Sunday, November 20, 2011

छिः !! भन्नु कसलाई अब ?

युग,
युग र अन्तरयुग,
अन्तरयुगको सपना,
मैले देख्ने धोको,
थाहा पाउँदा,
सम्झाउँने मेरो धोको,
तिमी सम्झ,
"म" झै नसुत ।

जस्काउँछु !
तिमी कहिल्यै नसुत,
उठ!! जाग!! र भन,
मैले देख्न जानेको छु,
विश्वास र आर्दशको,
दिवा सप्न ।

सदाको अर्थ,
भूतमा खोज्ने मेरो गल्ती,
तिमी त नगर ।
"भविष्य वित्यो",
यस्तो त नभन ।
गर्न निक्कै बाँकी छ,
सम्झाउँने मेरो धोको,
सकिन अझै,
आफै भन,
अब कति बाँकी छ र ?

फलतः,
पछि के भन्नु ?
कहिले, कहाँ के गर्नु ?
तिथि मैले पाएकै छैन् ।
मिठै त होला नी ?
पत्याउ मलाई,
बुझ मलाई,
मैले चाखेको छैन् ।
मैले बुझेको छैन् ।

गल्ती,
म त भन्छु ।
मैले गरेकौ छैन्,
यसकारण,
मात्रै गल्ती,
मैले गर्न जानेकै छैन् ।

"फूल" त मैले,
दिन जानेकै छैन् ।
"म" भित्र तिमी थियौँ,
ला! किन झस्केको ?
ईष्र्याको अनर्थ,
मैले लगाएकै हैन ।
सोध्ने साहस मेरो थिएन ।

"भन्ने किन" ?
कारणा थिएन ।
"र"मा पनि नबाढीँ,
मेरो थियो,
के यहीँ नै हो मेरो भूल ?
हैकमबादी किन हुनु ?
नटेरेको केही छ कि ?

स्वार्थी भइँन्,
मेरो गल्ती,
स्वीकार्नमा गल्ती किन ?
"वक" को कथा सम्झाउँदा,
गल्ती होला थाहा छैन् ।
मन भित्र थाहै होला,
भन्नु र यो पनि ?
खोज्यो, रोज्यो, लग्यो पनि,
लाग्नु त तिम्रौ गल्ती,
कि गरेँ मैले पनि ?

छि:!! भन्नु कि विन्ती ?
हाँस्दा पनि सर्त हुने,
दया पनि तर्क हुने ।
हेला हुनु पो रहेछ,
अल्झेर बसेको सम्बन्ध ।

उही युगकै सपना,
छिः !! भन्नु कसलाई अब ?
मैले देखेँ सवको राम्रो,
सोध्छु अब आफैलाई म,
खोज्छु राम्रोको अर्थ अब,
हेर्दा, हुँदा हुनु राम्रो,
होला के यो अर्थ राम्रो ?

छिः !! भन्नु कसलाई अब ?
नदेखेकोमा सपना,
कि देख्न मैले नजानेकोमा सपना ?
छिः!! भन्छु अब,
आँट ल्याउँ कताबाट,
आफैलाई भन्छु अब,
कारण,
निकाल्न सक्दिन तिमीलाई आफैबाट ।