Thursday, January 28, 2016

उसका यादहरु | Story by Unnati Maharjan

Unnati Maharjan
म अल्छी भए या यो दिन अल्छी भएको हो ? केहि गर्नै मन नलाग्ने । बिनाकारण नै रिस उठदै छ । केही बेरमा आफै साम्य हुन्छु । मन कतै रमाएको छैन । बाहिर हेर्छु एकछिन मै टन्टलापुर घाम लाग्छ र एकछिन मै आकाश नै खस्ला जस्तो हुने । के यो दिन स्थिर बस्न सक्दैन ? कति जिस्काउन सकेको यसले मलाई ?
 के आज आकाश पनि कसैको यादमा रुन चाहेको हो ? तर म बेचैन छु । पढ्न बस्छु भनेर किताब खोले, तर सकिँन । एक निन्द्रा सत्न पाए मन मलुका हुन्थ्यो क्यार । तर निदाउन सक्नु अर्को कुरा, निदाई हाले उसैलाई सपनामा देखे भने के गर्नु ? उसको सपना देखिँरहदा मेरा आँखा खुल्न मान्दैनन । विपनाका कुरा सपनीमा पनि पिछै नछोड्ने भएका छन । म स्लिइप प्यारालाईसिस को सिकार भएको छु । जे पर्ला, एक फेर सुतेँ । ज्यान के हलुका हुन्थ्यो झन टाउको भारी भएर आयो । मुटुको भेग सुन्न सक्छु । पेटमा मुसा दौडेको जस्तो भयो । म पेटको अवस्था अनुमान गर्न सक्छु । बिहान देखी पेटमा केहि परेको छैन । गाउँ छोडेर शहरमा पढ्न आए देखि मेरो खाने टाइमको कुनै ठेगान छैन । पकाएर खाने जागर चले पो खानु । उता घरमा हुँदा पो आफु उठ्ने बेला खाना पाकिसकेको हुन्थ्यो । यहाँ त आफु बसेको कोठाको चुलो बाल्न त परै आओस कुचो लगाउन पनि साइत जुराउन पर्छ । 
 दिउसोको १२ बज्न लागेछ । साथीलाई फोन गरे सबैजना आ(आफ्नै काम मा व्यस्त रहेछन । हो सबै केही न केही काममा अलमलिएका छन । म मात्रै यो संसारमा फुर्सदमा छु जस्तो लाग्छ आजकल । दिउँसो समय कटाउन नै मुस्किल पर्छ । चिया पसलमा गएँ । एक कप चिया पिएँ । यति छिटै कोठा फर्केर पनि के गर्नु पुनः अर्को कप चिया पिए । सम्झेँ, त्यो भन्दा बढी खर्च गर्न आफ्नो जागिर पनि छैन । एक मनले भन्दै थियो । के चिया पिउँछस, यति पैसाले लगाई दे लोकल रक्सी । दिन भरि यो तनाब पक्कै नहोला । मनको कुरा मनमै दबाएँ । मनमा अनेका कुरा सम्झेर कोठा फर्के । गाउँ बाट बा ले पठाइ दिनुभएको को खर्चमा जसो तसो दिन हरु चलाई रहेको छु । आज मेरो म स्थिर पक्कै छैन । मेरो सोचाई मेरो नियन्त्रणमा छैन । आज पुनः कसैलाई भेटन मन लागेको छ । भेटेर आँखा भरि हेर्न मन लागेको छ । कोही मान्छे आफू सँग नहुँदा उसको महत्तव झन धेरै हुने । आज उसैको सम्झनाले मेरो मन र मस्तिश्कमा यति धेरै तनाब भईराखेको छ । ऊ त्यहि केटी हो जसलाई मैले कलेज बाट घर फर्कदै गर्दा देखेको थिएँ । ऊ कलेज को गेटमा आफ्नो साथी पर्खेर बसेकी हुँदिहो । उसले त्यो दिन मलाई नबोलाएकी भए हुने । तर उसको बोलाइ र सोधाइ सामान्य थियो । एउटा अपरिचित लाई अर्को अपरिचितले सोध्ने तरिका र सिष्टचार भन्दा त्यो फरक थिएन । मेरो छोटो उत्तर थियो, अहँ चिन्दिँन । यति भनेर म उसको अघि बाट निस्किहालेँ । 
