परिचय #Introduction
[Oral Sex] मुख-मैथुन - यौन क्रियाकलाप हो जसमा, एउटा व्यक्तिको यौन अङ्ग संग अर्को व्यक्तिको मुखको सम्पर्क गराइन्छ ।

 
  मुख-मैथुनका बारेमा वर्णन भिडियोमा

मुख-मैथुनलाई निम्न प्रकारमा वर्गिकृत गरि बुझ्न सकिन्छ : #Types of Oral-Sex
१. लिङ्ग-मुख-मैथुन (Fallatio),
२. योनि-मुख-मैथुन (Cunnilingus)
३. गुद्द्वार-मुख-मैथुन (Anilingus)

यी सवैले समग्रमा मुख-मैथुनलाई बुझाउँछ । "लिङ्ग-मुख-मैथुन" तथा "गुद्द्वार-मुख-मैथुन" पुरुष-पुरुष तथा पुरुष-महिलाका बीच हुनसक्छ । यस बाहेक, समलिङ्गीहरुमा अनि पुरुष-पुरुष वा महिला-महिला बीच पनि मुख-मैथुन हुनसक्छ । "योनि-मुख-मैथुन" पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ ।

व्यक्ति पिच्चे यौनको आकर्षण, क्षमता, रुचि र आनन्द फरक हुन्छ । मुख-मैथुनको धारणप्रति पनि प्रत्येक व्यक्तिको मत फरक हुनु स्वभाविक छ । कोही व्यक्तिका लागि यो निकै आनन्दायक र रुचिकर क्रिया हुनसक्छ भने कतिका लागि एकदमै घिनलाग्दो र एक अर्थमा  अप्राकृतिक हुनसक्छ । व्यक्तिको धार्मिक पृष्ठभूमि, शिक्षा, यौन सचेतना, यौन प्रतिको व्यक्तिगत धारणा, यौनरोग र यौन शिक्षा, यौन जोडिको व्यक्तिगत धारणा जस्ता अन्य विषयले पनि मुख-मैथुन प्रतिको धारणा बदल्न सक्छ । नेपालको सन्दर्भमा, मुख-मौथुन होस् वा यौन सचेतना यस्ता विषयमा खुलेर अध्ययन हुन सकेको छैन् । तर यौन गोप्य क्रिया भएकाले मुख-मैथुनको क्रिया विश्वको जुनसुकै भागमा हुनसक्ने अनुमान लगाउन सकिन्छ । सम्भोगका अलावा मुख-मैथुन रुचाउने व्यक्ति वा जोडीहरू नेपालमा यथेष्ट मात्रामा भएको तथ्याङ्क यहाँ बाट पाउन सकिन्छ । अतः मानव यौनसम्पर्कलाई विश्लेषणत्मक र अध्ययन ध्येयले हेर्ने हो भने कतिपय दम्पतीका बीच मुख-मैथुनको महत्त्वपूर्ण स्थान रहेको तथ्याङ्क यसले देखाउँछ ।

कामसूत्र र कामशास्त्र के हो ? #What is Kama sutra and Kama Science?

कामसूत्र भन्नाले कामशास्त्रका प्रवर्तक वात्स्यायन आदिले रचेको कामशास्त्रीय सिद्धान्त वा सूत्र हो । अनि कामशास्त्रमा स्त्री र पुरुषको शारीरिक समागम र काम वासना सम्बन्धी कलाकेलीको वर्णन भएको विज्ञान हो कामशास्त्रलाई यौनविज्ञान, रतिशास्त्र, वा कोकशास्त्र पनि भनिएको छ । कोकशास्त्र आचार्य कोकद्वारा रचित गन्थ हो जसमा संभोग र रतिरागको वर्णन गरिएको छ ।

कामशास्त्रमा ऋषि वात्सायनले पनि मुख-मैथुनका बारेमा वर्णन गरेको भेटिन्छ । उनले मुख-मैथुनलाई आठ किसिमले वर्गीकृत गरेका छन् । ती हुन् –
  • निमित्त (हातले लिङ्गलाई समातेर ओठमा राखेर, मुख गोलो पारेर  हल्का किसिमले घर्षण गर्नु),
  • पाश्र्वतोदष्ट (लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउन'),
  • बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने),
  • अन्तःसन्देश (बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने),
  • चुम्बितक (ओठलाई चुम्बन लिएजस्तै चुम्बन लिने),
  • परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने),
  • आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने),
  • संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने)  ।
के मुख-मैथुनले हानि गर्छ ? #Does oral-sex harms?
मुख-मैथुन जस्ता यौन क्रियाकलाप स्वस्थकर हुन् वा होइनन् भन्ने कुरामा धेरैमा शंका रहेको पाइन्छ । मुख-मैथुन भन्दा पहिले यौन समागम हुँदा वा गर्दा पहिलो प्राथमिकतामा स्वास्थ्य र सुरक्षा तर्फ ध्यान दिन हुन जरुरी छ । अतः स्वस्थ्य जोडि बीच यौन समागम सुरक्षित भए जस्तै, स्वस्थ व्यक्तिका माझ मुख-मैथुन गर्नु सुरक्षित हुन्छ । अतः स्वास्थ्य जोडिका बीच सुरक्षित प्रणलीद्वारा मुख-मैथुन हुँदा दुवैको स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन ।

