Tuesday, February 7, 2012

संस्मरणबाट ....

  3 comments
यो हप्ता एउटा विचित्रको परिस्थितिको अघि म परेँ ।
सानो काम लिएर विर्तामोड जानु थियो । मैले त्यहाँ केही घन्टा पर्खनु पर्छ । मैले त्यहाँ केही घन्टा पर्खनु पर्छ । पर्खनु साँच्चै सजिलो हुँदैन । समयको सदुप्रयोग हुने ठानेर म प्राय किताब लिएर जान्छु र त्यहि बसेर पढ्छु । कुनै दिन किताब पढ्न अल्छी लागे ल्यापटप झिकेर समय कटाउँछु । गाडिमा आउँदा - जाँदा साथी हुने भएकाले म प्राय किताब पढ्छु ।
म काँकरभिट्टाबाट बसमा पसेँ । पछाडि दुई जनाका लागि मात्र सिट खालि थियो । म गएर भ्याल पट्टि बसेँ । बाहिर तीन जना मानिस भेला भएर हँसी - मजाक गर्दै थिएँ । मैले त्यसदिन 'तसलिमा नसलिन' को किताब बोकेको थिएँ । सोच्दै थिएँ गाडि हिड्न थाले पछि पढ्छु । बसेको मिनेट पनि वितेको थिएन । एउटी केटी बसमा उक्ली । मलाई थाहा थियो त्यो आएर मेरै छेऊमा बस्छे - कारण अर्को विकल्प थिएन ।
यात्रा धेरै टाडा हैन्, ११ कि.मि. पार गर्न गाडी कुदे भन्दा धेरै समय रोक्छ । म चाहन्थे केटी आएर मेरो छेऊमा नबासोस् - अनर्थ नलागोस् । मैले अत्तर र पाउडरको गन्ध बीच यात्रा गर्नुपर्ने थियो । म केटीले गर्ने मेकअपको विरोधमा छु भन्न खोजेको हैन् तर मेरो नाकलाई घात पर्ने भएर मात्र म तर्सेको हूँ ।
म झ्याल खोल्न सक्थेँ, घाम लागेको थियो, तर दिन चिसो थियो । बाहिरको हावाले अवश्य मलाई राहत मिल्ने सम्झेर मैले लामो सास लिएँ, मुखबाट । कटी आएर बस्नु अघि औपचारिक भएर सोधी, “बस्दा हुन्छ ?”
- "हुँदैन !" भनिदिऊ ?
- “हुन्छ बस्नुहोस् “ म अलि भित्तामा सरेँ, मैले सर्ने ठाउँ थिएन तर पनि सरे जस्तो मात्र गरेको ।
केटी यस्तै २० वा २१ की हुनुपर्छ । राम्रै थिई । के गोरी लाई मात्र राम्रो भन्ने ?  हैन् ऊ त्यति गोरी पनि हैन्, काली भन्न पनि नमिल्ने । कपाल सिधा पारिएको होला । कैलो थियो, सायद मेहेंदी पोतिएको होला । अनि सम्भवत घाममा कपाल टल्कन्थ्यो । अनि बँधाई, कपालको टुप्पो माथि फर्काएर बाँधिएको थियो । कुर्था सुरुवाल र त्यसमाथि कालो ज्याकेट । केटी म भन्दा मोटी हुनु कुन नौलो कुरा भयो, जब म भात खाए लगत्तै जिन्स पेन्ट संगै नापिँदा पुग-नपुग 50 kg थिएँ । उसले कानमा केही लगाएकी थिइन । नाकमा फुलि थियो । सायद सुनको । हातमा चुरा जस्तो थियो, तारको अलि मोटो । कालो फ्रेम भएको चस्मा, सायद त्यो आँखाको लागि नभएर फेसनको लागि थियो जस्तो लाग्यो । मैले थोरै झ्याल खोलेँ ।
ऊ आएर बस्न साथै झोलाबाट मोबाईल निकाली, झोला कालो थियो । मोबाईल नोकिया एक्स थ्री - सिम एनसेल । ऊ operamini खोलेर gmail.com जान चाहन्थी, प्रत्येक पल्ट error भयो । उसले default configuration setting हेरी ठीकै थियो । switch off गरेर फेरी खोलि on गरि र पुनः gmail.com जान खोजि तर पनि पेज खुल्दै थिएन । म हेरी राखेकै थिएँ, मलाई किन खुल्दै थिएन थाहा भयो । मैले सहयोग हुने ठानेर भनेँ, “तपाईको मोबाइलमा समय मिलेको छैन् त्यसैले opera मा यसको error आएको हो ।" उसले रातो बटन थिची । उसको नङ लामो थियो । अनि त्यस माथि आधा भाग सेतो र आधा भाग कालो Nail-polish ले पोतिएको थियो । मलाई उसको लामो नङ देखेर 'डाहा' लाग्यो । केही समय अघि मेरो पनि नङ त्यत्तिकै लामो थियो । “हो रहेछ, अहिले कति बज्यो होला ?” उसले सोधी । मैले घडि नभएको कुरा बताएँ । ऊ अन्दाजी राख्न खोज्दै थिई मैले अटोमेटीकको उपाय बताईदिएँ । उसले जानिन । मलाई दिई । मैले समय मिलाईदिएँ अनि gmail.com राखिदिएँ ।
