Monday, December 6, 2010

मात्र दुई शब्द

यो कडा नियम र अनुशासनमा बस्नुपर्ने एउटा गुम्बाको प्रसङ्ग हो । गुम्बा
अत्यन्त शान्त हुनुपथ्यो, त्यहाँ कसैलाई पनि बोलने अनुमति थिएन । मात्र
अपवादका रुपमा हरेक दश वर्षमा भिक्षुहरुलाई दुईवटा शब्द बोल्ने अनुमति
दिइन्थ्यो ।

गुम्बामा पहिला दश वर्ष बिताइसकेपछि एक जना भिक्षु प्रमुख भिक्षुछेउ गए ।
प्रमुख भिक्षुले भने, "तिमीले यहाँ चुपचाप ध्यान गरेको पनि दश वर्ष
भइसक्यो । भन, तिमीलाई कुन दुई शब्द बोल्न मन लागेको छ ?" ती भिक्षुले
दुई वटा शब्द भने, "बिच्छ्यौना ….. कडा" भिक्षु प्रमुखले प्रत्युत्ररमा
भने, "ल बुझ्यौँ ।"

अर्को थप दश वर्ष ध्यान गरेपछि, उही भिक्षु, प्रमुख भिक्षुको कक्षामा पसे
। प्रमुखले भने, "तिमीले थप दश वर्ष ध्यानमा बितयौ । ल भन कुन दुई शब्द
तिमी भन्न चाहन्छौ ?" ती भिक्षुले भने, "खाना …. दुर्गन्ध ....।" प्रमुख
भिक्षुको प्रत्युतर थियो, "लौ, थाहा पाएँ ।"

फेरी अर्का दश वर्ष गरेपछि ती भिक्षु पुनः प्रमुख शिक्षु अगाडि पुगे ।
प्रमुख भिक्षुले पहिलेझैं प्रश्न दोहोर्‍याए, "अब तिमी कुन दुई शब्द बोलन
चाहन्छौ ?" भिक्षुले भेन, "म ..... छोड्छु ।" प्रमुख भिषुले भने "ठीक छ,
तिमी किन छोड्दैछौ, त्यो म राम्ररी बुझ्छु किनभने तिमी सधैं असुन्तष्टि र
गुनासो मात्र बोकिरहन्छौं ।"
_________________________________________________________

कथासार
झट्ट पढ्दा हाँस्य टुक्का जस्तो लाग्न सक्छ । तर गहिरिएर हेर्दा यसमा
निकै अर्थपूर्ण कुरा लुकेको पाइन्छ । त्यो भिक्षु जसले दश - दश वर्ष
गर्दै गुम्बामा तीस वर्ष अत्यन्त कष्टका साथ ध्यान गर्‍यो तर उसले त्यो
ध्यान - चिन्तनको वास्तविक अनुभूति नै गर्न सकेको थिएन र उसले ती ३० वर्ष
त आफ्ना गुनासो र असन्तुष्टी गुरुसामु पोख्ने दिन कहिले आउला भनरे अवसरको
पखाईमा बिताएको थियो । अतः कसैले कति कडा परिश्रम गर्‍यो भन्ने भन्दा
उसले कुन उद्देश्यले र कसरी त्यो परिश्रम गर्‍यो भन्ने कुरा महत्वपूर्ण
हुन्छ ।

No comments :

Post a Comment

Comments