Tuesday, February 15, 2011

रोमियो एण्ड जुलियट - काव्य समिक्षा


विलियम सेक्सपियर,
[First Folio को आवरण पृष्ठ]
यो हप्ता विलियम सेक्सपियरको नाटक, "रोमियो एण्ड जुलियट"को पूरा संस्करण पढेँ । सेक्सपियरको शैलि र ल्याटिन शब्दहरु बुझ्न गाह्रै थियो तर शब्दकोष हेर्दै - बुझ्दै पढेँ । सार कथा मात्र बुझेको मैले यस पटक केही गहिराइमै बुझ्न सकेँ जस्तो अनुभव गरेको छु । नाटक पढिसकेपछि मनमा उठेका कुरा ब्लगमा लखेको विषय सामाग्री बनाएको छु ।

"रोमियो एण्ड जुलियट" मैले बुझ्दा सामान्य पात्रहरुले प्रमुख पात्रहरुको क्रियाकलाप र घटनाको तालमेलमा प्रमुख जिम्मेवारी ओगटेकाछन् । सामान्य र छाँया पात्रको सुक्ष्म क्रियाकलापको पनि उस्तै संवेदनशील महत्व र जिम्मेवारीको उतिकृष्ट अर्थ छ । यो वियोगान्त नाटक हो, तर वियोगान्त हुनुमा धेरै वटा कारण भेटिन्छ । यसमा पनि "क्यापुलेट" र "मोन्ट्याग्यु"का बीच चर्केको कलह एक प्रमख र जन्मजात कारण हो । नाटकको आरोह र अवरोहमा पनि प्रमुख पात्रहरु भन्दा साना पत्रले गरेको योजना र समान्य गल्तीले कथामा भयावह रुप लिएर अन्तत नाटका प्रमुख पात्र रोमियो र जुलियटको निधन संगै नाटक पनि सकिएको छ । नाटकको वियोगान्त समाप्तीमा दुई प्रेम पात्रहरु - रोमियो र जुलियट स्वयमको भूमिका को पनि उत्तिनै अर्थ र जिम्मेवारी छ जति अरुको । ठोसकारण देखाएर नाटक वियोगान्त बन्न पुगेको समिक्षा गर्न सकिन्न । यसमा पनि भाग्य - तालमेल - लेखान्त, अवसर, संजोग, जस्ता विषयले पनि पात्र र नाटकको क्रियाकलापमा भूमिका वहन गरेको छ ।

पात्रहरुको चरित्र र घटना क्रम व्याख्या गर्दाः
नाटकको पात्रहरु मध्ये "टाइवल्ट" एक हिंस्रक र युद्धको पक्षधर पात्र छ । ऊ संग हिंसा र क्रुरता पुरक बनेर नाटकमा आएका छन् । उसलाई कुनै पनि कोणबाट यी पुरक संग अलग देखिँदैन । उसले रोमियोलाई पटक-पटक हैसाएर झगडा गर्न खोज्छ । युद्ध नै उसका लागि निस्कर्श र शक्ति प्रदर्शनको प्रमुख खेल हो । एक दिन रोमियो र उनका साथी संग टाईबल्टको जम्का भेट हुन्छ र यो हिंसामा बदलिन्छ - रोमियोका साथी मरकिउटोको हत्या टाइबल्टले गर्छन । उत्ति नै बेला - रोमियोले साथीको हत्याको बदलामा प्रतिकार गर्दा टाइबल्ट पनि रोमियोको तलवारको सिकार बन्न पुग्छन् । मरकिउटोको मृत्यु हुनु - रोमियोले जवाफि हामलामा टाईबल्ट मारिनु - एक पक्षबाट रोमियोको बाटो खुल्ला भएको मान्न सकिन्छ । तर यो बाट अन्य विविध समस्या आउँछन् । यो कार्यले गर्दा रोमियो देश निकाला गरिन्छन् । नाटक वियोगान्त हुने अनुमान चर्केको यस्तो कृयाकलापले सुरुमै इसारा गरेको छ ।

अर्का पात्र, "पेरिश" जुलियट संग विहे गर्न रोजिएका राज परिवारकै नातेदार हुन् । उनी संग जुलियटको विहे दुईदिन पछि तोकिएको हुन्छ । पेरिश जुलियटलाई वास्तवमै मनपराएको भनेर कहिल्यौँ भन्दैनन् । उनी आफ्नो बिहे हुनुमा नै घमन्डी छन् । उनले न त जुलियतको मन जित्न केही गरेका छन् न त जुलियट "को हुन्?" भनेर साँच्चै बुझेकाछन् । पेरिशको यस्तो प्रकृतिले गर्दा पनि जुलियट र उनको संम्वन्ध जोडिएको छैन् । यदि जोडिनु थियो भने कथा अर्कौ पाटोमा पुग्ने थियो र घटनाले अर्को रुप लिने थियो । दुई प्रेमिको वियोग भएता पनि कथाको अन्त्यय मृत्युले वियोगान्त हुने थिएन ।

