Saturday, February 15, 2014

Poem । कविता: 'पथिक'; लेखक: दिवश 'विशेष' सिवाकोटी

  No comments

विहानीको मिर्मिरेमा,
कुखुरी काँ SS, संगै,
त्यो सानो झुपडीमा,
एउटा अनिष्ट परेछ ।
संसाररुपी यो नाट्यशालाबाट,
एउटा पात्र विदा भएछ,
हो, विदा भएर बीचैमा गएछ,
उसको, उनीलाई एक्लै छाडेर ।
आफ्नो प्राणप्रिय छोराको साथमा,
कागजको विडीँ बेर्न व्यस्त भेटिने,
उसको उसको घरमा मानिसको घुइँचो छ,
ऊ भने कसैको वास्ता नगरी सुत्नमै मस्त छ ।
पछि,
छोराको प्रश्न आउँछ,
हाम्रो बुवा खोई आमा ?
तिम्रा बाबु नफर्किने गरी आकाशको तारा झार्न,
हाम्रो यो दुर्दशामा नगरलाईरहनु भएको छ ।
आफ्नो सिन्दुर महत्वहीन भएपछि,
उनी त्यही बाटोमा जान्छिन्,
जहाँ बेसहाराको पथिकलाई,
साहरा मिल्छ,
हो उनी अब सहराको खोजिमा,
भौतारिन पुग्छिन,
लक्ष्यहीन हेराईको साथ ।

No comments :

Post a Comment

Comments