page historyमा Ozone’s Weblog, टाईटल देखेँ । ए रात्तै ! मेरो ब्लग यो केटीले खोल्दी रहिछ म मेरो ब्लगको पाठक भेटेर दङ्ग परेँ । उसको मोबाईल मेरै हातमा थियो । processing हुँदै थियो । मैले उसलाई मोबाईल थमाउँदै बोलेँ, “ल processing लेख्यो अब खुल्छ, by the way, Weblog भनेको के हो ?”
उसले त्यो कुनै "ओजोन" भन्नेको साईट भएको र त्यहाँ उसले लेख्ने कथा राम्रो लाग्ने कुरा सुनाई । उसले उदाहरण पनि दिएकी थिई । "दृष्यहरु बीच मोनालिसा" कथाको विषय र त्यसको शीर्षक सार्थकता माथि उसले कुरा राखि ।
अनिल भन्ने पात्रले कुनै केटीलाई मन पराएको र मन पराउनुको फरक शैली र कथाले भन्न खोजेको सन्देश र बीचैमा कथा सकिएको भनेर उसले मलाई सम्झाई । बस गुड्न थालिसकेको थियो ।
मैले “मोनालिसा किन ?” भनेर प्रश्न राखेँ, उसले ती त्यहि केटीको छोरीहरु भएको भनि र मलाई कथा पढ्दा मात्र बुझिन्छ भनि । म आफैले लेखेको कथा कसैले मलाई बुझायो । मेरो बुझाई र अरुको बुझाई मलाई बुझ्ने मौका मिल्यो । म थाहा नपाएको जस्तै गरेर सुनि मात्र रहेँ ।
कसैले मेरो प्रशंशा गरेको थियो । म त वेग्लै बनेको थिएँ - त्यति बेला । उसले ब्लग जान्दै नजानेको मान्छेलाई सम्झाएकी थिई र ओजोनले लेखेको कथाको बोध उसले जाने सम्म अरु कसैलाई सम्झाएकी थिई । मलाई त के-के भयो त्यो बेला, शब्दमा लेख्न सक्दिँन । सहचालक पैसा उठाउँदै आयो । उसले दमक भनि, उसलाई सायद अलि पछि पैसा माग्छ होला अहिले लिएन, मेरो पनि त्यहि हो भन्ने सोचेछ क्यार, मलाई पनि मागेन । यति बेला सम्म चारआली पुग्न आँटेको थियो ।
म संग बोल्नुको चक्करमा उसले gmail बिर्सिछ । त्यसपछि मात्र sign in गरि । उसको ईमेल आएको थियो, कसले गरेको थियो, थाहा भएन । छोटो थियो । अनि बन्द गरेर झालामा मोबाईल राखि र मेरो सहयोगका लागि धन्यवाद भनि । मैले पनि किताब निकालिन । हुनत पढ्ने किताब भन्दा बोल्ने किताब भेटिएको थियो ।
मैले उसको बारेमा जान्न चाहेँ । मैले उसको नाम जीमेल signin गर्दा थाहा पाएको थिएँ, तर पनि सोधेँ । उसले नाम बताई । ऊ बीए दोस्रो वर्षमा पढ्ने बताई । "कहाँ ?" मैले सोधेँ, उसले कलेजको नाम पनि बताई । उसले मलाई पनि सोधी । मैले नाम, कलेज, पढाई सवै झुट बोलेँ । म आफूलाई चिनाउन पनि सक्दिन थिएँ ।
मैले कुरा घुमाएर ब्लगमा लगेँ । मैले लेखेको कथामा प्रेमको प्रकार संग आफू सहमत भएको बताई । उमेर सुहाउँदो संग लेखिएको हुनाले उसलाई मन परेको रे । आजकल मैले निकाल्ने गरेको "कपि - पेस्ट" वाला पनि पढ्छे रे !
"तपाई किताबी किरो हुनुहँदो रहेछ ।" मैले पहिलो पटक कसैलाई यस्तो भनेँ ।
"हामीहरु"मा सिर्जना हराउँदै गएको र हामीहरु कसैको परजिवि बन्न थालेको कुरा सम्झाई । मैले मोनालिसामा यस्तै किसिमको भाव लेखेको थिएँ - तर फरक स्थानमा । म सम्झँदै थिएँ । "म सहमत छु ।" म यत्ति बोलेँ ।
