Sunday, November 21, 2010

गजल

  No comments
आज भने तिम्रो छेउ पर्न पाए हुन्थ्यो,
जिस्काउदै तिम्रो नजिक सर्न पाए हुन्थ्यो

पारी किनार मायाबारी पारि नै छ प्रित,
तिमीसँगै प्यारो गंगा तर्न पाए हुन्थ्यो

वर्षायामको झरी जस्तै जहीतही ओर्लीरैछु
तिम्रो मनको बलेसीमा झर्न पाए हुन्थ्यो

भावानाका तरङ्गमा प्रेमलहरी धेरै फले,
केही बिज तिम्रो दिलमा छर्न पाए हुन्थ्यो

सगैं बाच्ने सँगै हिड्ने कसम बनाईसकें,
अन्तिम ईच्छा,तिमीसँगै मर्न पाए हुन्थ्यो
  
नवीन अविरल, गजल र सामजिक चेतानामूलक कथा लेखनमा कलम चलाउनुहुन्छ । यस पटक मैले वहाँको स्वीकृतिमा वहाँको ब्लगबाट यो गजल यहाँ प्रकाशीत गरेको छु । अविरलजी को कलमले यस्तै नयाँ नयाँ सिर्जन सदैव सिर्जना गरिरहोस् मेरो शुभकामना ।

No comments :

Post a Comment

Comments