पछिल्ला केही दशकमा यौन भनिसक्दा यौनरोग पनि सं-संगै विचार गर्नुपर्ने भएको छ । यसले व्यक्तिलाई यौनरोग संग सचेत गराएको छ । यद्धपि यौनरोगका बारेमा कतिपय गलत धारणा समाजमा विध्यमान छन् । मुख-मैथुनको क्रियामा कुनै एक व्यक्तिमा यौनरोग छ भने त्यो अर्को व्यक्तिमा सर्न सक्छ । रोग सर्ने कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौन सम्पर्कमा पनि लागू हुन्छ ।


यौनरोग भएको खण्डमा राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र जस्तो सुकै यौन क्रियाकलापमा सरिक हुनु राम्रो मानिन्छ । यदि यौन साथी मध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि त्यसलाई सुरक्षित बनाउनु आवश्यक छ । यसरी यौनरोगको संङ्क्रमण आफूमा र आफूबाट अरुमा नियन्त्रण गर्न सकिन्छ ।


यौनरोग सर्ने सम्भवना कति हुन्छ ? #What is the chances of transmission of STD's ?

यौनरोग सर्छ वा सर्दैन, यो गरिएको क्रियाको प्रकृति अनुसार भरपर्छ । क्रियामा अरूको लिङ्ग तपाईंले ग्रहण गर्नुभएको वा तपाईंको लिङ्ग अरूले ग्रहण गरेको हो सो कुरामा रोग सर्ने जोखिम भर पर्छ । मूख्य यौनरोग मानिएको एचआईभी सर्ला-नसर्ला भन्ने प्रश्नमा, तपाईंको मुख-मैथुन हुँदाको परिस्थितिमा यो भरपर्छ । सैद्धान्तिक रूपमा एचआईभी सर्ने सम्भावना भए पनि वास्तविक रूपमा एचआईभी सरेको कुनै घटना नभए त्यसलाई सैद्धान्तिक जोखिम (Theoretical Risk) भनिन्छ । थूकको सम्पर्क हुने गरी गरिने चुम्बन (Wet Kissing), कन्डम लगाएर गरिएको मुख-मैथुन,  औंला यौन अंगमा पसाउनु, यौन अंगबाट आएको रसको सम्पर्कमा आउने गरी साथीबाट गरिएको हस्तमैथुन यसका उदाहरण हुन् । रगत, वीर्य वा योनिरसको सम्पर्कमा आइने भए पनि थोरैलाई मात्र यसरी सर्ने देखिएको यौन क्रियाकलापलाई कम-जोखिमपूर्ण (Low Risk)  भनिन्छ । कन्डम नलगाई गरिएका मुख-मैथुन वा कन्डम लगाएर गरिएको योनि तथा गुदा मैथुन यसका उदाहरण हुन् ।

सुरक्षाका उपाय के हुन् ? #What are the preventive measures?

माथि उल्लेखित यौनक्रिया सुरक्षित बनाउन कन्डमको प्रयोग अनिवार्य छ । यही प्रयोजनका लागि भनेर सुगन्धित कन्डम पनि पाइन्छन् । "योनि-मुख-मैथुन"का लागि 'डेन्टल ड्याम' [(Dental Dam), रवरको पातलो चारपाटे टुक्रा] को प्रयोग गर्न सकिन्छ । 'डेन्टल ड्याम' छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ । मुखमा चोटपटक छ भने र वीर्य स्खलन मुखमा भएको स्थितिमा जोखिम बढ्ने कुरा याद राख्नुपर्छ ।
 
ध्यान दिनुपर्ने कुरा के के हुन् ? #What are the points to be considered?

