैनाै त्यसैले तिम्राे अनुपस्थितीमा यहि यउटा कफिलाई अँगालेकाे त छु ।" "मेराे त्यति धेरै याद आउँछ है ?" उनलाई थाहा हुदाहुदै पनि निकै मायालु र अंजान बनेर मलाई लेखिन् । "अब मेराे याद आउदा पानी पिउनु, स्वास्थकाे लागि धेरै लाभदायक छ । अझ कफि भन्दा त कति हाे कति" उनले संझाउदै भनिन् । "हुन्छ बाबा हुन्छ, कफि पिउन छाड्छु भन्न त सक्तिन तर पिउन कम गर्ने काेशिस चाहिँ गर्ने छु" यति भन्दै उनकाे रिप्लाई नै नकुरी साताै तल्लामा रहेकाे ब्याक अफिसतिर झरें ।
उनी मेराे टुईटरकाे पिन्ड् टुईटबाटै प्रभावित भएर आफैले पहिला फलाे गरेकि थिईन् । उनलाई मेराे बायाेमा लेखिएकाे "In a relationship with photography and coffee" भन्ने कुराले अझ बढि आकर्षित गरेकाे थ्याे रे । "कस्ताे खालकाे केटा रैछ याे ? कफि र फाेटाेग्राफीसँग पनि कसैले लभ गर्दाे हाे र ?" यस्तै खालकाे कुरा साेच्थिन रे उनले शुरुशुरुमा । पछि पछि यहि कुराले मेराे बारेमा साेच्न उनलाई निकै बाध्य बनाएछ । मेराे फाेटाेग्राफिमा अथाह रुचि भएकाे कुराकाे जानकारी मेरा पछिल्ला टुईट र फाेटाेबाट पत्ता लगाउनासाथ उनले मलाई फाेटाेग्राफि सिकाईदिन अनुराेध गर्दै डिएम गरेकि थिईन् । मलाई पनि कसैलाई फाेटाेग्राफिकाे बारेमा सिकाउदा निकै आनन्द महशुस हुन्थ्याे । यसरीनै फाेटाेग्राफीकाे ज्ञान साटासाट गर्दै अध्यउन, जन्मथलाे, रुची, चाहना, उद्देश्य, र अन्त्यमा प्रेमका कुरा हुन थालेकाे थियाे । त्यसपछि हामीलाई ईश्वरले एक अर्काका लागि बनाउनुभएकाे हाे भन्ने कुरा गर्नमा पुग्याैं । यसरी उनि र म बिचमा प्रेमकाे बीज अंकुरण भएकाे थियाे ।
मलाई उनिसँग च्याटमा कुरा गर्दा एउटा मात्र जाेक आउथ्याे र भन्ने गर्थे "मेरा त तीन/तीन वटि प्रेमिका छिन् । एउटा तिमी, र बाकि दुई फाेटाेग्राफि र कफि" उताबाट पनि यसकाे प्रत्युत्तरमा तिनवटै पहेला मुडुला टाउकावाला स्माईलि देखा पर्थ्याे । यउटाकाे आखामा पानकाे पात हुन्थ्याे, अर्काेले आँखा झिम्काएकाे हुन्थ्याे र अन्तिमकाेले जिब्राे निकालेर मलाई गिज्याईरहेकाे हुन्थ्याे ।

भारतकाे अघाेषित नाकाबन्दीकाे असरले गर्दा बाटाेमा सवारीकाे चाप निकै कम थियाे । जब म जनरल सिफ्ट गर्थे, छुट्टी भईसकेपछि साँझ घर जान निकै सास्ती हुन्थ्याे । झन यहि समयमा कबड्डि कबड्डिकाे रिलिजले गर्दा काममा धेरै थकान महशुस हुन्थ्याे । फिलिममा दयाहाङ राई त थिए नै, झन् त्याे समयमा दर्शककाे मनमा राष्ट्रियता उम्लिएकाे कारणले हाेला नेपाली फिलिम हेर्न मल्टिप्लेक्समा निकै घुँईचाे लाग्थ्याे । मेरा दुईटा लखतरान परिसकेका गाेडा सुन्धाराकाे बस स्टपमा सिटि यातायातकाे पर्खाईमा थिए । फुटपाथमा काेलाहल मच्चिन कम हुँदै थियाे । काठमाण्डाै