Thursday, September 8, 2011

रप्फुचक्कर । कविता #Making Ones' Escape #Poem

  No comments

भित्र चिसा यर्थाथका,
आगोका झिल्काहरुले;
निशब्द स्वरहरु निकाले झैँ,
चिल्लाहटका बीच,
सुन्न निस्कने म र मेरा यात्री,
नसुनिने गुन्जनमान स्वर संगै
निशब्द कराउने,
खोक्रो आडम्बरको स्वर सुनिरहेछौँ ।

बन्ने, बनिने, बनिदिने,
रापको कालो;
आयाम भरको चम्किलो ऐना,
हेर्न आँखा हैन्,
आँशु चाहिन्छ थाहा पाउँदा,
ऊ भित्रबाट निक्केको त्यो स्वर,
म देखि डराउँछ ।

पुनः सोध्ने हिम्मत,
नथाक्ने उसको,
कदम माथिको विस्वासमा,
मेरै ठेस कसरी ?
निर्दोष उसलाई थाहा हुनेछ
ऊ भित्रको स्वर कत्ति तीतो छ ।
थाहा भए आरोप कबुल हुनेछ ।

बलेरै सकिने आगो,
उसले निभाउने,
साहसको बेकार प्रतिफल
निर्बिरोध उसकै हो ।
तर पर्खेर किन बस्ने ?

म अब डराउँछु र उम्कन्छु ।
रप्फुचक्कर हुनु अघि ।
खुला आयाम माझ,
जहाँ छैनन्;

ऐना भित्रका सुन्दर आकृतीहरु,
सुन्दर सपनाको ऐनामा रम्नेहरु,
आफ्नै छाया नचिन्नेहरु ।

No comments :

Post a Comment

Comments