ऊ मेरो स्मरण बाट हराई पनि सकेकी थिई तर केहि हफ्ता पछि पुनः ऊ केलेजको गेट अगाडि उभिएकी थिई । यसपटक मलाई आफै बोल्न मन लाग्यो । तिम्री साथी भेटिनु भयो ? मैले सामान्य भएर नै उसलाइ सोधेँ । अहिले सम्म तिम्रो साथीका नाम थर कोही नचिनेको र आफुले नभेटेको मैले जवाफदिएँ । उसले उल्टो मलाई खोज्न मदत गरिदिनु पो भन्न थाली । नाइ पनि भन्न सकिन । ऊ आफ्नो दिदी लाई खोज्न आएकी रे गाउँ बाट । उसलाई हेर्दा गाउँ बाट आएकी जस्तो लाग्दैन थियो । मलाई पनि खासै चासो भए पनि उसको कुरा सुन्दै गएँ । मेरै कलेज मा पढ्छे रे तर खोजी गर्दा नि भेटिएन । कयौ दिन सम्म क्लास सकेपछी म उसै सँग एता र उति डुल्न थाले । त्यो समयमा उसले आफ्नो बारेमा अलि अलि कुरा खोल्न थालेकी थिइ । अजिब खालकी थिइ ऊ । कुन बेला रुन्छे र कुन बेला हास्छे थाहा नहुने धेरै समय सँग बिताउन थालेर होला मलाई ऊ मनपर्न थालेको थियो । उसका कुरा हरु रमाइला लाग्न थालेका थिए । ऊ रुदा आसुँ पुछिदिन्थेँ र हाँस्दा उसको हाँसोको तारिफ गरिदिन्थेँ । ऊ पनि मेरो कुरा सुनेर मख्ख पर्थी क्यार । एकदिन उसको फोन आयो, उसले एकै सासमा दिदी घर फर्कनु भएको र अब ऊ पनि त्यहाँ बाट जाने कुरा बताई । त्यो फोन पछि मैले न उसलाई भेट्ने मौका पाए न बोल्ने नै । ऊ एकाएक कता गायब भैइ । उसलाई धेरै खोज्ने प्रयास गरेँ तर कुनै शुत्रको कमिमा म सफल हुँन सकिँन । म सँग उसको ठेगाना पनि छैन । बिस्तारै समय सगै उसलाई बिर्सन्छु जस्तो लाग्थ्यो तर उसका यादहरु बाट जति टाढा भाग्न खोज्यो झनै बढी याद आउने । अहिले त उसको बारेमा केहि खबर नसुनेको नि महिनौँ भई सक्यो । मनको कुना एक झिनो आशा अझै बाँकी छ । अहिले त लाग्छ मेरो मन र दिमाग उसैको नियन्त्रणमा छ । के गरौँ दिमागले काम गरी राखेको छैन । बाहिर हेरेँ फेरी पानी पर्न थालेछ । यसपटक मौसम सँग रिस छैन । ऊ पनि बग्न चाहन्छ । कसैको बोझ बाकेर कति बेर थामियोस । ऊ पोखिन चाहन्छ । जसरी म पनि अहिले पोखिएर हलुका महसुस गर्दैछु । हो, मेरो कतै निस्कने ठाउँ छैन । अब म खाटमा पल्टेर मस्त सँग निदाउँछु । 
न कसैलाई सम्झने पीडा खप्नु छ न कसैलाई भोलि पुनः कलेजको गेट मै भेट्छु कि भनि आशा । ऊ आज म सँग छैन तर दिमाग भने चेत छ । हो, कसको नियत कसले बुझन सक्ने । मान्छे सबै स्वार्थी हुँदा रहेछन । उसलाई म बाट जे आशा थियो उसले पाई । अब मेरो साथको उसलाई कुनै आवश्यक थिएन । उसको चेतनाले खटाए बमोजिम उसले गरि । तर मित्र म रिसाएको छैन । म कामना गर्छु तिमीलाई पुनः त्यस्तो दिन देख्न नपरोस, बिछोडको बेदना भोग्न नपरोस । जुन पीडा तिमीले मलाई दियो त्यो तिमीलाई कसैलाई नदिओस ।
 उहि तिम्रो शुभचिन्तक ।

No comments :

Post a Comment

Comments