मलकाे बाहिरकाे ठुलाे डिजिटल स्कृनले सडक राताम्मे पारेकाे थियाे । छेवैमा रहेकाे थाेत्राे माेबाईल शाैचालय, जुन महिनाैदेखि डेग चलेकाे थिएन, गन्हाएर उत्पात थियाे । चिसाे सिरेटाेले मलाई ताताे बाफ उडिरहने कफिकाे कल्पना गर्न बाध्य बनाईरहेकाे थियाे । यतिकैमा दाहिने तिघा थर्थराउन थाल्याे । गेम अफ थ्राेन्सकाे ओपनिङ सिक्वेन्सले कफिकाे कल्पनालाई भंग गरायाे । हत्तपत्त गाेजिबाट चिच्याईरहेकाे माेवाईल निकाले । "Aastha Calling" । स्कृनमा ठुला अक्षर देखा परे ।

खुशिले सिमा पार गरिसकेकाे थियाे । सायद मनले खुट्टासँग अन्तरकृया गरिसकेकाे हुनुपर्छ, त्यसैले हाेला उनिहरु पनि नदुखिकन मलाई हर्षित बनाउन सहयाेग गरिरहेका थिए । पाेखरामा नर्सिङ पढ्दै गरेकि उनी, ईन्टर्नशिपकाे लागि काठमाण्डाैकाे नर्भिक हस्पिटलमा आउन लागेकि रैछिन् । त्याे पनि १ हप्ताभित्रै । एक प्रतिष्ठित अस्पतालमा ट्रेनिङ गर्न पाउनु पनि खुशिकै कुरा त हाे नि ! अझ त्याे भन्दा बढ्ता खुशीकाे कुरा हाम्राे पहिले भेटका लागि अवसर जुट्नुमा थियाे । फेबबाट रिट्विट, मेन्सनबाट बतासे र डिएमबाट फाेन टु फाेन कुराकानीसम्म अघि बढेकाे हाम्राे संबध, कुराकानी गर्न थालेकाे ४ महिनासम्म एकले अर्कालाई देखेका थिएनाै । सायद टुईटरबाट बाेएकाे प्रेमकाे बिजले गर्दा हाेला हाम्लाई एकअर्काकाे रुपप्रति त्यति फिकर पनि थिएन । हामीले एकअर्काकाे मनलाई हेरेर प्यार गरेका थियाै । हाम्राे मनका भावना हाम्रा टुईटबाट टाईमलाईनमा छरपष्ट भएर छरिएका हुन्थे । फेब र रिट्विटकाे संख्या धेरै नभएपनि तिनी टुईट र बतासेहरुले एक अर्काकाे मनलाई आकर्शीत गरिरहेका हुन्थे । म कफि, फाेटाेग्राफि, ईश्वरप्रतिकाे आस्था र कहिले काहीँ उनलाई बतासे छाड्थे । उनिचाहि हेल्थ टिप्स, कुकुरका फाेटा र फाट्टफुट्ट संस्कृतका भनाईहरु लेख्ने गर्थिन् । म कफिकाे हरेक चुस्किमा उनकाे ह्याण्डल चाहार्न भ्याएकाे हुन्थे । धेरैपल्ट टियल रिफ्रेश गर्थे । बायाे पढ्थे । फाेटाेलाई ईनलार्ज गरेर हेर्थे । उनकाे न्यास्राेपन झन्झन् बढ्दै जान्थ्याे । मुटुभरि आस्थाकाे माया भरिएर आउथ्याे । कफिलाई बिर्सन्थे । फाेटाेग्राफि बिर्सन्थे । म मिलनकाे कल्पनामा रुमल्लिन्थे । अब आएर काल्पनिक संसारमा हराउने दिन पनि ओझेल पर्दै थिए । पाेखराकाे फेवातालकाे स्वच्छता र माछापुच्छ्रेकाे शितलताले भरिएकाे एउटा दिल काठमाण्डाैकाे काेलाहलमा अल्झिरहेकाे अर्काे दिललाई भेट्न जाे आउदै थियाे । 
  "हामी कहिले भेट्ने?" डेलि सेल्स रिपाेर्ट बनाउदा बनाउदै टेबलकाे एककुनामा राखेकाे माेवाईलले सन्देश ल्यायाे । त्यसकै छेउमा गमक्क परेर बसेकाे 'विन्टर ईज कमिङ' प्रिन्टेड वाला सेताे कफि-मग झन्डै रितिसकेकाे थियाे । केट्लिबाट ताताे पानी मगमा खन्याउदै विन्टरकाे आगमनलाइ स्वागत गरें । च्याट लिस्टकाे अग्रपंत्तिमा उनकाे प्रश्न अझै कालाे र माेटाे अझरमा सजिएकाे थियाे ।