"पादरी"को पनि नाटकको त्यो वियोगान्त समाप्तीमा खासै ठूलो योगदान देखिदैन् । "हिंसाको अन्त्य हिंसाले नै गर्छ ।" उनको संवाद पनि कुनै ठाउँमा भविष्यवाणी झैँ भएकोछ । लाग्छ उनीलाई आफूले गरेको कार्य गलत भएको अन्दाज थियो वा उनले भविष्यको सम्भावित भवितत्यको पूर्वानुमान गरेका थिएँ । उनले औषधिमा मन्त्र भरेर जुलियटलाई सम्झाई बुझाई गरेका छन् र रोमियो सम्म योगनाको गोप्य खबर दिने सुत्र पनि पादरीले जुलियटलाई सम्झाएका छन् । उनी दुई प्रेमी बीचका विश्वास-पात्र र सदैव हितका लागि काम गरेका थिएँ । उनले पछि सवै समक्ष यथार्थ कुरा बयानका क्रममा घटनाको वृतन्त व्याख्या गर्दै भनेका छन् –

I will be brief, for my short date of breath
Is not so long as is a tedious tale.
Romeo, there dead, was husband to that Juliet,
And she, there dead, that's Romeo's faithful wife.
I married them, and their stol'n marriage-day
Was Tybalt's doomsday, whose untimely death
Banished the new-made bridegroom from the city,
For whom, and not for Tybalt, Juliet pined.
[To Capulet] You, to remove that siege of grief from her,
Betrothed and would have married her perforce
To County Paris. [To all] Then comes she to me,
And with wild looks, bid me devise some mean
To rid her from this second marriage,
Or in my cell there would she kill herself.
Then gave I her, so tutored by my art,
A sleeping potion, which so took effect
As I intended, for it wrought on her
The form of death. Meantime I writ to Romeo
That he should hither come as this dire night 
To help to take her from her borrowed grave,
Being the time the potion's force should cease.
But he which bore my letter, Friar John,
Was stayed by accident, and yester night
Returned my letter back. Then all alone
At the prefixed hour of her waking
Came I to take her from her kindred's vault,
Meaning to keep her closely at my cell
Till I conveniently could send to Romeo.
But when I came, some minute ere the time
Of her awaking, here untimely lay
The noble Paris and true Romeo dead.
She wakes, and I entreated her come forth
And bear this work of heaven with patience,
But then a noise did scare me from the tomb,
And she, too desperate, would not go with me,
But, as it seems, did violence on herself.
All this I know, and to the marriage
Her Nurse is privy. And if aught in this
Miscarried by my fault, let my old life
Be sacrificed some hour before his time
Unto the rigor of severest law.

उनको भूमिका नाटकको विषयलाई वियोगान्त बनाउन खेलेको देखिन्छ तर उनी जिम्मेवार भने छैनन् - तर उनीबाट केही अरु गल्ती भएको छ । रोमियो र जुलियट प्रेममा गाँसीएको केही दिनमै उनले विहे गरिदिएका थिएँ ।
Archetypal lovers
Romeo and Juliet
portrayed by Frank Dicksee

"क्यापुलेटका राजा" पनि आफ्नो गिद्दीमा अडिग थिए । पारिवारीक कलहका कारण उनले कुनै पनि हालतमा रोमियो संग आफ्नो छोरी जुलियटको विहे गरिदिने थिएनन् । सुरुमा पेरिशको विहे प्रश्ताव उनले जुलियट बालकै भएकाले दुई वर्ष पछि गर्ने आश्वासन दिएका थिएँ । तर रोमियो संग जुलियट प्रेममा बाँधिएको थाहा पाउन साथ उनले तत्काललै - दुईदिन भित्र - जुलियट पेरिशको जिम्मा लगाउन लागिपर्छन् । उनले आफ्नो छोरीको रोजाई वेवास्था गरेका छन् । उनले प्रेम र भावना जस्ता संवेदनशील कुरामा वेवास्था गर्दै पेरिशका पक्षमा कठोर निर्णय गरिदिएका छन् । यसले जुलियटलाई पादरीको शरणमा गई हल निकाल्न प्रोत्साहन गरेको छ । भविष्यका समस्या र घटनाको जड नाटकको यो मोडलाई पनि लिन सकिन्छ ।

"जुलियटकी सुसारे"को भूमिका जसपूर्ण छैन् । उनले दुई-जिब्रे चरित्र देखाएकी छिन् । उनी जुलियट संग नजिक त हुन्छीन तर घटनाक्रम संग चिन्तित भएको जस्तो लाग्दैन् । उनले आफ्नो पक्ष फेरेकी छिन् । उनी जतै पछि ठीक्क हुने गरि नाटकमा देखिएकी छिन् । उत्तिनै बेला उनले गरेकाका केही सहयोगहरु प्रशंशनिय छन् । सुरुमा रोमियोको सल्लाहकार, सुचनावाहका भई उनले पेरिशलाई पाखा लगाउने चरित्र देखाएकी छिन् फेरि पछि उनी सम्पूर्ण रुपबाट पेरिशको पक्षमा उभिकीछिन् । उनले पनि जुलियटलाई पेरिश संग विहे गर्न भनेकि छिन् । कति पटक जुलियट संग निक्कै नजिक भएकी छिन् । सुसारे र जुलियट बीच भएको केही ठट्टाले उनीहरु बीच मधुर प्रेम र स्नेहको प्रगाढता देखिन्छ ।