- "ओजोन यो कस्तो नाम ?" मैले सोध्दा, उसले मेरो नाम 'सन्दिप निरौला' भएको पनि भनि ।
- “तपाईले भेट्नु भएको छ सन्दिपलाई ?”
“छैन्, तर यतै मेचीनगरको रे ! प्रोफाईल हेरेको ।"
मलाई शंका पनि लाग्यो - कतै मलाई चिन्न त चिनिन ?
मैले "मेरो बारेमा" लेखेको पनि राम्रो छ भन्न भ्याई । भन्दा-भन्दै केही बेरमा यसले सन्दिप मनपर्छ नभनोस् ! मैले "मेरो बारेमा" लेखेको घरमा आएर त्यसैदिन डिलिट गरिदिएँ ।
विर्तामोड पुग्न लाग्दै थियो । के म त्यो केटी संग प्रवावित भएँ ? मलाई अलि पछि वाक्कै लागेको थियो । उसले मेरो चाहिने भन्दा बढि गुनगान गाएकी थिई । तर पनि मलाई, कति बेला यो संग छुटेर मुक्त हुनु जस्तो लागेको थियो । तर केही फराकिलो सोच भएकी केटी हो की जस्तो पनि लाग्यो । एक मनले कता र एक मनले कता लग्थ्यो । यसरी मात्तिनु के राम्रो हो ? के अब म त्यसलाई लभ गर्न थालूँ ? कसले जानेको छ को कस्तो भनेर ? भेटेको १ घन्टा भएको छैन् । मैले बुझेँ, धेरै बुझेँ । मलाई आफूले गर्ने गरेको कसै प्रतिको चाहिने भन्दा बढि सम्मान र झुकावमा हुने प्रतिकृयाको बोध भयो । मैले आफूलाई तुलना गरेर आफैलाई कमजोर गर्न नहुने हो तर गर्न नहुने काम गर्दा पनि बेग्दै मजा रहेछ ।
म आफूलाई चिनाउँ वा नचिनाउँ दोधार बनेँ । ऊ बाट आफ्नै बारेमा गुनगान सुनेको थिएँ । बरु अघि नै भनेको भए पनि हुने थियो । चिनाउँ वा नचिनाउँ भन्ने दोधारमा बसिरहेँ । यस्तैमा, विर्तामोड पुग्यो । म निस्कनलाई ऊ उठ्नु पर्ने भयो । ऊ बाहिर निस्की र म सिट बाहिर निस्केँ । उत्ति नै बेला मलाई दिमागले खटायो, मैले तुरुन्त मेरो स्कूलको ID Card निकालेँ र नाम देखाउँदै भनेँ,
- “दिदी, म सन्दिप निरौला, ओजोन भारद्वाज, sandipn.com.np को एडमिन” - मैले उसलाई दिदी भनेँ ।
उसको अनुहारमा केही उज्यालो र केही असजिलो झलकन्थ्यो । उसले छोटो हाँसो, वायुमण्डलमा गुन्जाई सकेकी थिई । ऊ केही बोल्न चाहन्थी क्यार म तुरुन्त बोलेँ,
- “तपाईको सामान खस्न लाग्यो ।"
उसले हत्तपत्त कालो हेन्ड ब्यागबाट निस्केर खस्न लागेको ‘प्रिमियम कण्डम’ लेखिएको दुईवटा कण्डमको प्याकेट आफ्नो झोला भित्र हाली । त्यो कण्डम ऊ उठ्दा बाहिर निस्केको हुनुपर्छ ।
म हाँसो थामेर बसबाट निस्केँ । बाहिर ओर्लिएको सह - चालकलाई पैसा थमाएर गाडिको पछाडिबाट बाटो काटेँ । म त्यो केटी कण्डम बोकेर हिड्ने अथवा त्यो केटी कस्ती रहिछ भनेर हाँसेको हैन् । तर केही समय अघि सम्म मैले सोचेको कुरा सम्झेर हाँसेको थिएँ । विर्तामोडमा रहुन्जेल राजेशको वेश्या कथा सम्झेँ । ब्यागमा बोकेको किताब बोकेकै बोक्यै भयो ।
यदि आफूलाई चिनाउने बुद्धि नआएको भए के हुन्थ्यो होला ? यो प्रश्न मैले सोचिरहँदा, त्यसै पल बुझेँ, Whatever happens but happens for a reason.
केटी जस्ती सुकै होस् तर असुरक्षीत ठाउँमा सुरक्षीत रहेर कार्य गर्ने उसको कलालाई मैले सम्मान गर्नैपर्छ अनि मेरो कथाले उसको जीवनमा ल्याएको परिवर्तका लागि म नतमस्तक बनेँ ।
एक प्रकारले मैले उसलाई माफ गरेँ । नगरुँ पनि कसरी, झोलामा तसलिमा नससिलन को 'आईमाईको हकमा' बोकेर हिडेँको थिएँ । त्यसै दिन उसले ईमेल गरिछ । सायद बसबाटै लेखेकी हुनुपर्छ । जुन यस्तो थियो ।