"काठमाण्डाै कहिले आईपुग्याै?" मैले प्रश्नकाे बदलामा प्रश्नै गरें । "४ बजे आईपुगेकाे । मुग्लिङयता बाटाे बनाउदै रैछ, त्यसैले माईक्राेले ल्याउन ढिला गर्याे । नत्र त दिउसै आइपुग्थें । तिमीलाई सरप्राईज दिम्ला भनेर केहि नभनेकाे । अब भन हामी कैले भेट्ने ?" निकै लामाे मेसेज मेराे अगाडि देखा पर्याे । उनकाे मजाक गर्ने बानी थिएन तर निकै फराँसिलाे ढगंमा मसँग बाेल्ने गर्थिन । बरु म भने उनलाई बेला बेला जिस्काईरहने गर्थे । त्यहि तिन-तिनवटा प्रेमिकाकाे कुरा निकालेर ।
"मेराे छुट्टि साेमबार मात्र हुन्छ । आजभाेलि कबड्डि-कबड्डिले गर्दा निकै बिजि छु । अब एकै चाेटि साेमबार भेटमला ! हुदैन ?" मैले कारणसहित बताए ।
"नाँई" याे शब्दसँगै रिसाएर चुर भएकाे ईमाेजि पनि ठ्याक्कै त्यसैकाे तल आईपुग्याे ।
"प्लिज ! यतिका दिनसम्म कुरिम अब जम्मा दुई दिन त हाे नि !" सायद प्लिज शब्दलाई उनले बडाे स्नेहपुर्बक पढिछिन क्यारे, एकछिनपछि शान्त पारामा उनले रिप्लाईन् "ओके । आइ एम साे टायड । सि यु शुन । गुडनाईट ।" मैले सट्टामा म्वाह गरेकाे ईमाेजी पठाएर कामतर्फ लागें ।
"कति सुत्न सकेकाे हाेला याे ? ठुलबाबु उठ !" ममी चिच्याएजस्ताे लाग्याे । सिरानकाे किनारमा राखेकाे स्टारबक्सकाे अग्लाे मगबाट ताताे कफिकाे बाफ खुला झ्यालबाट बाहिरतर्फ उडिरहेकाे थियाे । "बिदाकाे दिन त सुत्न दिनुस" यति मात्र के भनेथें । झल्यास्स भएँ । चार्जबाट माेवाईल निकालेर हेरेकाे, सातवटा कलहरु मिस्ड भईसकेकाे रहेछ । केहि घुट्किमा कफि सक्दै ममीलाई बाहिर जान्छु भनेर फैका चाेकतिर दाैडिए । लभ्लिएन्जल्स अगाडिकाे शेर्पा क्याफेकाे दिदिले नेस्क्याफे मशिनमा बनाएकाे ईन्स्टेन्ट कफि पियर सक्दासम्म उनलाई बल्ल तल्ल शान्त पार्न सफल भएँ । दुबै बसन्तपुर दरबार अगाडि भेट्न सहमति भयाैं ।
QFX मा काम गर्न थालेदेखि मलाई फर्मल ड्रेशमै यताउता हिड्न मन पर्थ्याे । त्याे दिनपनि त्यसैगरि हलुका खरानी रङकाे काेट र पाईन्टमा सँजिएर निक्ले । दिउसकाे समय भएर हाेला, बाटाेमा त्यति ट्राफिक थिएन, माईक्राेले चाँडै आर.एन.ए.सी अगाडि ल्याई पुर्यायाे । न्युराेडकाे गुँदपाक पसल हटाईसकेपछि त्यहा चकलेटकाे दाेकान खुलेकाे थियाे । तर पनि नयाँसडकमा हिड्ने मानिसहरुकाे नाकमा गुँदपाक र पुष्टकारिकाे फाट्टफुट्ट बासना ठाेक्किरहन्थ्याे । त्यहि बासना उडाउनेमध्ये एउटा दाेकानबाट डेयरि मिल्ककाे 'फ्रुट्स एण्ड नट्स' किनेंर सिधै बसन्तपुरतिर लम्किएँ । भत्केका भग्नावशेषलाई