अर्को तर्फ "नायक र नायिका" पनि आफ्नै मृत्युको कारण छन् । रोमियो दयाका भोका छन् तर जुलियट संग अरु पनि विकल्प थिए । रोमियोको चरित्र केही रिसाहा र कार्य पछि पक्षताप गर्ने प्रकृतिको देखिन्छ । रोमियोले धेरै ठाउँमा खतरको वेवास्था गरेर कार्य गरेको छ । ऊ एकाएक हत्यार बन्न पुग्छ । यो कार्यले नाटकको मोड एकै साथ बदलेको छ । यस्तैमा, देश निकाला भएर निराश भएको उसले सेवकको एउटै खबरमा विचार नगरि एकाएक विष किन्न गएको छ । उसले खूल्ला रुपले निषेध आज्ञा तोड्ने साहस गरेको छ - ऊ बाटैमा पनि मारिन सक्थ्यो । ऊ जुलियटको चिहान भएको सम्म पुग्यो र प्रेममा पागल भई ज्यान दियो । उसले यो समय कसैलाई पनि सम्झेन । ऊ एकालकाँटे भयो । उसले पादरीलाई पनि सम्झेन । रोमियो देश निकाला गरिदा लाउरेन्स नामक पादरी र जुलियट मिलेर बनाएको गोप्य योजनाको सुचनाबाट अज्ञात हुन्छन् । उनलाई जुलियटको मृत्यु भएको खबर सेवकले दिन्छन् । तर वास्तवमा उनले गोप्य योजनाको केही सुईको समेत पाउँदैनन् । अतः जुलियटले आफ्नो बिछोडको पीडा सहन गर्न नसकी आत्महत्या गरेको सोचेर उसले विष पिएर जुलियटको शरिर माथि नै मृत भई लड्छन् । उसले केही समय प्रतिक्षा गरेको भए वा आफ्नो आगमनमा केही विलम्ब गरेको भए सम्भावित घटनाबाट – वास्तवमा उसको आत्महत्याको योजना बाट ऊ बच्ने थियो । यसको विपरीत जुलियटको स्वभाव धैय छ ।

अनि पादरी लोरेन्टले सवै घटनालाई भाग्यको खेला भनेका छन् । तर घटना वित्नु विल्कुलै कसैको नियन्त्रणमा थिएन । लोरेन्टले रोमियोलाई पठाएको चिठीमा के थियो भन्ने कुरा अर्का पादरी "जोन"लाई समेत थाहा थिएन । यदि जोनले उक्त चिठीको महत्तव बुझेका भए उनीबाट केही वैकल्पीक जुक्ति निस्कने सक्ने सम्भवाना थियो । अथवा उनी चलाख भएर कार्य सम्पन्न गर्ने थिएँ । भाग्याको खेला भन्नु यो अर्थमा पनि सहि थियो कि दुई परिवारमा पुस्तौँ देखि कलह थियो । यो कलह विर्सेर विहे गर्नु सम्मको सम्झैता गर्ने थिएनन् । अनि रोमियोले प्रेम र विवाह दुवै गोप्य राख्नु परेको थियो । कलह नभएको भए पेरिश बीचमा आउने थिएनन् र रोमियोको विहे जुलियट संग गरिदिनु केही समस्या थिएन । यसका लागि रोमियो पेरिश भन्दा निक्कै योग्य पनि थिएँ । कलह नै रोमियोको देशनिकालिनुको कारण हो र हत्यारा बनिनुको कारण पनि । यसको विकल्पका रुपमा जुलियटले वैकल्पीक उपाय खोजेर निकासको सुत्र रोजेकी थिईन ।

यसरी हेर्दा रोमियो र जुलियटको मृत्यु हुनुमा कुनै एकै कारणको दोष छैन् । एकातर्फबाट नाटकले कुनै अनिश्चित कुराको व्याख्या मात्र गरेको छ र अन्त्यमा परिणाम पनि अनिश्चित दिएको छ । रोमियो र जुलियट कुनै पनि हालतमा आधिकारीक रुपमा जोडिन सक्ने थिएनन् र जोडिएनन् पनि । तर यसले बचेको राज्यमा शान्ति ल्याएको छ । उनीहरु लाई वेग्लै कारणका रुपमा नायक र नायिका बनाईएको छ । उनीहरु शान्तिदुत भए । उनीहरुको मिलन दोस्रो विश्वमा मात्र सम्भव देखियो ।

1 comment :

Comments