HI, OZONE OR SANDIP.
I DONT KNW WAT U THINK OF ME NOW. BT I CAN ATLEAST GUES DAT. MALAI TAHA CHAINA MERO YO MAIL GARNE IDEA GUD HO KI BAD BT ALSO IM RITING. U CALLED ME DIDI N I DESERVE DIS. MA TAPAI KO NAJAR MA KATI KO DOWN VAYE BT EVEN HAV HOP. THAT WAS GRT SURPRISE 4ME. FINALY I MET DA 1 WHOM I DESIRED TO MET SERIOUSLY. ACTULY, YA I MA A CAL GAL. BT I ALSO HAV MY OWN FELING, MY OWN OPINION N ALL DAT U HAV WROTE IN ABT U. REPLY PLZ.

त्यस पछि ऊ संग दुई वटा ईमेल आदन प्रदान भयो । मैले उसलाई त्यस दिनको संस्मरण र ईमेल ब्लगमा लेख्नका लागि अनुमति मागेँ । उसले नाम, ठेगाना, कलेज गोप्य राख्ने शर्तमा यो प्रशाशीत गर्ने अनुमति दिई ।

3 comments :

  1. नमस्ते भाइ,
    मेरो स्वीकृति भएको मेल पठाए पछि म यो लेख कहिले आउँला भनेर पर्खेर बसेकी थिएँ । मलाई मेरो प्रतिकृया दिन समय लाग्यो । तर सम्भवतः तिमीले यो संस्मरण साईटमा राखेकै दिन मैले पढेँकी थिएँ । यसमा सम्पादन गरेछौं, ठीकै छ । अझै पनि कुनै ठाउँमा पुगेको छैन् । कतिवटा त घटना पनि छुटेको छ । यो जीवनको अकल्पित क्षण भएको छ ।
    विर्तामोड पुग्न लाग्दा बसको गति अचानक कम भएको थियो । मेरै छेऊमा उभिएको एउटा मान्छे अगाडि हुत्तिएको थियो । ड्राईभर च्याठिएर बोलेको थियो, "कताकता बाट काल खोज्दै आईपुग्छन् !"
    तिमीले चारवटै ईमेल राख्छौं जस्तो मलाई लेगेको थियो । तर मैले पठाएको पहिलो मात्र राखेछौं । तिमीले मलाई दिएको उत्तर माथि लेखमा आएको भएता पनि राख्दा राम्रो होला ।

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. Better than insipid coffee may be because its a real incident :)

    ReplyDelete

Comments