बेवास्ता गर्दै हिडिरहेका मानिसकाे भिडलाई म एकएक गर्दै नियालेर हिडिँरहेकाे थिएँ । सेताे, विशाल तर चिरा परिसकेकाे दरबार अगाडि पुगेर एक नजर घुँमाईसकेपछि खल्तिबाट माेबाईल निकालेर उनलाई फाेन लगाएँ । कुमारी मन्दिरका प्रवेशद्वारकाे छेउमा राखिएका लामा खाबाहरुमा बसेकि लगभग साढे पाँच फुट अपुग, केटिकाे एकजाेडि गाेडा, बसन्तपुरकाे एकटुक्रा जमिनमाथि आडिडासका जुत्तामा खडा भए । निलाे डेनिमका पछाडिपट्टिकाे टिमिक्क परेकाे खल्तिबाट, उनले आफ्नै शारिरिक बनावटजस्ताे आकार भएकाे सेताे माेवाईल निकालिन, जुन स्टिभ जब्सले स्याउलाई एकटुक्रा टाेकिसकेपछि दिमागमा उब्जेकाे आईडिया पश्चात गरेकाे डिजाईन थियाे ।

जन्मजातै कैलाे कपाल । जसका मुन्तिरका आधा घुमरिएकाे रेशमी जुल्फें-ले, सेताे र हलुका आकाशे रङका दुई धर्साहरु, जसले एकआपसमा मिलेर बनाएकाे काेठेवाला सर्टकाे घाँटिकाे कलरलाई ढाक्दै, काँधकाे दुबैपट्टिवाट झरेर, सुन्दर गलाकाे वरिपरि फिँजिएर बसेका थिए । आरुबखडाकाे भर्खर फुलेका पुष्पकाे पत्रजस्ता उनकाे मुहारकाे रङले, बसन्तपुरकाे उदाङ्गाे बाताबरणलाई सुन्दर बनाएकाे थियाे । उनका उमङ्गित चुच्चा नाकहरुमाथी, दुई काला र कामुक नयनहरु बिराजमान थिए । जसमा समुद्रकाे जस्ताे गहिराई थियाे । यदि काेई त्याे गहिराई पर्थ्याे भने रेस्क्यु टाेलि नआउन्जेलसम्म त्यहि नै रुमल्लिरहन्थ्याे र आफुलाई हराएकाे सम्म भ्याउन्न हुन्थेन । कदाचित्, साधारण भन्न नसकिने उनका ति कामुक नजरले मलाई नै उत्सुकतापुर्वक हेरिरहेंका थिए । तर, ममा उत्सुकताकासाथ र हेरिईरहने कुनै गुण थिएन, बिशेषताकासाथ हेरिईरहने कुनै आकर्षण थिएन ।
मेरो मुहारका सतहमा उत्रेका क्याटेचिनले बसको झ्यालको कापबाट आईरहेको बताससँग कुस्ती खेलिरहेका थिए । नयनहरु चाहिँ दिउसँ उनिसँग बिताएका पलहरुलाई मस्तिष्कमा भिजुअलाईज गर्नमा तल्लिन थिए । "अलि मिलेर बस्नुस त" खलासिको यो आवाज बेलाबेलामा कानका छेउमा आएर बिलाएर जान्थे । तर मेरो हृदय एकदमै भिन्न तबरले धक्धकाईरहेको थियो । मन भित्र सँगालिएका भावना र भोगाईहरु कतै पनि मिलेर बसिरहेका थिएनन् । बिज्ञानको बिद्यार्थीको कोठाका पुस्तकजस्तै जम्मै यत्रतत्र छरिएका थिए ।
मैले उनलाई सजिलै ठम्याउन सके । डि.पी भन्दा कतैपनि भिन्न थिइनन् उनि । उनको पहिरन निकै मेाहित पार्ने खालका थियो । त्यसमाथी झन् मेरा नजरहरु मान्छे पहिचान गर्न खप्पिस थिए । मेरो ठम्याईलाई उनले पनि बुझिसकेकिक थिईन्, त्यसैले होला बसन्तपुरभरि मध्येका, काला एकजोडि नयनले मलाई नै नियालिरहेका थिए । मैले उनलाई कतै बसेर गफ गरम् भनेर प्रस्ताब गरें । उनले स्विकारिन् । त्यसपछि लगभग साढे पाँचफुट अपुग कदले मेरो पौने छ फुटको