मुख-मैथुनका लागि अर्को महत्त्वपूर्ण कुरा यौनअंगहरूको सरसफाइ हो । हामी विभिन्न कारणले यौनअङ्गहरूको सरसफाइमा राम्रोसँग ध्यान दिदौनौं । यसलाई जहिले पनि फोहर अङ्ग मान्छौं, तर वास्तविकता त्यसो होइन । यौन अङ्गवरिपरिका ग्रन्थिहरूबाट निस्किएका रसमा विशेष गन्ध हुन्छ र दिनहुँ सफा नगरिए त्यसको गन्ध कडा रूपमा आउँछ, जसले यस किसिमको यौन क्रियाकलापलाई असजिलो पार्न सक्छ । यौन अंगहरूलाई सादा साबुन पानीले धुनु नै पर्याप्त हुन्छ । पानी मनतातो हुनु बेस हुन्छ । धेरै कडा साबुन वा धेरै सुगन्धित साबुन वा यौन अङ्गमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन, किनभने यसले यौन अङ्गको कमलो भित्री छालामा नकारात्मक असर पुर्‍याउन सक्छ । योनिलाई सफा राख्न भनेर डुस दिने चलन पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुँदैन । दिनहुँ यौन अङ्ग धुने अथवा अझै सकिन्छ भने यौनसम्पर्क भन्दा पहिले यसो गर्न सकिए मुख-मैथुनको आनन्द अझ बढी तथा सजिलै लिन सकिन्छ । कतिपय यौनरोगहरु पुरुषलाई मात्र लाग्ने र महिलालाई मात्र लाग्ने पनि छन् । यस्ता रोगका किटाणु पुरुषका वा महिलाका योनाङ्गमा हुन्छन् तर केही असर गर्दैनन् । तर यौनक्रियाका समयमा एक अर्कामा सर्ने गर्छन् जसले अर्को व्यक्तिलाई असर पार्छ । यस्तो अवस्थामा यौन अङ्गको सरसफाइले धेरै हद सम्म सुरक्षित यौनक्रियाकलाप हुन सघाउँछ ।

के वीर्य खाइए हानि हुन्छ  ? #What happens if semen is swollen?

वीर्यमा पुरुष प्रजनन अङ्गहरू जस्तै वीर्यथैलीबाट निस्किएको रस, शुक्रवाहिनी नलीको रस, पौरष ग्रन्थि तथा मूत्रनलीका [(Mucous), शेष्म ] ग्रन्थिका रसहरूबाट बनेका हुन्छन् र यसैमा अण्डकोषबाट उत्पादित शुक्रकीटहरू हुन्छन् । जहाँसम्म हानिको कुरा छ, यसमा भएका पदार्थहरू ‘शुक्रकीट’ (Sperm, Spermatozoa)  बाँच्न सकोस् भनेर संरचना गरिएको हुन्छ, त्यसैले मानवकोषलाई हानि गर्ने किसिमको कुनै पदार्थ यसमा हुँदैन । त्यसैले निलिए पनि हानि गर्ने कुरा भएन । अर्को कुरा, हाम्रो सुरुवात नै वीर्यमा रहेको कुनै एक शुक्रकीटबाट भएको हो र आधाजसो वंशाणु हामीले त्यसबाटै पाएका छौं भन्ने कुरा पनि बिर्सनु भएन ।

सामाजिक सचेतना #Social Awareness

नेपाली सामाजमा यौनको व्यवहारिक विचारमा व्यापक फरक पाइन्छ । यौनरोग लुकाएर असर अझै बढाउने प्रवृति पनि नयाँ हैनन् । किशोर अवश्थामा टेकेका दुवै केटा र केटीहरुमा यौन र यौन प्रतिको जिज्ञाशा उचित किसिमले समाधान हुन नसकेको अवश्था छ । यहाँ सम्म की किशोर अवश्था अर्थात यौनाङ्ग विकास, यौन जिज्ञाशा, यौन इच्छा जस्ता विषयले कसैकसैलाई ठूलै मानसिक चिन्ता ल्याईदिन्छ । समधानको अभावमा यस्ले जटिल रुप लिँदै जान्छ । यौनरोगको बारेमा धेरै जसो सुन्दै पाप लाग्ने मानसिकता भएका छन् भने कतिपय मानिसमा ज्ञान अझै अल्प छ । यौनरोग लागेको मानिसलाई हेर्ने सामाजिक दृष्टिकोण बदलिन सकेको छैन् ।

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

Follow @ozonesn on twitter

Contact Here

Name

Email *

Message *

Receive all updates via Facebook. Just Click the Like Button Below

- Copyright © 2013 ./ozone [sandipn.com.np] -