अग्लो कदलाई पछ्याउन थाले । कुमारि मन्दिर, बसन्तपुर डबली, डबलीमाथी फल्याकमा बेच्न राखिएका एकजाेडी नाङ्गा मुर्ती, ट्याटु हाउस, मण्डला टिसर्टका दाेकान र निष्ठानन्द मार्गमा पर्यटकका लागी बनाइएका महँगा रेष्टुरेण्टहरू अाेझेलमा पर्दै गए । केहिबेरमै हामी झाे छेंकाे Black & White क्याफेमा अाइपुगिम् । उनका अाखाले बाेर्डमा लेखिएकाे नाम पढे तर मुखबाट केहि शब्द निस्किएनन् । मेरालागी सुन्धाराभरिकाे प्याराे ठाँउ थियाे झाे छेंकाे Black & White क्याफे । मैले उनकाे इच्छाकाे कदरै नगरि, उनलाइ सेताे भित्तामा निकै कलात्मक तरिकाले काेरिएका चित्रहरूले घेरेकाे साँघुराे क्याफेमा ल्याइपुर्याएकाे थिए । काउन्टरमा बसेकि दिदीलाइ दुइ अाैलाकाे इसारा दिए । उहाले पनि मैले दुइटा पिच टिकाे अर्डर गरेकाे भन्ने बुझ्नुभयाे ।

मेराे नाककाे टुप्पामा अाइपुगेकाे अारूकाे जुसबाट बनेकाे ताताे चियाकाे बाफले मेराे एकाेहाेराेपनलाइ भगं गरायाे । उनका गाेरा मसिना अाैलाहरू, काधँमाथी फिजीएका घुंग्रा कपालहरूभित्र बटारिइ रहेका थिए । र उनकाे त्यहि हर्कतलाइ मेरा नजरहरूले एकाेहाेराे तरिकाले नियालिरहेका थिए । गाेजिमा निस्सासिएकाे चकलेट उनलाइ दिदै भनें , "sweet chocolate for sweet lady'' । उनि भित्रभित्रै मुस्कुराइन् । मैले उनकाे मुस्कुराहटलाइ बेवास्ता गर्दै पिच टि-काे एक घुट्काे लगाइहालें । अब कुरा पाे कुन टपिकबाट सुरु गर्ने ? शायद उनि पनि दाेसाँधमा थिइन क्यारे ? उनले नै कुरा सुरु गरिन्, पिकु मुटुकाे प्राय भाउजु भनेर गरिने बतासेबाट । त्यसपछि, बुलेट दाजुका सान्दर्भिक टुइट, शुषमा नानुका रमाइला तर बास्तबिक टुइट, मुकुन्दाइका नबुझिने टुइट, सुरक्षाकाे रूघाकाे अाजिबन सदस्यवाला बायाे, फेक ह्याण्डल, ग्रुप डि.एम र त्यसभित्र मागिने रिट्विटका भिखहरू । यि सबैकाे बारेमा बाेल्न भ्यायाै तर एक अर्काकाे बारेमा साेध्नलाइ दुबै अघि सरेनाैं । हुन त हामीलाइ एक अर्काकाे बारेमा थाहा त छदै थियाे । तर पनि खै किन हाे हामीहरू एकअर्काप्रति भर्खरै चिनेजानेकाे जस्तरी पेश भइरहेका थियाै । जति अाफ्नाेपन उनकाे टेक्स्ट मेसेजमा हुन्थे त्यति अाफ्नाेपन अाज उनकाे उपस्थितीमा थिएन । शायद पहिलो पटकको भेटमा केटिहरु त्यस्तरि नै प्रस्तुत हुने गर्छन कि ? कतै उनले आफ्नो मन र मनभरि मैले उब्जाएका भावनाहरुलाई घरको दैलो भित्रै छाडेर आएकि थिईन कि ? यि सब प्रश्नहरुको ताँतीले मनभित्र गम्भिरता खडा गरेको थिए । आखिरमा उनको त्यो भिन्न खालको प्रस्तुती किन देखा परेको थियो ? बसको अन्तिम सिटमा बसेको एउटा मनमा धेरै बेरदेखि यहि सवालले पिरोलिरहेको थियो । ...........
............... क्रमश :
 

1 comment :

Comments